विकास निर्माण तेह्रवाइस, वडा कार्यालयमा ठोक ताला
रोहित मण्डल ।
लहान, २ साउन। सप्तरीको सुरुङ्गा नगर पालिका –५ को वडा अध्यक्षको कार्य कक्ष तथा मुल गेटमा पश्चिम टोल कुशहाका स्थानियवासीहरुले शुक्रबार तालाबन्दि गरेका छन् । जबकि दुई दिन पहिला बनिगामाका स्थानियवासीहरुले वडा अध्यक्षको कार्यकक्षमा अश्चितकालीन तालाबन्दी गरेका थिए । तालाबन्दीका कारण सेवाग्राहीहरु मरमा परेका छन् ।
वडा अध्यक्ष अरहुलिया देवी पासवानले विकासिय बजेटमा व्यापक भेदभाव गरेको भन्दै बनिगामाका स्थानियवासीहरुले वडा कार्यालयमा अनिश्चतकालीन तालाबन्दी गरेका हुन । हामीहरुको माँग पुरा नभए सम्म तालाबन्दी जारी रहने स्थानिय दिलाराम चौधरीले जानकारी दिनुभयो । गाँउमा आरसिसि ढलानका लागि बारम्बार वडा अध्यक्ष पासवानलाई आग्रह गर्दा समेत वडा अध्यक्षले पासवानले वेवस्ता गरेका कारण बाध्य भएर वडा कार्यलयमा तालाबन्दी गर्नु परेको समाज सेवी शर्मिला देवी चौधरीले बताईन । आरसिसि ढलानको योजनालाई परिवर्त गरी ग्राभेलको योजना दिदा स्थानियवासीहरु आक्रोसित भएका छन् । तर पश्चिम टोलका स्थानियवासीहरुले के कति कारण ले वडा कार्यालयको गुल गेटमा तालाबन्दि गरेको केहि खुल्न सकेको छैन । वडा अध्यक्ष मोम्हद सिल्टु मियाँलाई केहि महिना अघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस सहित प्रक्राउ गरेपछि मियाँ स्थानमा वडा सदस्यमा निर्वाचित अरहुलिया देवी पासवानले वडा अध्यक्षको कार्यभार समाल्दै आएका छन् । तर तालाबन्दि खोल्ने विषयमा हालसम्म नगरपालिकाले कुनै प्रयास नगरेकोमा स्थानियवासीहरुले आपति जनाएका छन् ।