नेपाली समय:
अडियो सेवा
मोडेल
नेपाली पात्रेा
अन्य
राष्टिय स्तरका लिकं
ताजा खबर
Jul 19, 2020
दलितलाई श्रृखंलाबद्ध हत्या, मिर्चैयामा वडाध्यक्षले नै गरे सदायलाई कुटपिट
 लहान, ४ साउन । सिरहाको मिर्चैया ३ राघोपुरमा आज वडाध्यक्ष हरिकुशियत यादवले दलितहरुलाई कुटपिट गरेको छ । दलित समुदायको लागि घरमा लगाउँने कर्कटपाताको बजेट संसीदय कोषबाट विनियोजित गरिएको थियो । 
वडाध्यक्ष हरिकुशियतसँग तीन महिनादेखि सो योजना संचालन गर्न माग गर्दै दलितहरुले वडाकार्यालयमा असार १८ गते तालाबन्दी गरेको थियो । दलितहरुको मागप्रति उदासिन भएका वडाध्यक्ष यादवले आज कार्यालयको तालाबन्दी खोल्ने प्रयास गर्दा दूईतर्फी विवाद भएको छ । 
विवादको क्रममा वडाध्यक्ष यादव, किशोर यादवलगायतले उमेश सदाय, रुपेश, मरनीदेवी सदाय, डोमिनी सदायसहित ६ जनालाई कुटपिट गरेको छ । कुटपिटबाट उमेश सदायको टाउँकोमा चार वटा टाँका लागेको छ भने रुपेश घाईते भएका छन् । उनीहरुको उपचार मिर्चैयाको स्वास्थ्य प्रतिष्ठानमा भइरहेको छ । 
ईलाका प्रहरी कार्यालय मिर्चैयाका डिएसपी सन्तुलाल प्रसाद जैसवारका अनुसार दलितमाथी कुटपिट भएको हो । तर, राजनीतिक क्रियाकलाप बढेको छ ।  यता, उमेश सदायको अवस्था गम्भिर रहेकोले थप उपचारको लागि जनकपुर लैजाने तयारी गरिरहेको बेला ईलाका प्रहरी कार्यालय मिर्चैयाले सदायलाई प्रहरी कार्यालयमा लगेर नियन्त्रणमा राखेको छ । उपचार गराउँनुपर्ने ठाउँमा प्रहरीको बदनियतपन देखिएको स्थानीयको कथन छ ।

लहानबाट बेपत्ता रामको शव मिर्चैयामा  
लहान १ बस्ने बर्ष १८ का रोशन रामको शव मिर्चैयाको बतहाखोला नजिक बेबारिसे अवस्थामा प्रहरीले असार ३० गते फेला पारेका थिए ।
लहान प्रहरी कारागारमा रहँदा रोशनले मिर्चैया नगरपालिका १ का मुकेश कटुवालसँग एकहजार रुपैया सापटी लिएका थिए । लकडाउनकै समयमा लागु औषध मुद्दामा रोशन पक्राउ परेका थिए । उनी दशहजार धरौटीमा छुटेका थिए । 
  थुनाबाट निस्केपछि मुकेश कटुवाल पैसा माग्न रोशनको घरमा आउँथ्यो । साउन २७ गते घरबाट बाईकमा चढाएर ससुराली जाउँ भनेर रोशनलाई लगेका थिए । सोही दिनदेखि रोशन बेपत्ता थियो । हत्या आरोपमा मिर्चैया १ का मुकेश कटुवाल र जयकुमार यादव पक्राउ परेका छन् । 

दलितमाथी हत्या हिँसाविरुद्ध आन्दोलनको तयारी
पछिल्लोपटक निर्मम तरिकाले हत्या गरेका लहान १ का रोशन राम, सप्तरी शम्भुनाथ नगरपालिका ४, का त्रिभुवन राम र मोरंग बिराटनगर उपमहानगरपालिका १६, का राजेश सदा तथा शम्भुनाथ नपा ६, खड्क नपा ७, कृष्णसावरण, मिर्चैया ३ का उमेश सदायसहित महिलाहरुमाथी विभिन्न ठाउँमा मुसहर समुदायमाथि भएको निर्मम तरिकाको कुटपिट र प्रहरीले मुद्दा दर्ता नलिइरहेको अवस्थालाई मध्यनजर गर्दै दलितहरुले आन्दोलनको तयारी गरेको संयुक्त दलित संर्घष समितिले जनाएको छ ।
गएको महिना धनुषाको सबैलाका शम्भु सदाको प्रहरी हिरासतमै भएको हत्या,रुपेन्देहीको अंगिरा पासीको हत्या,धनुषका हंसपुर नगरपालिकाका राजु सदाको क्वारेन्टाइनमा उपचार नपाएर भएको मृत्यु र अन्तर जातीय प्रेम सम्बन्धका कारण रुकुम पश्चिममा भएको नरसंहारको विरुद्ध दाङका दलितहरु पनि आन्दोलित रहेकै बेला पुनः सप्तरीका त्रिभुवन रामको हत्याले दलित समुदायलाई थप आक्रोशित छ ।
अहिलेको प्रतिकुल अवस्थामा दलित समुदाय माथि भइरहेको श्रृख्लाबद्ध हत्या,बलात्कार र उठीवास लगायतका क्रुर र अमानवीय घटनाको सत्यतथ्य छानविन गर्न सरकारलाई  दबाव दिन आन्दोलन गर्न दलितहरुले तायरी गरेको हो ।
 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

बिचार/ब्लग
झण्डै सिरहाले सखाप पारेको !
                                                           
हिँसाविरुद्ध १६ दिने अभियान ः सिरिवतीले नागरिकता पाउँलान त ?,रहस्मय हत्या र झारफुक गर्दै बलात्कार गर्दै
 लहान, १२ मंसिर । लैंगिक हिंसा बिरुद्धको १६ दिवसीय अभियान अन्तरगत पहिलो दिन कातिक १० गते सिरहाको नवराजपुर गाउँपालिकामा बोक्सी आरोपबिरुद्धको सचेतना कार्यक्रम गरेको छ । सोहीक्रममा  उक्त नवराजपुर ३
फिचर
moment1
  दिनेश्वर गुप्ता लहान । दूई छोरीको विहा गरिसके । १६ बर्षीया पुनम भाडावर्तन माझने काम छन् । दूई छोरा स्कूल जान्थ्यो । १३ वर्षीय किसनलाई एजेन्टले अग्रिम रकम दिन आइरहेको छ
moment1
  लहान, १५ मंसिर । आर्थिक समाजिक सशक्तीकरणको लागि मुसहर किशोरीलाई शिप सिकाई कार्यक्रम सिरहाको नरहामा प्रभावकारी भएको छ ।  नरहाको पाँच वटै वडामा सहयोगी हातहरुको समूह (सहास) नेपालले १० देखि १८
moment1
 लहान, १३ मंसिर । सुईद्धारा लागुऔषध प्रयोगकर्ता लहानक्षेत्रमा पाँच सयबढी रहेको छ भने प्रदेश २ मा पाँच हजारबढी रहेकोले क्षति न्यूनिकरणको लागि स्पर्स नेपाल सक्रियता देखाएको छ । एउटै सुईले
moment1
 लहान, २७ फागुन । आज ( फागुन २७ गते शुक्रवार) सार्वजनिक गरिएको सिरहाको स्थानीय निकायको विवरण यस प्रकार रहेको छ । सिरहाको गाढा र गोविन्दपुर मलहनिया गाविसलाई लहान नगरपालिकामा समायोजन

अन्तर्वार्ता
‘रसायनिक विषादीको प्रयोगले गर्दा ८५ प्रतिशत माटो विरामी‘
  लहान । कृषिकर्ममा जीवन अर्पण गर्नु भएका सिरहाको सखुवानन्कारकट्टी ४ का  कृषि, पशु, माटो प्रविधिक मो.रहमुल मियाँसँग नवसंग्रामकर्मीले गरेको कृषि विषयको कुराकानीको अँश । जो कृषि उत्पादनको लागि यो भूमी