नेपाली समय:
अडियो सेवा
मोडेल
नेपाली पात्रेा
अन्य
राष्टिय स्तरका लिकं
फोटो फिचर
Jun 01, 2017
म्यादी प्रहरी आन्दोलित, खान बस्नको समस्या
 लहान, १७ जेठ । स्थानीय तहको निर्वाचनको लागि सिरहाले छनौट गरिएका म्यादी प्रहरीले बुधबार लहानमा आन्दोलित भएका  छन् । सिरहा प्रहरी कार्यालयले छनौट गरी सप्तरी जिल्लामा खटिएका म्यादी प्रहरीले इलाका प्रहरी कार्यालय लहान अगाडि आएर आन्दोलन गरेका हुन् । 
म्यादी प्रहरीका लागि नेपाल सरकारले उपलब्ध गराएको पोशाकमै जिल्ला प्रहरी कार्यालय सिरहा विरुद्ध उनीहरु आन्दोलन गरेका हुन् । सिरहामा छनौट भइ सप्तरीमा खटिएका मध्ये ८० जना म्यादी प्रहरीले बुधबार दिउंसो इलाका प्रहरी कार्यालय अगाडि भेला भएर सप्तरीमा खटिदा खान र बस्न नदिएको भन्दै छनौट गरेर गलत ठाउंमा पठाएको आरोप लगाएका छन् । उनीहरु जिल्ला प्रहरी कार्यालय सप्तरी अन्तर्गतका इलाका प्रहरी कार्यालय रुपनी, कल्याणपुर लगायतका ठाउंमा खटिएका थिए । 
सप्तरी स्थित इलाका प्रहरी कार्यालय रुपनीबाट करिब २५ किलोमिटर दुरी पार गर्दै म्यादी प्रहरीहरु आफ्नो पोशाकमै पैदल हिडेर इलाका प्रहरी कार्यालय लहान आइपुगेका थिए । 
छनौट पश्चात  सप्तरीमा खटाइएको म्यादी प्रहरीलाई खान र बस्न नदिएको आरोप लगााएका छन् । उनीहरुले आफूहरुलाई प्रहरी कार्यालयमा बस्न नदिएको, खानालाई जहां मन लाग्छ, त्यही जाउ भनेर हप्काउने गरेको आरोप रहेको बताए । आन्दोलनमा उत्रिएको प्रहरीले नेपाल प्रहरीले म्यादी प्रहरीमा खटिएका महिलाहरुलाई जिस्काउने गरेको, डियुटीमा खटिदा नेपाल प्रहरीसंगै नगएको लगायतका आरोप लगाएका छन् । निर्वाचनको विरोध गर्दै आएका राष्ट्रिय जनता पार्टी नेपाल सप्तरीले प्रहरीलाई कुनै पनि सामान सहयोग नगर्न आह्वान गरेअनुसार सप्तरीमा प्रहरी पोशाकमा रहेकाहरुलाई पसलले कुनै सामान बिक्री नगर्दा समस्या उत्पन्न भएको स्थानीयले बताएका छन् । 
इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरीक्षक हिरा बहादुर पाण्डेले म्यादी प्रहरीले लहानमा गरेको आन्दोलनको कुनै अर्थ नभएको बताएका छन् । उनले भने –‘म्यादी छनौट जिल्ला प्रहरी कार्यालय सिरहाले गरेको हो , भने उनीहरुलाई जिल्ला प्रहरी कार्यालय सप्तरीमा खटाइएको हो । 
सप्तरीमा के भयो उनीहरुले किन आन्दोलन गर्ने जवाफ जिल्ला प्रहरीसंग लिनुस् म संग हैन ।’ तर जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक विश्वमणि पोखरेलले म्यादी प्रहरीले गरेको आन्दोलनबारे आपूmलाई कुनै जानकारी नभएको बताएका छन् । उनले आफुलाई यस विषयमा लहान प्रहरीले कुनै जानकारी नगराएको प्रतिक्रिया दिए । दोस्रो चरणको निर्वाचनको लागि अन्य जिल्लाबाट थप मद्दतमा आएका नेपाल प्रहरीलाई समेत सिरहामा समस्या भएको छ । सरकारले दोस्रो चरणको निर्वाचनको मिति पटक पटक परिवर्तन गरेपछि थप मद्दतको लागि आएका नेपाल प्रहरीलाई खान र बस्न समस्या भएको हो । 
थप मद्दतका लागि भोजपुर, खोटाङ्ग लगायतका पहाडी जिल्लाबाट सिरहामा खटिएका प्रहरीलाई स्थानीय प्रहरी कार्यालयहरुले खानलाई आफै व्यवस्था गर्न भनेपछि उनीहरु समस्यामा परेका हुन् । भोजपुरबाट थप मद्दतका लागि आफ्ना टोली सहित लहानमा खटिएका प्रहरी निरीक्षकले भने –‘आफूहरु निर्वाचन सम्मका लागि मात्रै लहानमा आएका छौं । तर स्थानीय प्रहरीले आफूहरुलाई जहा मन लाग्छ त्यहा गएर खानुस् भन्छ । मधेसमा आन्दोलन चलिरहेकाले पसलमा प्रहरीलाई कसैले खान दिदैन ।’ निर्वाचन गराउनलाई थप मद्दतमा विभिन्न जिल्लाबाट सिरहामा करिब ५ सय प्रहरी खटिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । 
 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

बिचार/ब्लग
झण्डै सिरहाले सखाप पारेको !
                                                           
हिँसाविरुद्ध १६ दिने अभियान ः सिरिवतीले नागरिकता पाउँलान त ?,रहस्मय हत्या र झारफुक गर्दै बलात्कार गर्दै
 लहान, १२ मंसिर । लैंगिक हिंसा बिरुद्धको १६ दिवसीय अभियान अन्तरगत पहिलो दिन कातिक १० गते सिरहाको नवराजपुर गाउँपालिकामा बोक्सी आरोपबिरुद्धको सचेतना कार्यक्रम गरेको छ । सोहीक्रममा  उक्त नवराजपुर ३
फिचर
moment1
  दिनेश्वर गुप्ता लहान । दूई छोरीको विहा गरिसके । १६ बर्षीया पुनम भाडावर्तन माझने काम छन् । दूई छोरा स्कूल जान्थ्यो । १३ वर्षीय किसनलाई एजेन्टले अग्रिम रकम दिन आइरहेको छ
moment1
  लहान, १५ मंसिर । आर्थिक समाजिक सशक्तीकरणको लागि मुसहर किशोरीलाई शिप सिकाई कार्यक्रम सिरहाको नरहामा प्रभावकारी भएको छ ।  नरहाको पाँच वटै वडामा सहयोगी हातहरुको समूह (सहास) नेपालले १० देखि १८
moment1
 लहान, १३ मंसिर । सुईद्धारा लागुऔषध प्रयोगकर्ता लहानक्षेत्रमा पाँच सयबढी रहेको छ भने प्रदेश २ मा पाँच हजारबढी रहेकोले क्षति न्यूनिकरणको लागि स्पर्स नेपाल सक्रियता देखाएको छ । एउटै सुईले
moment1
 लहान, २७ फागुन । आज ( फागुन २७ गते शुक्रवार) सार्वजनिक गरिएको सिरहाको स्थानीय निकायको विवरण यस प्रकार रहेको छ । सिरहाको गाढा र गोविन्दपुर मलहनिया गाविसलाई लहान नगरपालिकामा समायोजन

अन्तर्वार्ता
‘रसायनिक विषादीको प्रयोगले गर्दा ८५ प्रतिशत माटो विरामी‘
  लहान । कृषिकर्ममा जीवन अर्पण गर्नु भएका सिरहाको सखुवानन्कारकट्टी ४ का  कृषि, पशु, माटो प्रविधिक मो.रहमुल मियाँसँग नवसंग्रामकर्मीले गरेको कृषि विषयको कुराकानीको अँश । जो कृषि उत्पादनको लागि यो भूमी