लालकुमार राई
कालो अक्षर भैसी बराबर
उसै गरि आछ रे
आजकाल गाउमा
खै कुन धान मस्यौदा।
सात-सात बर्ष राजगरेर
खरबौ-खरब बाडचुड गरेर पनि
आधिमात्र रे त्यो धान
जति भए पनि मलाइ के टन-टन
दुइ राजा भोगेको मान्छे
बरु उनेरुनै थे जाती।
हुन त बुढी औठा
मेरो पनि रङ्गिएको थियो
तारन्तार दुइ चोटी
यहि सम्बिधान लेख्नकै लागी
रै पनि म उति जागरिलो छुइन
आज फालिएको मस्यौदा पढ्न
के भन्नु मस्यौदा पनि
यो कचिङ्गल पढ्न र सुन्न।
सुन्छु आजकाल
देश बेधर्मी बन्दैछ रे
देशलाइ टुक्र्याइदैछ रे
जात-पातको बहस उठाइदैछ रे
मानिसलाइ बेसरम बनाइदैछ रे
बिदेशी प्रभु खुश बनाउने काम हुदैछ रे
देश बेचिदैछ रे
हामिलाइ म बनाइदैछ रे
मतलब जनता भाडिदैछ रे
अनि यो मस्यौदा पढ्नुको के माने?
र त,
म फुर्सदिलोछु आजकाल।
युबा जति बिदेश धपाएर
खाध्य सम्प्रभुताको हुङ्कार छेडिएकोछ रे
आर्थिक बृद्धी दर शुन्य नजिक आउदै गर्दा
देशमा कायापलट ल्याउने सपना छ रे
हुदा खाने र हुने खाने ह्वात्त बढिरहदा
समानताको रेखा कोरिएकोछ रे
उत्पादनको सबै अबयबहरु
नाफाखोरहरुलाइ सुम्पिएर
समाजबाद उन्मुख राष्ट्र घोषणा हुदैछरे
सिटामोल बाड्न नसक्ने सरकारले
बेरोजगार भत्तापनी बितरण गर्दैछ रे
यि सब झुट र भ्रम पढेर जानेर दुखी बन्न
म
किन पढौ मस्यौदा ?
किन सुन्न जाउ छलफल ?
म जाने थिए होला
जानु पर्छ पनि भन्थे अरुलाइ
जन आकाङ्क्षा अनुरुप त्यो बनेको भए
जनताको रगतको भर्पाइ भएको भए
श्री ५ हटाउनु मात्र थियो त
०४७ कै सम्बिधान फाले के आपत्ती
म पढ्थे, हामी पढ्थ्यौ।