नेपाली समय:
अडियो सेवा
मोडेल
नेपाली पात्रेा
अन्य
राष्टिय स्तरका लिकं
फोटो फिचर
Apr 17, 2015
सद्भावनाको बार्षिकोत्सव,?मधेसी र आािदवासी जनजातिले छुट्टै मोर्चा गठन गर्ने तयारी?
लहान, ४ बैशाख । सद्भावना पार्टीको २५ औं स्थापना दिवसको अवसरमा बिहीबार सिरहाको चोहर्वा र राजविराजमा आयोजित एक कार्यक्रममा सहभागिहरु नेताहरुले मधेश र मधेशी जनताको अधिकारका लागि सद्भावना पार्टी जस्तोसुकै आन्दोलन गर्न पछाडि नपर्ने बताएका छन् ।
    सद्भावना पार्टीका जिल्ला अध्यक्ष रामबहादुर महतोका अध्यक्षता तथा पार्टीका केन्द्रिय सहमहासचिव राजकुमार गुप्ताका विशेष आतिथ्यमा आयोजित कार्यक्रममा पार्टीका कार्यकर्ता लगायतका बक्ताहरुले सद्भावना पार्टीको योगदान बारे चर्चा गर्नुभएको थियो ।  
    यता,  सदभावना पार्टीका राष्टिय अध्यक्ष राजेन्द्र महतोले एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले धोका दिएको भन्दै मधेसी र आािदवासी जनजातिले छुट्टै मोर्चा गठन गर्ने तयारी गरेको बताउनु भएको छ ।
    बिहीबार काठमाण्डौमा सद्भावना पार्टीको २५ औं स्थापना दिवसको अवसरमा आयोजित सदभावना आन्दोलन भावी  कार्यदिशा कार्यक्रममा अध्यक्ष महतोले दाहाल नेतृत्वको मोर्चाले आन्दोलनको नेतृत्व गर्न नसकेको भन्दै मधेसी र आदिवासी जनजातिको छुट्टै मोर्चा गठन गर्ने तयारी भई रहेको बताउनुभयो । कार्यक्रममा महतोले नयाँ संविधानमा आफ्ना मुद्दा स्थापित गर्न आन्दोलनको विकल्प नभएको भन्दै आन्दोलनको नेतृत्व दाहालबाट हुन नसक्ने भएकाले छुट्टै मोर्चा गठनको तयारी भएको बताउनुभयो । अब उहाँको नेतृत्वमा आन्दोलन अघि बढ्न सक्दैन । अब छुट्टै मोर्चा गठन हुन्छ ।’ अबको आन्दोलनको नेतृत्व मधेशीले गर्ने उहाँको भनाई रहेको थियो  ।
    उहाँले नयाँ गठन हुने मोर्चामा सद्भावना पार्टी, तराई मधेस लोकतान्त्रिक पार्टी र मधेसी जनाधिकार फोरम नेपाल सहभागी हुने तय भएपनि आदिवासी जनजातिबाट कुन कुन दल सहभागी बन्ने भन्ने विषयमा केही बताउनु भएन  । ०४८ बैशास ३ गते गजेन्द्रनायारण  सिंहले स्थापना गरेको सद्भावना पार्टीले प्रत्येक वर्ष वैशाख ३ गते स्थापना दिवस मनाउँदै आएको छ । कार्यक्रममा अध्यक्ष महतोले दुई तिहाईको दम्भले संविधानसभाबाट संविधान निर्माणको प्रक्रिया सुरु गरे आफूहरुको लागि संविधानसभा औचित्यहिन हुने स्पष्ट पार्नु भयो ।
त्यस्तो अवस्था आए आफूहरु संविधानसभा छाडेर निर्णायक आन्दोलनमा उत्रने चेतावनी दिनुभयो ।  विगतका सहमति अनुसार नै संविधान बन्नु पर्छ भन्ने हाम्रो भनाई हो । कार्यक्रम बुद्धिजीबी विजयकान्त लाल कार्ण, तुला नारायण साह, सुनिल रंजन सिँह, गणेश मण्डल, लगायतका बतmाहरुले  मधेशी तथा जनजातीहरुले छुटै आन्दोलन गर्नु पर्ने बेला आएको सुझाब दिनुभयो । कार्यक्रममा सदभावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्ण, उपाध्यक्ष नवलकिशोर साह, महासचिब मनिस सुमन सहमाहासचिब देबेन्द्र यादव, केन्द्रिय सदस्य योगेन्द्र राय यादव  लगायतका नेताहरुले आआफनो विचार राख्नु भएको थियो ।
    ३० दलीय गठबन्धनमा आबद्ध मधेसी मोर्चाभित्रै आन्दोलनमा जाने नजाने विषयमा विवाद भएको बेला महतोको यस्तो भनाइ आएको हो । उनले नयाँ गठन हुने मोर्चामा तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा) मधेसी जनाधिकार फोरम नेपाल र सद्भावना पार्टी सहभागी हुने तय भएपनि आदिवासी जनजातिबाट कुन कुन दल सहभागी बन्ने भन्ने विषयमा केही खुलाएनन् । ०४८ बैशास ३ गते गजेन्द्रनायारण सिंहले स्थापना गरेको सद्भावना पार्टीले प्रत्येक वर्ष वैशाख ३ गते स्थापना दिवस मनाउँदै आएको छ ।


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

hama TMT
बिचार/ब्लग
समाजिक परिचालक समायोजन समस्या कि उपलब्धी ?
 चन्दन कर्ण, बर्तमान अवस्थामा मुलुक लोकतान्त्रिक गणतन्त्र सहित सघिंय संरचनामा प्रविष्ट भइसकेको छ । विगत २० वर्षको दिशाहिन र गतिहीन यात्रा गर्दै आएको विकासले थुप्रै आरोह र अवरोह सहितको बाटोहरु पार
हजारौ ढुंगेलहरूमा समर्पित
                           रामेश्वर यादव  जनताको रोटी खाएर हतियार उठाउनु धोका हो, यदि उठाउने हो भने जनताको मुक्ति बिना हतियार बिसाउनु
फिचर
moment1
 लहान, २७ फागुन । आज ( फागुन २७ गते शुक्रवार) सार्वजनिक गरिएको सिरहाको स्थानीय निकायको विवरण यस प्रकार रहेको छ । सिरहाको गाढा र गोविन्दपुर मलहनिया गाविसलाई लहान नगरपालिकामा समायोजन
moment1
  लहानमा बालिकामाथी प्रहरीको प्रहार, एमाले  समर्थकलाई समाजिक वहिष्कारको चेतावनी र गृहमन्त्रीलाई प्रहरी प्रमुखको मुखामुख जवाफ लहान, २५ फागुन । सप्तरीमा प्रहरीद्वारा गरिएको नसंहारको विरोधमा आज लहानमा गरिएको बन्दको क्रममा दूई बालिका
moment1
  ‘कटि ना जिनगिया अब तोहरा बिन,सपना अधुरा हमरा रहि जाई,ऐसे बहुत सारे गीतो से युवाओं के दिल और दिमाग मे खलबली मचा देती हैं.ये चर्चित नवकली जो धार्मिक और आधुनिक
moment1
 लहान, ६ मंसिर । समाजिक सुरक्षा भत्ता वितरण कार्ड पुरानै रहेकोले लहान ४ की ७३ बर्षीया देवकीदेवी ठाकुर बरहीले ज्येष्ठ नागरिकले पाउंने भत्ताबाट बंचित हुंदै आएकी छीन् । देवकी एकल

अन्तर्वार्ता