नेपाली समय:
अडियो सेवा
मोडेल
नेपाली पात्रेा
अन्य
राष्टिय स्तरका लिकं
ताजा खबर
Nov 13, 2017
बामगठबन्धन भुत पिसाच हुन्, कांग्रेस लक्ष्मी हुन् ः चित्रलेखा
 लहान २७ कात्तिक । चिन सुकोमल मोटाएका कुकुर हुन्, भारत दुब्लापातलो कुकुर हुन् । चिन कम्युनिष्ट देश हुन त्यहांका कुकुरलाई खानपिन राम्रो हुन्छ तर स्वतन्त्र रुपमा बोल्ने अधिकार हुंदैन । भारत लोकतान्त्रिक मुलुक हुन त्यहांका कुकुर स्वतन्त्र रुपमा बोल्न पाएकोले दुब्लोपातलो हुने गरेको नेपाली कांग्रेसकी नेतृ तथा पूर्व मन्त्री चित्रलेखा यादवले बताइन् । 
नेपाली कांग्रेस क्षेत्र नम्बर २ को चुनावी भेलालाई शनिवार सुखिपुरमा नेतृ यादवले चिनको सुकोमल मोटाएको कुकुर र भारतको दुब्लाएको कुकुरको उदाहरण दिंदै देश बचाउंन लोकतन्त्र बचाउंनुपर्छ । वामगठबन्धनको साम्यवादले देश खतरामा रहेको उनले बताइन् । कुकुरको उदाहरण दिंदै चित्रलेखा यादवले भारतमा नेताले कुर्सी पाउंछ र जनताले अधिकार पाउंने गरेको छ । तर, चिनमा नेताले कुर्सी पाएपछि जनताको जिब्रो काट्ने गर्छ बताइन् । 
यादवले बाम गठबन्धन नेपाललाई पांचौ कम्युनिष्ट देश बनाउंन लागेकोले यसलाई जरादेखि उखालेर फ्याक्नुपर्ने बताइन् । वामगठबन्धन भुतपिसाच हुन, कांग्रेस दीपावलीमा गृह प्रवेश गराउंने लक्ष्मी हुन त्यसैले भोटसंगै यसलाई घर घरमा पसाऔ भन्दै कार्यकर्ताहरुलाई उनले आव्हान गर्नुभयो ।  

यादवले गाछ छापका उम्मेदवार रामचन्द्र यादव जनताका छोरा हुन् उनी सहासिक र जनपक्षीय नेता भएकोले विजय गराउंन आव्हान गर्दै जनतालाई नागरिक हक र अधिकार, मौलिक हक र अधिकार दिलाउने त कांग्रेस पार्टी नै हो नि । आज त्यही कांग्रेस पार्टीको जुन बहुदलीय व्यवस्थाप्रतिको मान्यता थियो त्यही मान्यतामा टेकेर अघि बढिरहेको बताइन् । 
कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय कोषाध्यक्ष तथा पूर्व मन्त्री सितादेवी यादवले आपसी कलह त्याग गरी जिल्लाका १२ वटै उम्मेदवारलाई जेजस्तो भएपनि विजय गराउंन आव्हान गर्नुभयो । सितादेवीले आफु शान्ति तथा पुनर्निर्माण मन्त्री हुंदा कामै गर्न नसक्ने अवस्थाको शान्ति मन्त्रालय रहेपनि द्धन्द्ध पीडितलाई न्याय दिने काममा सक्रिय रहेको बताउंनुभयो । 
द्धन्द्धकालमा घाइते भएकाहरुलाई राहत उपलब्ध गराएर घाउमा मलहम लगाउंने काम हामीले  गरेका छौ । यसले कांग्रेसका उम्मेदवारलाई विजय बनाउंनुपर्ने जरुरी रहेको उनले बताइन् । कार्यक्रममा क्षेत्र नम्बर २ का उम्मेदवार रामचन्द्र यादवले  जनताको समस्या समाधान गर्न म काठमाण्डौदेखि सिरहासम्म मेरो रातदिन खटेको छु । जनताको समस्या समाधान गर्न म अरु सांसद जस्तो मन्त्री खान काठमाण्डौ नबसि आफ्नै जिल्लाका जनताको गाउंमा बस्थिए । आज पनि जनताको हकअधिकार र विकास निर्माणको लागि उम्मेदवारी दिएको बताउंनुभयो । कार्यक्रममा प्रदेशसभाका उम्मेदवार शैलेन्द्र यादव र तपेश्वर महतोले विकास निर्माण र जनताको सेवाको लागि हाम्रो उम्मेदवारी हो बताउंनुभयो । कार्यक्रममा हजारौको सहभागिता थियो ।


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

बिचार/ब्लग
झण्डै सिरहाले सखाप पारेको !
                                                           
हिँसाविरुद्ध १६ दिने अभियान ः सिरिवतीले नागरिकता पाउँलान त ?,रहस्मय हत्या र झारफुक गर्दै बलात्कार गर्दै
 लहान, १२ मंसिर । लैंगिक हिंसा बिरुद्धको १६ दिवसीय अभियान अन्तरगत पहिलो दिन कातिक १० गते सिरहाको नवराजपुर गाउँपालिकामा बोक्सी आरोपबिरुद्धको सचेतना कार्यक्रम गरेको छ । सोहीक्रममा  उक्त नवराजपुर ३
फिचर
moment1
  दिनेश्वर गुप्ता लहान । दूई छोरीको विहा गरिसके । १६ बर्षीया पुनम भाडावर्तन माझने काम छन् । दूई छोरा स्कूल जान्थ्यो । १३ वर्षीय किसनलाई एजेन्टले अग्रिम रकम दिन आइरहेको छ
moment1
  लहान, १५ मंसिर । आर्थिक समाजिक सशक्तीकरणको लागि मुसहर किशोरीलाई शिप सिकाई कार्यक्रम सिरहाको नरहामा प्रभावकारी भएको छ ।  नरहाको पाँच वटै वडामा सहयोगी हातहरुको समूह (सहास) नेपालले १० देखि १८
moment1
 लहान, १३ मंसिर । सुईद्धारा लागुऔषध प्रयोगकर्ता लहानक्षेत्रमा पाँच सयबढी रहेको छ भने प्रदेश २ मा पाँच हजारबढी रहेकोले क्षति न्यूनिकरणको लागि स्पर्स नेपाल सक्रियता देखाएको छ । एउटै सुईले
moment1
 लहान, २७ फागुन । आज ( फागुन २७ गते शुक्रवार) सार्वजनिक गरिएको सिरहाको स्थानीय निकायको विवरण यस प्रकार रहेको छ । सिरहाको गाढा र गोविन्दपुर मलहनिया गाविसलाई लहान नगरपालिकामा समायोजन

अन्तर्वार्ता
‘रसायनिक विषादीको प्रयोगले गर्दा ८५ प्रतिशत माटो विरामी‘
  लहान । कृषिकर्ममा जीवन अर्पण गर्नु भएका सिरहाको सखुवानन्कारकट्टी ४ का  कृषि, पशु, माटो प्रविधिक मो.रहमुल मियाँसँग नवसंग्रामकर्मीले गरेको कृषि विषयको कुराकानीको अँश । जो कृषि उत्पादनको लागि यो भूमी