लहान,८ साउन । समानता, स्वतन्त्रता र विभेदरहीत संविधान नरहेकोले प्रदेश र स्थानीयतहलगायत मधेशी जनताले आफ्नो अधिकारको लागि सिंहदरबारमा हमला गर्छु प्रदेश २ का आर्थिक मामिला तथा योजना मन्त्री विजयकुमार यादवले बताउँनुभयो ।
प्रदेश २ ले २ प्रतिशत रकम पाउँने गरेको छ । जहाँ ३३ प्रतिशत रकम संघीय सरकारलाई दिँदै आएको छ । यस्तो अवस्थामा प्रदेशको विकास निर्माणमा संघीय सरकार बेइमानी गरिरहेको मन्त्री यादवले बताउँनुभयो ।
एक इन्च जग्गा छिमेकीले मिचियो भने हामी मधेशी जिल्ला, पूनरावेदन मात्रै होइन् सर्वोच्चसम्म पुग्ने गरेको भन्दै मन्त्री यादवले मधेशीहरुले आफ्नो अधिकारको लागि सडक सदन तताउँदै सिँहदरबारमा हमला गर्ने उहाँले बताउँनुभयो ।
कोरोना संक्रमण तिब्र छ । संघीय सरकार रमितामा लागेका छन् । यस्तो अवस्थामा जनताको विलिबाट हुने निश्चित छ । जहाँ सदन बन्द । यो केको लोकतन्त्र प्रश्न उठ्नु स्वभाविक नै हो । यसैले यस्ता निकम्मा ओलीले प्रधानमन्त्रीबाट राजिनामा दिनुपर्छ भन्दै मन्त्री यादवले संघीय सरकारको विरोधमा आन्दोलन जरुरी रहेको बताउँनुभयो ।
मन्त्री यादवले देशमा परिवर्तन भएको ७० बर्ष भयो । तर, किसान, मजदुर, उद्योगी व्यावसायीको समस्या यथावत नै छ । त्रेतायुगमा भगवान राम थियो । अहिले त छोटा छोटा रावण कुर्सीमा बसेका छन् । अनि जनताको समस्या कसरी समाधान हुन्छ । सिंचाई र मलको अभावमा किसानहरु समस्या छन् । यसको लागि प्रदेश सरकारले सबै रकम लगाएपनि अपुग हुन्छ उहाँ मन्त्रीले बताउँनुभयो ।
कोभिड १९ को प्रभाव न्यूनीकरण गर्न राहत व्याज अनुदान कार्यक्रम साउन ६ गते सिरहामा सम्पन्न भएको छ । सो कार्यक्रममा भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री शैलेन्द्रप्रसाद साहलाई भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र सिरहाले प्रतिवेदन समपर्ण गरिएको थियो । कार्यक्रमका सभाध्यक्षता जिल्ला समन्वय समिति सिरहाका अध्यक्ष रामचन्द्र ठाकुरले गर्नुभएका थिए ।
किसानहरुको लागि राहत व्याज पहिलो चरणमा सिरहा जिल्लाका १५ हजार ५ किसानको निवेदन परेको र मापदण्ड अनुसार २ हजार ५९ जना किसानलाई छनौट गरिएको तथा बाँकीलाई अर्को चरणमा वितरण गरिएको छ ।