नेपाली समय:
अडियो सेवा
मोडेल
नेपाली पात्रेा
अन्य
राष्टिय स्तरका लिकं
ताजा खबर
Mar 17, 2017
सिरहा सप्तरीको स्थानीय निकायमा तालाबन्दी, लक्ष्मीपुर पतारीमा तोडफोड
 लहान, ४ चैत्त । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले आज सिरहाको लहान नगरपालिका र लक्ष्मीपुर पतारी गाउंपालिका कार्यालयमा तालाबन्दी गरेको छ । लक्ष्मीपुर पतारी कार्यालयमा लगाएको बोर्ड समेत तोडफोड गरेको छ । स्थानीय तहको संरचना विभेदकारी रहेको भन्दै सिरहाका स्थानीय निकायहरुमा  तालाबन्दी गरिएको सद्भावना पार्टीका सहमहासचिव राजकुमार गुप्ता राजुले बताए । उता, विहीबार सप्तरी मोर्चाले जिल्ला विकास समन्वय समिति र राजविराज नगरपालिकाको कार्यालयमा तालाबन्दी गरेको छ । मोर्चाका नेता तथा कार्यकर्ताहरुले जिल्ला विकास समन्वय समितिका स्थानीय विकास अधिकारी र कार्यक्रम अधिकृतको कार्यकक्षमा तालाबन्दी गरेका छन्  । यसैगरी मोर्चाले राजविराज नगरपालिका कार्यालयमा समेत विहीवारै तालाबन्दी गरेका छन् । यता, सिरहाको सुखीपुर नगरपालिकालाई गाउंपालिकामा झारेको कारण सुखीपुरवासीहरु आक्रोशित भएर जिल्ला विकास समिति सिरहा र सुखीपुर गाउंपालिका कार्यालयमा तालाबन्दी गरेको छ । तराई मधेश राष्ट्रिय अभियानका केन्द्रीय सदस्य ललितनारायण कुशवाहाले स्थानीय तहको संरचना विभेदकारी एवम् त्रुटीपूर्ण रहेको भन्दै नसच्याएसम्म यसलाई स्वीकार गर्न नसकिने बताए । सप्तरीमा जिल्ला विकास समन्वय समितिको कार्यालय लेखिएको बोर्ड समेत मेटाएर मोर्चाले मधेश सरकार संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय जिल्ला विकास समितिको कार्यालय सप्तरी, राजविराज लेखेको छ । सरकारले लागु गर्छन् भने मधेशमा मधेशी मोर्चाले अबरोध गरेर चुनौती दिंदै आएको छ । 








प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

बिचार/ब्लग
झण्डै सिरहाले सखाप पारेको !
                                                           
हिँसाविरुद्ध १६ दिने अभियान ः सिरिवतीले नागरिकता पाउँलान त ?,रहस्मय हत्या र झारफुक गर्दै बलात्कार गर्दै
 लहान, १२ मंसिर । लैंगिक हिंसा बिरुद्धको १६ दिवसीय अभियान अन्तरगत पहिलो दिन कातिक १० गते सिरहाको नवराजपुर गाउँपालिकामा बोक्सी आरोपबिरुद्धको सचेतना कार्यक्रम गरेको छ । सोहीक्रममा  उक्त नवराजपुर ३
फिचर
moment1
  दिनेश्वर गुप्ता लहान । दूई छोरीको विहा गरिसके । १६ बर्षीया पुनम भाडावर्तन माझने काम छन् । दूई छोरा स्कूल जान्थ्यो । १३ वर्षीय किसनलाई एजेन्टले अग्रिम रकम दिन आइरहेको छ
moment1
  लहान, १५ मंसिर । आर्थिक समाजिक सशक्तीकरणको लागि मुसहर किशोरीलाई शिप सिकाई कार्यक्रम सिरहाको नरहामा प्रभावकारी भएको छ ।  नरहाको पाँच वटै वडामा सहयोगी हातहरुको समूह (सहास) नेपालले १० देखि १८
moment1
 लहान, १३ मंसिर । सुईद्धारा लागुऔषध प्रयोगकर्ता लहानक्षेत्रमा पाँच सयबढी रहेको छ भने प्रदेश २ मा पाँच हजारबढी रहेकोले क्षति न्यूनिकरणको लागि स्पर्स नेपाल सक्रियता देखाएको छ । एउटै सुईले
moment1
 लहान, २७ फागुन । आज ( फागुन २७ गते शुक्रवार) सार्वजनिक गरिएको सिरहाको स्थानीय निकायको विवरण यस प्रकार रहेको छ । सिरहाको गाढा र गोविन्दपुर मलहनिया गाविसलाई लहान नगरपालिकामा समायोजन

अन्तर्वार्ता
‘रसायनिक विषादीको प्रयोगले गर्दा ८५ प्रतिशत माटो विरामी‘
  लहान । कृषिकर्ममा जीवन अर्पण गर्नु भएका सिरहाको सखुवानन्कारकट्टी ४ का  कृषि, पशु, माटो प्रविधिक मो.रहमुल मियाँसँग नवसंग्रामकर्मीले गरेको कृषि विषयको कुराकानीको अँश । जो कृषि उत्पादनको लागि यो भूमी