सिरहामा १७ स्थानीयतह, सुखिपुर गाउंपालिका र कल्याणपुर नयां नगरपालिका
लहान, २७ फागुन । आज ( फागुन २७ गते शुक्रवार) सार्वजनिक गरिएको सिरहाको स्थानीय निकायको विवरण यस प्रकार रहेको छ । सिरहाको गाढा र गोविन्दपुर मलहनिया गाविसलाई लहान नगरपालिकामा समायोजन गरी ९१ हजार ७ सय ६६ जनसंख्या भएको र २४ वडा भएको लहान नगरपालिका तय भएको छ । धनगढीमाई नगरपालिकालाई १४ वडासहित यथावतै राखिएको छ । सिरहा नगर पालिकामा लगदी गदीयानी,लगदी गोठ, लक्ष्मीनिया, सन्हैठा, हकपारा गाविस समायोजन गरी ८२ हजार ५ सय ३१ जनसंख्या भएको नगरपालिका अब २२ वडा तय गरेको छ । गोलबजार नपामा दुर्गापुर गाविस समायोजन गरी ५२ हजार १ सय ३७ जनसंख्याको १३ वडाको नगरपालिका बनाएको छ । मिर्चैया नपामा सिक्रोन गाविसलाई समायोजन गरि १२ वडा कायम गर्दै ५० हजार०७९ जनसंख्याको नगरपालिका घोषणा गरेको छ ।
त्यसैगरी थप नगरपालिकाको रुपमा कल्याणपुर घोषित भएको छ भन कल्याणपुर जब्दी, अर्नामा प्ररा, चतरी, इटारी प्रसाही, डुमरी मझौलिया, चिकना विष्णपुर प्ररा, भोक्राहा, वेल्हा, र भेडिया समायोजन गरी १२ वडा रहने गरी नगरपालिका गठन भएको छ । कल्याणपुर नपाको जनसंख्या ४९ हजार २ सय ८८ रहेको छ । उता, भगवानपुर गाउंपालिकामा भगवानपुर, इनरुवा, नहरारिगौललाई समायोजन गरी ५ वडा कायम गरिएको भने २० हजार ९ सय ५७ जनसंख्या भएको गाउंपालिका गठन गरिएको छ ।
औरही गाउंपालिकामा हरकटी, तुलसीपुर, पिपरा प्रपी, ईटाटार र औरही गाविसलाई समायोजन गरी ५ वडा कायम गरेको छ भने २३ हजार ०४६ जनसंख्या रहेको गाउंपालिका कायम भएको छ । विष्णुपुर गाउंपालिकामा विष्णुपुर, थलाहाकटहा र लक्ष्मीपुर प्र.म.गाविसमा समायोजन गरी १८ हजार ५ सय २२ जनसंख्या भएको ५ वडा भएको गाउंपालिका कायम गरिएको छ ।
सुखीपुर गाउंपालिकाको ३७ हजार ५ सय ९२ जनसंख्यामा ८ वडाको गाउंपालिका गठन गरिएको छ । कर्जन्हा गाउंपालिकामा कर्जन्हा, बडहरामाल, कल्याणपुर कालाबंजर र गौताडी गाविसलाई समायोजन गरी ३० हजार ९ सय ६५ जनसंख्या भएको ७ वडाको गाउंपालिका घोषणा गरिएको छ । वरियारपटी गाउंपालिकामा वरियारपटटी, तेनुवापटटी, जनकीनगर, कंचनारी, जिझौल गाविसलाई समायोजन गरी २५ हजार २ सय ५६ जनसंख्या भएको ५ वडामा गाउंपालिका कायम गरिएको छ ।
लक्ष्मीपुर पतारी गाउंपालिका महेशपुर पतारी, लक्ष्मीपुर पतारी, सीतापुर प्रध, पिप्रा प्रध, पोखरभिण्डा र खरुक्याही गाविसलाई समायोजन गरी २३ हजार९ सय १३ जनसंख्या रहेको ६ वडाको गाउंपालिका कायम गरिएको छ । नरहा गाउंपालिकामा देवीपुर, चन्द्रअयोध्यापुर, बर्छवा र नरहा वलकवालाई समायोजन गरी १९ हजार ३ सय ६९ जनसंख्याको ५ वडाको गाउंपालिका तय गरेको छ । सखुवानान्कारकटी गाउंपालिकामा मौवाही, सोठियान, महदेवापोर्ताहा, संखुवानान्कारकटी र ईटहर्वालाई समायोजन गरी १८ हजार ५ सय ५८ जनसंख्यामा ५ वडा कायम गरिएको छ । अर्नमा गाउंपालिकामा महनौर,अर्नमा, लालपुर, गौरिपुर र कृष्णपुर समायोजन गरी २२ हजार ९ सय १२ जनसंख्या भएको ५ वडाको गाउंपालिका घोषणा गरेको छ । त्यसैगरी नवराजपुर गाउंपालिकामा भगवतीपुर तमसुइया, मझौरा र नवराजपुर गाविसलाई समायोजन गरी १९ हजार ०१९ जनसंख्या भएको ५ वडाको गाउंपालिका गठन गरिएको छ । अब सिरहामा १७ वटा स्थानीय निकाय कायम गरिएको जानकारीमा आएको छ । यसैबीच, सुखिपुर नगरपालिकालाई गाउंपालिकामा झारेको छ भने नयां नगरपालिकामा कल्याणपुर गठन गरिएको छ ।