नेपाली समय:
अडियो सेवा
मोडेल
नेपाली पात्रेा
अन्य
राष्टिय स्तरका लिकं
ताजा खबर
Jan 20, 2017
मेची महाकाली वैश्य पहिचान अभियानमा दहेज प्रथा न्यूनिकरण गर्न जोड
 लहान, ६ माघ । यत्तिबेला संबिधान संसोधन आम जनताको चाहना भएको नेकपा माओबादी केन्द्रका समानुपातिक तर्फका सांसद निशा साहले बताएका छन्  । सांसद साहले अधिकार, प्रतिनिधित्व र पहिचानको सवालका साथै लोकतन्त्रलाई संस्थागत गर्नका लागि राज्यको ढुकुटी खर्च गरेर बनेको संबिधानमा सबैको अधिकार सुनिश्चित गरी मुलधारमा ल्याउंन संबिधान संसोधन आवयश्यक रहेको बताउंनुभयो । 
मेची महाकाली वैश्य पहिचान अभियान अन्तर्गत वैश्य सम्मेलन सिरहा लहानमा सांसद साहले जनताको गास,बास, कपासलगायत ३२ प्रकारका मौलिक हकका सवाललाई संविधानमा समावेश गरेर अघि बढियो भने देशको मुहार नै फेरिने दावी गर्नुभयो । मधेशको लागि आरक्षण होइन् जातीय जनसंख्याको आधारमा विशेष अधिकार दिनुपर्ने सांसद साहले बताउंनुभयो । अर्काे प्रसङ्गमा साहले मधेशमा दहेज प्रथा महिलाहरुका लागि अभिषाप भएकोले यसलाई न्यूनिकरण गर्नका लागि सरोकारबाला निकाय सक्रिय हुनुपर्ने बताउंनुभयो । राज्य दहेज प्रथालाई बन्देज गरेपनि यो समस्या बिकरालको रुपमा रहेको छ । 
मेचिदेखि महाकाली वैश्य पहिचान अभियानको प्रथम चरणको कार्यक्रम अन्तर्गत पुर्वको बिभिन्न जिल्लाहरुमा संगठन निर्माण गर्दै आज सिरहाको  लहानमा आएका थिए । 
रामप्रसाद साहका अध्यक्षतामा भएको कार्यक्रममा व्यक्ताहरुले सिरहालगायत देश भरीका वैश्य समुदाय एक जुट भएर अघि बढियो भने सरकार घुंडा टेकेर भएपनि वैश्य समाजको हक अधिकार दिनुपर्ने बाध्य हुने बताएका थिए ।  राष्ट्रिय वैश्य युवा महासंघ केन्द्रिय कार्यालय काठमाण्डौको आयोजनामा संचालित  कार्यक्रममा सिरहा जिल्लाका तेलि , सुडी ,रौनीयारलगायत २२ जातीका  सयौंको सहभागिता रहेको थियो । सोहीक्रममा रामतलेवर साहका संयोजकत्वमा बैश्य जागरण समिति गठन गरिएको छ । सो समितिमा अशोक साह, दिनेश्वर गुप्ता, आशाराम साह, रामचन्द्र साह, श्रीदेव साह, श्याम साह, मिथलेश साह, राजकुमार साह, रामरतन साह, योगीलाल साह, हजारी साह, भरत साहलगायत छन् । 
कार्यक्रम राष्ट्रिय वैश्य युवा महासंघ केन्द्रिय कार्यालय काठमाण्डौका केन्द्रिय सदस्य एवंम सिरहा जिल्ला ईन्चार्ज कृष्ण प्रसाद साहका बिशेष पहलमा भएको थियो । 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

बिचार/ब्लग
झण्डै सिरहाले सखाप पारेको !
                                                           
हिँसाविरुद्ध १६ दिने अभियान ः सिरिवतीले नागरिकता पाउँलान त ?,रहस्मय हत्या र झारफुक गर्दै बलात्कार गर्दै
 लहान, १२ मंसिर । लैंगिक हिंसा बिरुद्धको १६ दिवसीय अभियान अन्तरगत पहिलो दिन कातिक १० गते सिरहाको नवराजपुर गाउँपालिकामा बोक्सी आरोपबिरुद्धको सचेतना कार्यक्रम गरेको छ । सोहीक्रममा  उक्त नवराजपुर ३
फिचर
moment1
  दिनेश्वर गुप्ता लहान । दूई छोरीको विहा गरिसके । १६ बर्षीया पुनम भाडावर्तन माझने काम छन् । दूई छोरा स्कूल जान्थ्यो । १३ वर्षीय किसनलाई एजेन्टले अग्रिम रकम दिन आइरहेको छ
moment1
  लहान, १५ मंसिर । आर्थिक समाजिक सशक्तीकरणको लागि मुसहर किशोरीलाई शिप सिकाई कार्यक्रम सिरहाको नरहामा प्रभावकारी भएको छ ।  नरहाको पाँच वटै वडामा सहयोगी हातहरुको समूह (सहास) नेपालले १० देखि १८
moment1
 लहान, १३ मंसिर । सुईद्धारा लागुऔषध प्रयोगकर्ता लहानक्षेत्रमा पाँच सयबढी रहेको छ भने प्रदेश २ मा पाँच हजारबढी रहेकोले क्षति न्यूनिकरणको लागि स्पर्स नेपाल सक्रियता देखाएको छ । एउटै सुईले
moment1
 लहान, २७ फागुन । आज ( फागुन २७ गते शुक्रवार) सार्वजनिक गरिएको सिरहाको स्थानीय निकायको विवरण यस प्रकार रहेको छ । सिरहाको गाढा र गोविन्दपुर मलहनिया गाविसलाई लहान नगरपालिकामा समायोजन

अन्तर्वार्ता
‘रसायनिक विषादीको प्रयोगले गर्दा ८५ प्रतिशत माटो विरामी‘
  लहान । कृषिकर्ममा जीवन अर्पण गर्नु भएका सिरहाको सखुवानन्कारकट्टी ४ का  कृषि, पशु, माटो प्रविधिक मो.रहमुल मियाँसँग नवसंग्रामकर्मीले गरेको कृषि विषयको कुराकानीको अँश । जो कृषि उत्पादनको लागि यो भूमी