नेपाली समय:
अडियो सेवा
मोडेल
नेपाली पात्रेा
अन्य
राष्टिय स्तरका लिकं
खेलकुद समाचार :
Jan 09, 2018
जेसीज क्रिकेटमा नातावाद कृपावाद,एलएमसी गरे बहिष्कार
 मनोज बनैता
लहान, २५ पुष । लहान सिटि जेसीज र लहान स्पोर्ट एकेडमीको सहकार्यमा भइरहेको क्रिकेट प्रतियोगिता राजनीतिक भूमरीमा परेको छ । ३ जनवरीदेखि  शुरु भएको  टि ट्वेन्टी खेल उदघाटन देखि नै विवादास्पद रहेको छ ।  पशुपति आदर्श मा.वि.लहानको प्राङ्गणमा खेलिएको यो खेल आयोजकको त्रुटिको कारण आईतवार रोकिएको थियो । एलएमसी कलेज र साईपल कलेजबीच खेलिने खेल विवादको कारण स्थगित गरिएको थियो । पछि विवाद  टुगों लागेर खेल शुरू हुने भनिए पनि जेसिज अध्यक्ष उमेश चौधरीका ईसारामा खेल रोकिन गयो । 
साथै, अध्यक्ष मात्रको एकलौटी निर्णयले खेलको मिति अर्को दिनको लागि सारियो जुन एलएमसी कलेजका खेलाडीहरूले स्वीकार गरेनन् । विवाद बोरो खेलाडी ल्याएको विषयमा थियो जुन विवाद केहि क्षणमै सुल्झियो तर दुर्भाग्यवश खेल हुन सकेन । अधिकांशले यसलाई लहान सिटी जेसिजको अपरिपक्व निर्णयको रुपमा लिएका छन् भने केहीले त नयाँ गठित जेसिजको भविष्यप्रति चिन्ता समेत गरेका छन । एलएमसी  कलेजका शिक्षक महेश कुशवाहाका अनुसार यदि यसरी आयोजकले नै पक्षपात गर्न लाग्यो भन्ने खेल बिबादास्पद हुनु स्वभाविकै हो । कुशवाहाले भने कि वर्ष २०१८ को लागि चुनिएको लहान सिटी जेसीजको अध्यक्ष उमेश चौधरीको अपनत्व मोहले गर्दा खेलको यो अवस्था भएको हो । उनले थप्दै भने कि साईपल कलेज जेसिज अध्यक्ष चौधरीको आफ्नै दाईको हो र पारागन कलेज वहाँको आफनै भएकोले वहाँ भावनामा डुब्नु भयो । खेल हेर्न गएका अभिषेक मण्डल भन्छन्  “एलएमसी कलेजको खेलाडी धुरन्धुर हुनुको कारण पनि यो समस्या आएको हो जुन आफैमा लज्जास्पद छ ।“ लहान सिटी जेसिजको बांकी सदस्य को भावनालाई लतमर्दन गर्दै अध्यक्षले जुन तानाशाही निर्णय गरेको छ यसले यो साबित हुन्छ कि डेमोक्रेटिक धारमा चल्ने यो जेसीज नामको संस्था कुनै न कुनै रुपमा राजनैतिक लबिङबाट प्रभावित छ । एलएमसी कलेजका  प्रधानाध्यापक मनोज कर्णले जानकारी दिए अनुसार एलएमसी कलेजले त्यस्तो कुनै खेलमा सहभागी हुदैनन् जहाँ आयोजकको निर्णयबाट राजनैतिक गन्ध आँउछ ।
 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

बिचार/ब्लग
झण्डै सिरहाले सखाप पारेको !
                                                           
हिँसाविरुद्ध १६ दिने अभियान ः सिरिवतीले नागरिकता पाउँलान त ?,रहस्मय हत्या र झारफुक गर्दै बलात्कार गर्दै
 लहान, १२ मंसिर । लैंगिक हिंसा बिरुद्धको १६ दिवसीय अभियान अन्तरगत पहिलो दिन कातिक १० गते सिरहाको नवराजपुर गाउँपालिकामा बोक्सी आरोपबिरुद्धको सचेतना कार्यक्रम गरेको छ । सोहीक्रममा  उक्त नवराजपुर ३
फिचर
moment1
  दिनेश्वर गुप्ता लहान । दूई छोरीको विहा गरिसके । १६ बर्षीया पुनम भाडावर्तन माझने काम छन् । दूई छोरा स्कूल जान्थ्यो । १३ वर्षीय किसनलाई एजेन्टले अग्रिम रकम दिन आइरहेको छ
moment1
  लहान, १५ मंसिर । आर्थिक समाजिक सशक्तीकरणको लागि मुसहर किशोरीलाई शिप सिकाई कार्यक्रम सिरहाको नरहामा प्रभावकारी भएको छ ।  नरहाको पाँच वटै वडामा सहयोगी हातहरुको समूह (सहास) नेपालले १० देखि १८
moment1
 लहान, १३ मंसिर । सुईद्धारा लागुऔषध प्रयोगकर्ता लहानक्षेत्रमा पाँच सयबढी रहेको छ भने प्रदेश २ मा पाँच हजारबढी रहेकोले क्षति न्यूनिकरणको लागि स्पर्स नेपाल सक्रियता देखाएको छ । एउटै सुईले
moment1
 लहान, २७ फागुन । आज ( फागुन २७ गते शुक्रवार) सार्वजनिक गरिएको सिरहाको स्थानीय निकायको विवरण यस प्रकार रहेको छ । सिरहाको गाढा र गोविन्दपुर मलहनिया गाविसलाई लहान नगरपालिकामा समायोजन

अन्तर्वार्ता
‘रसायनिक विषादीको प्रयोगले गर्दा ८५ प्रतिशत माटो विरामी‘
  लहान । कृषिकर्ममा जीवन अर्पण गर्नु भएका सिरहाको सखुवानन्कारकट्टी ४ का  कृषि, पशु, माटो प्रविधिक मो.रहमुल मियाँसँग नवसंग्रामकर्मीले गरेको कृषि विषयको कुराकानीको अँश । जो कृषि उत्पादनको लागि यो भूमी