नेपाली समय:
अडियो सेवा
मोडेल
नेपाली पात्रेा
अन्य
राष्टिय स्तरका लिकं
फोटो फिचर
Jul 23, 2017
‘योगाभ्यासले औषधी विना नै बांचिरहेको छु’
 भारती गुप्ता ।
लहान, ८ साउन । विहान अबेर उठेर रोग पाल्नेहरुको कमी छैन । तर लहानका केही महिला र पुरुष विहानै उठेर रोग मुक्तिको लागि योगाभ्यासमा लाग्छन् । यसैका एक पात्र हुन् योग गुरु मां जानकी चौधरी । विहान ४.३० बजे उनीहरुको समूह लहान उद्योग वाणिज्य संघमा आईपुग्छन् । अधिकांश महिलाहरु रहेपनि सो योग शिविरमा पुरुषहरु पनि समावेश रहेका छन् । योग गुरु मां अर्थात पंतञ्जली योग समिति लहानकी अध्यक्ष जानकी चौधरी भन्छिन् —‘म विभिन्न रोगले ग्रसित थिए, दर्जनौ डाक्टरहरुबाट उपचार गराए । तर, नियमित योगले नै मेरो जीवनमा परिवर्तन ल्याएको छ । योग आज मेरो लागि दिनचर्या नै भएको छ ।’ 
लहान उद्योग वाणिज्य संघमा करिब पांच महिनादेखि संचालनमा रहेको सो शिविरमा ३० महिला र १० पुरुष आउंने गरेका छन् । 


अर्का योग गुरु मां अंशु गुप्ता भन्छिन् —‘ विहान योग गरेपछि मन स्वस्थ्य र शरिर फुर्तिलो रहन्छ ।’ ‘विहान खाली पेटमा एक लिटर पानी पिएर योगाभ्यास गरेमा शरिरभित्र रहेका सम्पूर्ण विकार पदार्थ बाहिर निस्किन्छन् ।’  योगाभ्यासमा लागेकाहरु विहान  ४ बजे नै दिशापिसाब गरेर ४.३० मा योगास्थलमा पुग्ने गर्छन् । लहान ७ की कोपिला चौधरी भन्छीन् — ‘विहानै नितकर्म गरी नियमित योगाभ्यासले मेरो जीवनमा ठूलो परिवर्तन ल्याएको छ । ’‘म बाबासीर र युरिकएसिडको औषधी खादै थिए ।’‘आज नियमित योगाले सबै कन्ट्रोल भएको छ ,औषधी  विना नै बांचिरहेको छु ।’ अर्का योगासाधक कमलीदेवी महतो भन्छीन् — साइनस र घरघरीले मेरो जीवन दुःखमय थियो । तर, योगाभ्यासले मेरो नयां जीवन पाएको महसुस गर्छु ।’ 


यस्ता कैयन योगसाधकहरुको जीवनमा परिवर्तन आएको छ । ग्यास्टिक, घुटना दर्द, हाईब्लडप्रेसर, वजन कन्ट्रोल लगायतका रोगबाट मुक्ति पाएका यस शिविरमा प्रतिमा निरौला, शान्तिदेवी, कृष्ण महथा, हेमशंकर साह यिनीहरु उदाहरणका पात्र मात्र हुन् । यस्ता कैयन योगासाधकहरुको जीवन नै परिवर्तन भएको बताउंछन् ।




प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

बिचार/ब्लग
झण्डै सिरहाले सखाप पारेको !
                                                           
हिँसाविरुद्ध १६ दिने अभियान ः सिरिवतीले नागरिकता पाउँलान त ?,रहस्मय हत्या र झारफुक गर्दै बलात्कार गर्दै
 लहान, १२ मंसिर । लैंगिक हिंसा बिरुद्धको १६ दिवसीय अभियान अन्तरगत पहिलो दिन कातिक १० गते सिरहाको नवराजपुर गाउँपालिकामा बोक्सी आरोपबिरुद्धको सचेतना कार्यक्रम गरेको छ । सोहीक्रममा  उक्त नवराजपुर ३
फिचर
moment1
  दिनेश्वर गुप्ता लहान । दूई छोरीको विहा गरिसके । १६ बर्षीया पुनम भाडावर्तन माझने काम छन् । दूई छोरा स्कूल जान्थ्यो । १३ वर्षीय किसनलाई एजेन्टले अग्रिम रकम दिन आइरहेको छ
moment1
  लहान, १५ मंसिर । आर्थिक समाजिक सशक्तीकरणको लागि मुसहर किशोरीलाई शिप सिकाई कार्यक्रम सिरहाको नरहामा प्रभावकारी भएको छ ।  नरहाको पाँच वटै वडामा सहयोगी हातहरुको समूह (सहास) नेपालले १० देखि १८
moment1
 लहान, १३ मंसिर । सुईद्धारा लागुऔषध प्रयोगकर्ता लहानक्षेत्रमा पाँच सयबढी रहेको छ भने प्रदेश २ मा पाँच हजारबढी रहेकोले क्षति न्यूनिकरणको लागि स्पर्स नेपाल सक्रियता देखाएको छ । एउटै सुईले
moment1
 लहान, २७ फागुन । आज ( फागुन २७ गते शुक्रवार) सार्वजनिक गरिएको सिरहाको स्थानीय निकायको विवरण यस प्रकार रहेको छ । सिरहाको गाढा र गोविन्दपुर मलहनिया गाविसलाई लहान नगरपालिकामा समायोजन

अन्तर्वार्ता
‘रसायनिक विषादीको प्रयोगले गर्दा ८५ प्रतिशत माटो विरामी‘
  लहान । कृषिकर्ममा जीवन अर्पण गर्नु भएका सिरहाको सखुवानन्कारकट्टी ४ का  कृषि, पशु, माटो प्रविधिक मो.रहमुल मियाँसँग नवसंग्रामकर्मीले गरेको कृषि विषयको कुराकानीको अँश । जो कृषि उत्पादनको लागि यो भूमी