नेपाली समय:
अडियो सेवा
मोडेल
नेपाली पात्रेा
अन्य
राष्टिय स्तरका लिकं
फोटो फिचर
Oct 05, 2016
लहान आईकन — २०१६ की विनर हेलिना सिंह
 दिनेश्वर गुप्ता 
लहान, १८ असोज । लहान लिटिल आईकन — १६ का विनर हेलिना सिंह भएकी छीन् । लहान सिटी जेसीजको आयोजनामा भद्रो १५ गतेदेखि यस क्षेत्रका विद्यालयस्तरका छात्राहरुको आन्तरिक क्षमता बढाउंने उद्देश्यले गरिएको सो टाईलेन्ट सो— ग्रान्ड फाईनलबाट आज हेलिना सिंह विनर भएकी छीन् । 


लहानको पशुपति सिनेमा हंलमा भएको ग्रान्ड फाईनलमा २७ प्रतियोगि सहभागी भएका थिए । जसमा रोशिका चौधरी फस्ट रनअफ भएकी छीन् । यसैगरी सेकेन्ड प्रियंका साह, थर्ड नन्दनी गुप्ता र फोस्र्थ रनअफ अनिमा श्रेष्ठ भएकी छीन् । विनर भएका लहान आईकनलाई १० हजार रुपैयां र विभिन्न कम्पनीबाट गिफ्ट प्रदान गरिएको छ । त्यसैगरी फस्ट रनलाई ७ हजार, सेकेन्डलाई ५ हजार, थर्डलाई ३ हजार र फोर्थलाई २ हजार नगद प्रदान गरिएको छ । टाईलेन्ट सोलाई रौनक बनाउंनको निम्ति विभिन्न सांस्कृति झल्किने कार्यक्रम गरिएको थियो ।

सो कार्यक्रममा हांस्य कलाकार एनवि मिथुनको रेकर्डिगं डान्सले मन्च नै गुन्जमान भएको थियो भने प्रमुख अतिथी सिरहाका सिडियो विजयनारायण मानन्धरले समेत गीत प्रस्तुत गर्नुभएका थिए । स्थानीय तथा मैथिली गीत र नाचको छनक प्रस्तुत नगरेपछि हांलभित्र खलोपन महसुस गरेको कृष्णबहादुर यादवले गुनासो गरेका थिए । कार्यक्रममा स्थानीय कलाकारको रुपमा डोली सरकारलाई नाच गर्न लगाएका थिए । तर, डोलीले हिन्दी गीतमा नाचेर रौनकता दिएका थिए । यसमा डोलीको नाचको लागि कार्यक्रम संचालक राजु गुप्तालाई प्रस्तुत गर्न लगाएका थिए । ‘पुगेन यो बैंसले ...गीतको प्रस्तुती आस्था बीले गरेकी थिइन् । 


त्यसैगरी, श्रीकृष्ण लुईटेलले ‘दिल चुराके ले गया... बांके बर्दिया गीतमा युवाहरु रौनकता बटुलेका थिए । कार्यक्रममा  लहान सिटी जेसीजका अध्यक्ष शंकरप्रसाद गुप्ता, टाईलेन्ट शो कार्यक्रमका संयोजक उमेश चौधरी, जेसीजका पूर्व अध्यक्षहरु राकेश झा,  मुरारी साह, धरनीधर अधिकारी, अशोक अमात्य, सिरहाका एसपी श्याम ज्ञवालीलगायतले टोकन अफ लव तथा प्रमाणपत्र वितरण गरेका थिए । कार्यक्रम सांझ ६ बजेदेखि शुरु भएर राती ठीक १२ बजे समापन भएको जेसीजका विजय गुप्ताले बताए ।










प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

बिचार/ब्लग
झण्डै सिरहाले सखाप पारेको !
                                                           
हिँसाविरुद्ध १६ दिने अभियान ः सिरिवतीले नागरिकता पाउँलान त ?,रहस्मय हत्या र झारफुक गर्दै बलात्कार गर्दै
 लहान, १२ मंसिर । लैंगिक हिंसा बिरुद्धको १६ दिवसीय अभियान अन्तरगत पहिलो दिन कातिक १० गते सिरहाको नवराजपुर गाउँपालिकामा बोक्सी आरोपबिरुद्धको सचेतना कार्यक्रम गरेको छ । सोहीक्रममा  उक्त नवराजपुर ३
फिचर
moment1
  दिनेश्वर गुप्ता लहान । दूई छोरीको विहा गरिसके । १६ बर्षीया पुनम भाडावर्तन माझने काम छन् । दूई छोरा स्कूल जान्थ्यो । १३ वर्षीय किसनलाई एजेन्टले अग्रिम रकम दिन आइरहेको छ
moment1
  लहान, १५ मंसिर । आर्थिक समाजिक सशक्तीकरणको लागि मुसहर किशोरीलाई शिप सिकाई कार्यक्रम सिरहाको नरहामा प्रभावकारी भएको छ ।  नरहाको पाँच वटै वडामा सहयोगी हातहरुको समूह (सहास) नेपालले १० देखि १८
moment1
 लहान, १३ मंसिर । सुईद्धारा लागुऔषध प्रयोगकर्ता लहानक्षेत्रमा पाँच सयबढी रहेको छ भने प्रदेश २ मा पाँच हजारबढी रहेकोले क्षति न्यूनिकरणको लागि स्पर्स नेपाल सक्रियता देखाएको छ । एउटै सुईले
moment1
 लहान, २७ फागुन । आज ( फागुन २७ गते शुक्रवार) सार्वजनिक गरिएको सिरहाको स्थानीय निकायको विवरण यस प्रकार रहेको छ । सिरहाको गाढा र गोविन्दपुर मलहनिया गाविसलाई लहान नगरपालिकामा समायोजन

अन्तर्वार्ता
‘रसायनिक विषादीको प्रयोगले गर्दा ८५ प्रतिशत माटो विरामी‘
  लहान । कृषिकर्ममा जीवन अर्पण गर्नु भएका सिरहाको सखुवानन्कारकट्टी ४ का  कृषि, पशु, माटो प्रविधिक मो.रहमुल मियाँसँग नवसंग्रामकर्मीले गरेको कृषि विषयको कुराकानीको अँश । जो कृषि उत्पादनको लागि यो भूमी