राजपाको विना चुनाव गरियो भने राज्यसत्ताको पतन शुरु हुन्छ ः राजकिशोर
राजपाको विना चुनाव गरियो भने राज्यसत्ताको पतन शुरु हुन्छ ः राजकिशोर
लहान, १४ असार । हामीसंगै ६ महिनासम्म आन्दोलन गर्ने संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले लेनदेन गरेर मधेश र मधेशीको माग विपरित कित्ताकाट गरेर बाहिरिएको राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका नेता राजकिशोर यादवले बताउंनुभयो ।
राजपाले आज लहानमा आयोजना गरेको इद मिलन कार्यक्रममा अध्यक्ष यादवले यो संविधानको बैद्यता चुनावले हुंदैन्, जबसम्म हाम्रो पहिचानसहितको अधिकारको सुनिश्चित हुंदैन तबसम्म नेपालको संविधानले बैद्यता नपाउंने बताउंनुभयो । दूई चार नेता बद्लिन सक्छन् तर मधेशी जनता आफ्नो अधिकार लिएर नै सडकबाट घर फर्किन्छ अध्यक्ष यादवले बताउंनुभयो ।

अध्यक्ष यादवले नेपाललाई बहुराष्ट्र बहुभाषिक देश भन्छन् तर यहां एउटै गोरखाली भाषा लादिएको भन्दै मधेशको राष्ट्रियता दिंदैन भने हामी पनि गोरखाली राज्य सत्तालाई मान्यता दिइदैनौ बताउंनुभयो ।
गोरखाली राज्यसत्ता हामीमाथी उत्पीडन, दमन, शोषण र गुलाम बनाएर राखेको भन्दै यादवले मधेशको विविधताबीच गोरखाली राज्यसत्ताले खेल्ने गर्छ, मुस्लिम, थारु, दलित, पिछडावर्ग फोड्ने काम पनि गरेको बताउंनुभयो । यो देशमा राज्यसत्ताले दूई किसिमको नागरिकको व्यवहार गरेकोले यस्तो विभेदको अन्त गर्न राजपाले आन्दोलन गरिरहेको यादवले बताउंनुभयो ।

यहां राजपाको विना चुनाव गरियो भने राज्यसत्ताको पतन त्यही दिनबाट शुरु हुन जाने अध्यक्ष यादवले भन्दै गोरखालीहरु हाम्रो मालिक होइन् जो माग गरेर आफ्नो अधिकार लिने ? हामीलाई बराबरीको हिस्सा चाहिएको छ यसको लागि राजपा आन्दोलनमा रहेको उहांले बताउंनुभयो । हबाट हिन्दु र मबाट मुस्लिम यसैले ‘हम’ मिलेपछि मधेश र मधेशीको अधिकार सुनिश्चित हुने राजपाका सिरहाका अध्यक्ष रामबहादुर यादवले जोड दिएका थिए । राजपाका केन्द्रीय सदस्य तथा आन्दोलन संघर्ष समितिका उप संयोजक महमुद आलमका सभाध्यक्षतामा भएको इद मिलन कार्यक्रममा केन्द्रीय सदस्य रोहित महतो, राकेश झा, भरत साह, विना मण्डल, सुनिता साह, सिरहा अध्यक्ष उपेन्द्र सिंह, जिवरञ्जन यादव, मनोज यादव, बसन्त यादव, जयनारायण यादव, वृस्पति दास, रामप्रताप यादवलगायतले शुभकामना दिएका थिए । कार्यक्रमका सौजन्य विनोद साहले गर्नुभएका थिए ।
