प्रमुख दलहरु देशलाई द्वन्द्वमा फसाउंने तयारीमा रहेको सरिता गिरीको दावी
लहान १० माघ । नेपाल सद्भावना पार्टीले लहानको उद्योग वाणिज्य संघमा कार्यक्रम गरी मनाइएको छ । सो कार्यक्रमका प्रमुख अतिथी सरिता गिरीले नेपाल सद्भावना पार्टी मधेशी मोर्चामा रहेपनि प्रतिनिधि नरहेको दावी गर्नुभयो । सोही कार्यक्रममा गिरीले नेपालमा भारतका सेनाले अभ्यास गर्दा चिनका सेनाले मधेशमा अभ्यास गर्न शुरु गर्ने जुन प्रयास भइरहेको छ त्यसमा मधेशी जनता मुकदर्शक भएर कद्दापी हेर्न नसक्ने बताउंनुभयो ।
गिरीले यसरी भारतीय र चाइना सेनाको अभ्यासले नेपाल तथा मधेशमा भइरहियो भने दूई ठूला देशको चेपुवामा हामी कद्दापी बस्न नसक्ने यसको विरोधमा हामी अघि बढ्नुपर्ने बताउंदै विश्वयुद्ध नेपालको भूमिबाट हुन सक्ने आफु गुगलमा सर्च अध्ययनको अधारमा दावी गर्दै बताउंनुभयो । गिरीले प्रमुख दलहरुको कारण संविधान कोमाको अवस्थामा रहेको छ र यसलाई सफल हुन नदिनको लागि ती दलहरु नौटंकी गरिरहेको बताउंदै प्रमुख दलहरु शासन सत्तामा कमजोर भएपछि देशलाई द्धन्द्धमा फसाउंने तयारीमा रहेको आरोप समेत लगाउंनुभयो ।
नेपाल सद्भावना पार्टीका कार्यक्रम जिबछप्रसाद यादवका सभाध्यक्षता भएका पार्टीका लहान प्रतिनिधि मोहम्द आशिक मियांले बताए । यता,सद्भावना पार्टीका संस्थापक अध्यक्ष स्वर्गीय गजेन्द्र नारायण सिंहको १५ औं पुण्यतिथिको अवसरमा आज मधेशलगायत देशभरी ठाउंठाउंमा विभिन्न कार्यक्रम गरी मनाइएको छ । सद्भावना पार्टी सिरहाले चोहर्वामा गरिएको कार्यक्रममा पार्टी अध्यक्ष रामबहादुर महतो, सहमहासचिव राजकुमार गुप्ता राजु, केन्द्रीय सदस्य रोहित महतो, सचिव बिकाउ यादवलगायतले मन्तव्य राख्नुभएका थिए । सिंहको १५ पुण्यतिथी मनाउंने कार्य जारी नै रहेको छ ।