नेपाली समय:
अडियो सेवा
मोडेल
नेपाली पात्रेा
अन्य
राष्टिय स्तरका लिकं
ताजा खबर
Jul 29, 2020
लहानमा वालविटौरी जग्गा फुकुवा नभएसम्म आन्दोलन नरोकिने
 लहान, १४ साउन । बालबिटौरी र गाउँब्लकको जग्गा फुकुवा गर्न गराउँन लहानका युवाहरु आन्दोलनमा होमिएका छन् । अद्यावधिकको नाममा रोक्का रहेका सो जग्गा फुकुवा गराउँन बहालविटौरी तथा गाउँब्लक जग्गा संघर्ष समितिले मंगलबार पत्रकार सम्मेलन गरी माग पुरा नभएसम्म आन्दोलन नरोकिने उनीहरुले दावी गरेका छन् । लहानमा मात्रै २५ सय घरपरिवार सो जग्गा रोकाले मर्कामा रहेको संघर्ष समितिका संयोजक विजयकुमार गुप्ताले बताए । 
जग्गा फुकुवा नहुँदा किनबेच, धितो, अंशवण्डालगायतको काम हुन सकेको छैन । मालपोत कार्यालयले फुकुवा गर्ने कार्य अगाडि नबढाएपछि आन्दोलित हुनु परेको बहालविटौरी तथा गाउँब्लक जग्गा संघर्ष समितिले  जनाएको छ । योसँगै अद्यावधिकको नाममा मालपोत कार्यालयले सम्पूर्ण कार्य रोक्का राखेको हुँदा नगरपालिकाभित्रका उद्योगी, व्यवसायी र बैँकबाट कर्जा सुविधा लिने व्यक्तिहरुलगायत सर्वसाधारणको काममा समेत व्यवधान उत्पन्न भएको छ । त्यस्ता जग्गाको श्रेस्ता तुरुन्त अद्यावधिक गर्न पटक पटक मालपोत कार्यालयलाई आग्रह गर्दै आएका छन् । पटक पटकको आग्रहलाई नमानेपछि आन्दोलन गर्न बाध्य भएको संघर्ष समितिका संयोजक विजयकुमार गुप्ताले जानकारी दिए । 
‘हामीले पटक पटक जग्गा अद्यावधिक गर्न मालपोत कार्यालयलाई मौखिक रुपमा आग्रह गर्दै आएका छौ, लिखित रुपमा पनि माग गरेका छौँ,’ संघर्ष समितिका संयोजक गुप्ताले भने भने, ‘तर मालपोतका कार्यालय प्रमुखले अद्यावधिकको नाममा सम्पूर्ण कार्य रोकी सर्वसाधारणलाई विना कारण दुःख दिइरहेका छन् ।’ लहान नगरपालिका अन्तर्गत रहेको गाउँब्लक जग्गाहरु २००४ सालमा नापी गरी श्रेस्ता कायम भएको छ । त्यस जग्गा मध्ये बजार क्षेत्रको सिङ्गराही मटिअर्वा ,बैरिया गोपालखोन्ही र रघुनाथपुर मौजामा पर्ने जग्गा तत्कालिन सरकारले भन्सार विभागबाट २०१० सालमा बालबिटौरी लगाउने गरि नापी भएको थियो ।
सो जग्गाको नापी श्रेस्ता कायम गरी सोही आधारमा हनुमाननगर भन्सार कार्यलय अन्तर्गत लहान छोटी भन्सार कार्यालय मार्फत लागतका आधारमा वार्षिक रुपमा बालबिटौरी असुल तहसिल गरी आएको र सरकारको नीति अनुरुप भन्सार कार्यलयहरुलाई बोर्डर छेउमा सार्दा लहान छोटी भन्सार कार्यलय लहानबाट नेपाल भारत बोर्डर सिमा नवराजपुर झाँझपट्टिमा सारेको थियो । सो कार्यलय सार्दा लगतका आधारमा वार्षिक बालबिटौरी असुल तहसिल गर्न स्थानीय निकाय तत्कालिन लहान बजार आदर्श गाउँ पन्चायतलाई श्रेस्ता हस्तातरण भए अनुरुप स्थानीय निकायले बालबिटौरी असुल तहसिल गर्दै आएको छ । 
सरकारको नीति अनुरुप २०२६ सालमा नाप नक्सा हुँदा खाली जग्गा नाप नक्सा गरी जग्गाधनीलाई दर्ता श्रेस्ता कायम गरी जग्गाधनी दर्ता प्रमाण पुर्जा समेत वितरण गरिएको थियो । ‘विभिन्न व्यक्तिहरुको घरवास भएको बिटौरी जग्गा समेतलाई गाउँ (ब्लक) भनि फिल्ड बुक कायम गरी नाप नक्सा भएको छ’  संघर्ष  समितिका  संयोजक गुप्ताले भने, ‘ नापी विभागबाट गाउँब्लक र बालबिटौरी जग्गा नाप नक्सा भई विवादरहित व्यक्ति मध्ये केहीको  फिल्डबुकका  आधारमा जग्गा दर्ता गरी जग्गाधनी दर्ता श्रेस्ता समेत कायम पनि भइसकेको छ ।’ तैपनि  व्यक्तिहरुलाई  जग्गा धनि दर्ता प्रमाण पुर्जा उपलब्ध नगरी मालपोत कार्यालयले रोकेको गुप्ताको भनाइ छ ।
सरकारले यस समस्यालाई सामाधान गर्न नसकेकोमा संघर्ष समितिले सर्वसाधारणलाई परि आएको पिरमार्कालाई मध्यनजर गर्दै संघर्ष समितिले साउन १४ गते बुधबार विहान ८ बजे लहान ७ पुरानो बजारमा अवस्थित राम मन्दिरको प्राङ्गनबाट दबावमुलक र्याली प्रदर्शन गर्दै लहान मालपोत कार्यलयमा २ घण्टा तालाबन्दी गर्ने तयारीमा रहेको र साथै निरन्तर दबाबमूलक आन्दोलनका कार्यक्रमहरु गर्दै जाने समितिका सहसंयोजक रामऔतार शर्माले बताए । 
शर्माले तीन बर्ष अगाडि घुस लेनदेनमा १०—१२ जनाको जग्गा फुकुवा गरी श्रेस्ता अद्यावधिक गरेको छ । किनबेच समेत भएको उनले बताए ।
 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

बिचार/ब्लग
झण्डै सिरहाले सखाप पारेको !
                                                           
हिँसाविरुद्ध १६ दिने अभियान ः सिरिवतीले नागरिकता पाउँलान त ?,रहस्मय हत्या र झारफुक गर्दै बलात्कार गर्दै
 लहान, १२ मंसिर । लैंगिक हिंसा बिरुद्धको १६ दिवसीय अभियान अन्तरगत पहिलो दिन कातिक १० गते सिरहाको नवराजपुर गाउँपालिकामा बोक्सी आरोपबिरुद्धको सचेतना कार्यक्रम गरेको छ । सोहीक्रममा  उक्त नवराजपुर ३
फिचर
moment1
  दिनेश्वर गुप्ता लहान । दूई छोरीको विहा गरिसके । १६ बर्षीया पुनम भाडावर्तन माझने काम छन् । दूई छोरा स्कूल जान्थ्यो । १३ वर्षीय किसनलाई एजेन्टले अग्रिम रकम दिन आइरहेको छ
moment1
  लहान, १५ मंसिर । आर्थिक समाजिक सशक्तीकरणको लागि मुसहर किशोरीलाई शिप सिकाई कार्यक्रम सिरहाको नरहामा प्रभावकारी भएको छ ।  नरहाको पाँच वटै वडामा सहयोगी हातहरुको समूह (सहास) नेपालले १० देखि १८
moment1
 लहान, १३ मंसिर । सुईद्धारा लागुऔषध प्रयोगकर्ता लहानक्षेत्रमा पाँच सयबढी रहेको छ भने प्रदेश २ मा पाँच हजारबढी रहेकोले क्षति न्यूनिकरणको लागि स्पर्स नेपाल सक्रियता देखाएको छ । एउटै सुईले
moment1
 लहान, २७ फागुन । आज ( फागुन २७ गते शुक्रवार) सार्वजनिक गरिएको सिरहाको स्थानीय निकायको विवरण यस प्रकार रहेको छ । सिरहाको गाढा र गोविन्दपुर मलहनिया गाविसलाई लहान नगरपालिकामा समायोजन

अन्तर्वार्ता
‘रसायनिक विषादीको प्रयोगले गर्दा ८५ प्रतिशत माटो विरामी‘
  लहान । कृषिकर्ममा जीवन अर्पण गर्नु भएका सिरहाको सखुवानन्कारकट्टी ४ का  कृषि, पशु, माटो प्रविधिक मो.रहमुल मियाँसँग नवसंग्रामकर्मीले गरेको कृषि विषयको कुराकानीको अँश । जो कृषि उत्पादनको लागि यो भूमी