लालकुमार राई
तिमिनै भएरत हो म त्यहा थिए
तिम्रो मुस्कान अनि छताछुल्ल योबन
कुनामा बसि च्याइरहेको
थाहा छैन तिमिलाइ
तिमि चिया सङग मस्ती गर्दै थियौ
म तिमिसङग मस्ती गर्दै थिए
तिमि बेखबर म जानकार
श्याम साहुको चिया पशलमा।
थाहा छैन मलाइ
म गलत छु या सहि
तिम्रो अनबिग्यताको भोगिछु म
र, मलाइ सङ्कोच पनि छैन
मेरो भोगाइमा बरु अनन्त जाओस
धन्य छौ तिमि
कहा म एक्लो हो र तिम्रो फिदा
सङ्गै छन मेरा मित्र-राम पनि
तर थाहा छैन मलाइ
उसले कसरी मजा लुट्दैछ
तिम्रो त्यो बान्की कपालको
जो च्याइरहेछ त्यही कुना बसि
जहा म नतमस्तक छु
दश जाने चिया घुट्क्याउदै
श्याम साहुको चिया पशलमा।
तिम्रो सङ्गी अनि तिमि
बिलकुल अलग मेरालागी
फिक्काछन ति सब तिम्रो सामु
र त, म अडिए तिमिसङ्गै
तिमिलाइ के था? यि सब परिघट्ना
जो घटिराछ एक कुनामा
साच्चै म अनि तिनिहरु
एकटक तिमितिरै
जहा थपिए मित्र-सिबी पनि
जम्यो मेरो कुना झनै
श्रीफ तिम्रै नाममा
थपियो अर्को दशको चिया
श्याम साहुको चिया पसलमा ।