नेपाली समय:
अडियो सेवा
मोडेल
नेपाली पात्रेा
अन्य
राष्टिय स्तरका लिकं
सुचना, प्रविधी र बिज्ञान
Oct 06, 2016
मधेस आइटीमा किन पछाडी ? के हुनसक्छ आगामी योजना ?
 प्रमोद यादव । 
विश्वले आईटीमा यति धेरै फड्को मारि सक्दा पनि नेपालमा भने आईटी शिक्षा बामे सर्दै गरेको अवस्थामा छ । केहि समय अगाडि नेपालका गृह तथा उपप्रधानमन्त्रीले मेसिन रिडेबल पासपोर्ट भारतलाई नै छाप्न दिनुको एउटा कारण नेपालमा आईटीको दक्षता नभएको उल्लेख गरे । यसबाट नै प्रष्ट हुन्छ कि हामी आईटी प्रबिधिमा कति पछाडि छौं ।
मधेसको कुरा गर्ने हो आईटीमा मधेस निकै पछाडी छ । दैनिक रुपमा काम लाग्ने इमेल ,एस.एम.एस ,रिचार्ज जस्तो कुरा पनि धेरै मानिसलाई  आउदैन । मधेसमा प्राय डक्टर , इन्जिनियर (सिविल ) जस्ता पढाई अभिभावकमाझ लोकप्रिय छ । तर अहिले आईटी पढाई धेरै अपरिहार्य भईसकेको छ । विदेश जाने युवाहरुलाई समान्य आईटीको तालिम दिन सक्यो भने धेरै ढुकुटी जुन मोबाइलमा खर्च हुन्छ त्यो बचन सक्छ । आजको युगमा फेसबुक ,एसकाइप जस्ता सोसल मेडियाले निशुल्क संचार स्थापित गरेको छ सही उपयोग गर्न सकियो भने यो निकै फाईदाजनक छ ।
आज भन्दा १० वर्ष अगाडीको आइटी शिक्षा र आजको आइटी शिक्षाको तुलना गर्ने हो भने नेपालमा आइटी शिक्षाको विकासमा ठुलो फड्को मारिएको छ । त्यत्ति बेला आधिकारिक रुपले नेपालमा आइटी सम्वन्धी पाठ्यक्रम एउटा कुनै विषयको च्याप्टरको हिसाबले राखिन्थ्यो भने आज आएर भित्रि रुपले नियाल्ने हो भने आइटी शिक्षाको प्रायः हरेक कलेजको पाठ्यक्रममा कुनै न कुनै प्रकारले समाहीत गरेको पाईन्छ । यसका मुख्य २ कारण हुन सक्छन् । पहिलो बाहिरी मुलुकबाट आएको लहर जसले गर्दा आइटी शिक्षाको बारेमा जाँदै नजानेका विज्ञहरुले नेपालमा आइटी शिक्षाको शुरुवात गराउन बाध्य पार्यो र जे भए पनि शुरुवात चै भयो । अर्को कारण हो, नेपालका निजि स्तरका ठुल्ठुला कम्पनीहरुले आइटी सम्वन्धी विज्ञहरु बाहिरी मुलुकबाट झिकाउन बाध्य पार्यो । विस्तारै विस्तारै नेपाली आधिकारिक संस्थाहरुलाई यति ज्ञान त् भयो की नेपालमा आइटी शिक्षाको अभाव छ । यो क्षेत्रमा दक्ष जनशक्ति को उत्पादन गर्नु आवश्यक हैन अपरिहार्य नै भै सकेको छ । नतिजा सबैका सामुन्ने खुल्ला छ ।
      मेरो प्राथमिक तहको पढाई सिरहामा नै भयो र कक्षा ८ को पढाई सकेर म बिराटनगर गए । यो कुरा करिब सात वर्ष पहिलेको हो । बाहिर बस्दा आफ्नो गाउठाउंको समाचार ,गतिबिधि  सुन्ने कुनै स्रोत थिएन कहिले काहिँ ठुलो घटना भयो भने मात्र रेडियो कान्तिपुर र  कान्तिपुर पत्रिकामा आउथियो । मेरो मन भित्रिदेखि खिन्न भयो र मैले निधो गरे  जसरी भएपनि आफ्नो ठाउँको लागि केहि गर्नुपर्यो जसले गर्दा आफ्नो गृहजिल्ला भन्दा बाहिर रहेको जोसुकैले ताजा गतिबिधि र समाचार  पढ्न  सकोस् र आजसम्म सिरहा  जिल्लामा मात्र आधि दर्जन आनलाइन पत्रिका बनाई सके । खुशी लाग्छ आफ्नो जिल्लाको लागि काम गर्न ।
यस्ता परिवर्तन कुनै किताबी पाठ्यक्रम नभई विद्यार्थीमा आत्मबल कसरि वढाउने, केहि गर्न सक्ने जोश जाँगर कसरी वढाउने र सबै भन्दा महत्वपुर्ण नयाँ आईडिया तथा इन्नेभेसबन का कुराहरु उनीहरुमा विकसीत गराउन सक्ने तरिकाहरुमा केन्द्रित हुनु पर्छ । हाम्रा पाठ्यक्रमहरुमा यी मध्ये कुनै एउटा पनि देखिन्न । सूचना प्रबिधि ले हामीलाई यति नजिक ल्याएको अवस्थामा हामी कुनै पनि पाठ्य सामग्रीहरुबाट टाढा छैनौ । हामीलाई विश्वमा अन्यत्र हुने कुनै पनि नँया शिक्षा प्रणालीमा अपनाउन तरिकाहरु खोज्न कसरत गरिरहनु पर्दैन । तै पनि किन हामी पछाडी छौ ? यसको जल्दोवल्दो उदाहरण आज प्रायः जसो हाम्रा आदरणीय नेताज्यूहरु ईमान्दार नहुनुमा उनीहरुमा र त्यस्तै उनीहरुमा सहि सोच र दूरगामी दृस्टी नहुनुले हो । उनीहरुले हाम्रा पाठ्यक्रमबाट विद्यार्थीहरु किताबी त बन्छन तर अन्वेषक बन्न सक्दैनन् भन्ने कुरा राम्ररी बुझेका छन् । उनीहरु धेरै जसोले आफै पनि हामीले पढेकै पाठ्यक्रम अपनाएर आएका हुन् । यो जान्दाजान्दै पनि नयाँ पुस्तालाई परिवर्तन गर्ने सोच छैन उनीहरुमा ।
  आज भोलि आई टि ले सबै वर्ग र क्षेत्रलाई नै छोएको छ । हामि मध्ये प्रायःले आई टि को कुनै ज्ञान नै नभएको अवस्थामा पनि आई टि को प्रयोग गर्ने पर्ने जान्ने पर्ने वा भनौ त्यसमा संलग्नता नभएको खण्डमा त्यसको असर गाँस बाँस मा पर्न सक्ने सत्यता प्रायः सबैले बुझेकै हुनुपर्छ । यस्तो परिस्थीति हुँदाहुँदै पनि सरकारले आई टि संग सम्वन्धीत आधारभूत उपलब्ध गराउन सकेको छैन । प्रायः जसो सरकारी विद्यालयहरुमा पुराना, त्यसमाथि पनि चल्दै नचल्ने अवस्थाका कम्प्युटर थुप्रै ठाउँहरुमा रहेको देखिन्छन् ।
  त्यसैले अब आभिभावकहरुको विचारमा परिवर्तन हुन जरुरी छ र स्कूल संचालकहरुले पनि यो कुरामा सोच्नुपर्छ । ( यादव इन्जिनियरिङ्ग विद्यार्थी हुन् )


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

बिचार/ब्लग
झण्डै सिरहाले सखाप पारेको !
                                                           
हिँसाविरुद्ध १६ दिने अभियान ः सिरिवतीले नागरिकता पाउँलान त ?,रहस्मय हत्या र झारफुक गर्दै बलात्कार गर्दै
 लहान, १२ मंसिर । लैंगिक हिंसा बिरुद्धको १६ दिवसीय अभियान अन्तरगत पहिलो दिन कातिक १० गते सिरहाको नवराजपुर गाउँपालिकामा बोक्सी आरोपबिरुद्धको सचेतना कार्यक्रम गरेको छ । सोहीक्रममा  उक्त नवराजपुर ३
फिचर
moment1
  दिनेश्वर गुप्ता लहान । दूई छोरीको विहा गरिसके । १६ बर्षीया पुनम भाडावर्तन माझने काम छन् । दूई छोरा स्कूल जान्थ्यो । १३ वर्षीय किसनलाई एजेन्टले अग्रिम रकम दिन आइरहेको छ
moment1
  लहान, १५ मंसिर । आर्थिक समाजिक सशक्तीकरणको लागि मुसहर किशोरीलाई शिप सिकाई कार्यक्रम सिरहाको नरहामा प्रभावकारी भएको छ ।  नरहाको पाँच वटै वडामा सहयोगी हातहरुको समूह (सहास) नेपालले १० देखि १८
moment1
 लहान, १३ मंसिर । सुईद्धारा लागुऔषध प्रयोगकर्ता लहानक्षेत्रमा पाँच सयबढी रहेको छ भने प्रदेश २ मा पाँच हजारबढी रहेकोले क्षति न्यूनिकरणको लागि स्पर्स नेपाल सक्रियता देखाएको छ । एउटै सुईले
moment1
 लहान, २७ फागुन । आज ( फागुन २७ गते शुक्रवार) सार्वजनिक गरिएको सिरहाको स्थानीय निकायको विवरण यस प्रकार रहेको छ । सिरहाको गाढा र गोविन्दपुर मलहनिया गाविसलाई लहान नगरपालिकामा समायोजन

अन्तर्वार्ता
‘रसायनिक विषादीको प्रयोगले गर्दा ८५ प्रतिशत माटो विरामी‘
  लहान । कृषिकर्ममा जीवन अर्पण गर्नु भएका सिरहाको सखुवानन्कारकट्टी ४ का  कृषि, पशु, माटो प्रविधिक मो.रहमुल मियाँसँग नवसंग्रामकर्मीले गरेको कृषि विषयको कुराकानीको अँश । जो कृषि उत्पादनको लागि यो भूमी