लहान, ११ साउन । डिभिजन सहकारी कार्यालय लहानमा सेवाग्राहीसंग घुस लिंदै गरेको अवस्थामा अख्तियार अनुसंधान कार्यालय ईटहरीको एक टोलीले आज दिउंसो दूई कर्मचारीलाई पक्राउ गरेका छन् । पक्राउ पर्ने डिभिजन सहकारी लहानका खरदार सुवास गर्तौला र कार्यालय सहायक अवतार वास्तौला रहेका छन् । उनीहरुले एक सेवाग्राहीलाई लामो समयदेखि काम गर्न आलटाल गरिरहेको थियो । सेवाग्राहीले आफुलाई पटक पटक दुख दिएको भन्दै अख्तियार अनुसंधानलाई सम्पर्क गरी रु.१५ हजार घुस दिंदै गरेको अवस्थामा उनीहरुलाई पक्राउ गर्न लगाएको बताएका छन् । सहकारी डिभिजन कार्यालय लहानले यत्तिबेला सहकारी दर्ता कार्य रोकिएको छ । उता, कर्मचारीहरुले पूरानो मितिमा दर्ता देखाएर मोटो रकम लिने गरेको खुलासा भएको छ ।