नेपाली समय:
अडियो सेवा
मोडेल
नेपाली पात्रेा
अन्य
राष्टिय स्तरका लिकं
फोटो फिचर
Apr 15, 2015
मधेशमा मिथिला संस्कृति र जुडशितलकोे सामाजिक ? पौराणिक महत्व
दिनेश्वरप्रसाद गुप्ता
लहान । मधेशमा प्राचिकालदेखि मिथिला संस्कृतिको रुपमा जुडशितल पर्वले आफ्नो विशिष्ट स्थान सुरक्षित गरेकोछ ।  मिथिलाञ्चल अन्तर्गत पर्ने पवित्र स्थान राज महिसोथमा राजा श्री सलहेशका गाथाहरु समेत मिथिला संस्कृतिमा गाँसिएको भेटिएकाले मिथिलाञ्चलका गाउँदेखि शहरसम्म फैलिएको विभिन्न समुदाय, भाषा, भाषि र जातजातिका परिवारमा धार्मिक तथा सामाजिक अनुष्ठानको रुपमा जुडशिलत पर्व मनाउने परम्परा कायम नै रहेको छ ।
मधेशमा मिथिला संस्कृतिको एउटा आफ्नै किसिमको विशेषता आर्दशता तथा बैभवता भएको हुनाले मधेशीहरु मैथली संस्कृतिकसँग जोडिएको जुडशितल पर्वलाई परम्परागत रुपमा नयाँ वर्षको रुपमा मनाउदै आइरहेका छन् ।
यस समाजमा प्रचलित पर्व र वर्त केवल खुसी र उल्लास मनाउका लागि मात्र हुदैन । ऋषि महिर्षिले मिथिलाको प्रत्येक पर्व र वर्तलाई मानिसहरुका जीवनशक्ति उसका अस्तित्वसँग कुनै न कुनै प्रकारले जोडेका छन् । प्रत्येक पर्व र वर्त प्रायः आफ्नो संस्कृतिक स्थितिलाई वढी वलियो वनाउने तथा जीवनको पवित्रतामा हर्षोल्लास कायम गर्नु पर्ने सन्देश दिने गर्दछ ।
जुडशितल पर्वलाई ठाउँ अनुसार कहि सतुआइन पर्व, कहि सिरुवा पर्व त कहिं बैशाखी पर्व भन्ने प्रचलन रहि आएको छ । मिथिला क्षेत्रमा खासगरी सतु आहनको नामले प्रसिद्ध पाएको जुडशितल पर्वमा पानीले भरिएको गाग्रो, सातु र आँपको टिकुला तथा पंखा मग्नतेहरुलाई दान गर्ने परम्परा रहि आएको छ ।
आजैका दिन वडी, भात, दाल, तरुवा तथा पुरी लगायत बिशिष्ट किसिमका पकवान वनाउने गरिन्छ र एक दिन पहिले वनाएको उक्त पकवानहरु भोलीपल्ट भगवती एवम् आफ्ना घरका देवताहरुलाई चढाई खाने परम्परा रहि आएको छ ।
जुडशितल शब्दलाई वेग्ला वेग्लै वर्गिकरण गर्दा जुडको अर्थ आर्शिवाद तथा शीतलको अर्थ शीतलता हो । अर्थात जुडशितल भनेको देवी भगवती एवम् देवता चढाई अंजुलीम खन्याई टाउकोमा माथि जुडाउनाले मस्तिष्कमा शितलता स्वरुप आर्शिवाद भेट हुन्छ भन्ने पौराणिक मान्यता रहदै आएको छ । मानव अधिकारकर्मी राजकुमार राउत भन्छन् — जुडशितल पर्वमा शीतलता प्रदान गर्ने भएकोले यस पर्वलाई महत्वका रुपमा लिने गरेको छ । उहाँले सूर्यको कडा तापको विरुद्ध मानव मात्रलाई शितलता प्रदान गर्न चलाइने साँस्कृतिक परम्परा नै जुडशीतल पर्व हो । राउतले भने ।
सतुआइन एवम् संस्कृतिको भोलिपल्ट हुने यो पर्वलाई स्थानीय लोकभाषामा वासी पर्व पनि भनिन्छ । यो पर्वको दिन घरको जेष्ठ एवम् पुरुषले एका विहानै स्नान गरी अघिल्लो राति नै देवी भगवति राखिएको पवित्र जल अंजुलीमा लिएर आफू भन्दा सानाको टाउकोमा जल क्षेपने गरिन्छ । त्यही जलले घर व्यवहारमा प्रयोग गरिने सबै सामाग्रीलाई जुडाउने गरिन्छ र उक्त दिन नै सबै बोटविरुवाहरुलाई जल हाली जुडाउने परम्परा रही आएको पौराणिक मान्यता रहेको छ । आजैका दिन देवी भगवतीलाई वासीभात, पुरी, तरकारी भोग लगाउने परम्परा रही आएको छ । घरको मानिस पनि आजैको दिन उक्त वासी खाना प्रसादको रुपमा खाने प्रचलन रहि आएको छ । यहांका नरनारीहरुले आफ्ना पूर्वजद्वारा विरासतवाट प्राप्त मैथली पर्व तथा संस्कारलाई पाशचाय संस्कृतिलाई अतिक्रमणवाट रक्षा गर्ने कटिवद्ध हुनुपर्छ मैथिली कवि जीवछ उदासी बताउंछन् ।  उनी थप्छन् यो जुडशितल पर्व मानव मात्रको कल्याणको लागि नभएर यस पर्वमा जसरी ठुलो मानिसले आफूभन्दा सनालाई हत्केलामा पानी लिएर उनीहरुलाई पनि शीतलता दिने गर्दछ । यो पर्वको दिन विहानै घरमा ठूलावडा तथा केटाकेटीहरुले वाल्टीन तथा अन्य भाडोमा पानी लिएर घर वरिपरी रहेका रुखविरुवामा पानी हाल्ने गरेको चलन रहेको छ ।
लहान ४ का रासलाल मण्डल भन्छन् — यो पर्वको अर्को बिशेषता भनेको घरका इष्टमित्रहरुले एक अर्काको जीउभरी दिलापानी छ्यापी मनोरंजन गर्ने र वदाम (चना) को सातु खाने परम्परा छ । जसलाई सतुआइन पर्व भनिन्छ । यो पर्व मुख्य रुपमा जुडशितलको पहिलो दिन सातु खाएर मनाउने गरिन्छ भने दोश्रो दिन जुडशितल पर्वलाई मिथिला संस्कृतिमा जुडशितल मेलाको रुपमा श्री सलहेश मन्दिरको प्राङगनमा धरै संख्यामा टाढा टाढाका श्रदालु भक्तजन तथा जनसमुदायहरु मेलामा उपस्थित भई राजा श्री सलहेश देवतालाई लडु, पान, सुपारी, मखन तथा झाप इत्यादी चढाई भब्य साथ पुजा आरधना गरी श्री सलहेश जुडशितल महोत्सव मनाउने गरिन्छ भन्ने पौराणिक मान्यता रहदै आएको उनी मण्डल बताउंछन् ।
प्रेम र भाईचाराको प्रतिकको रुपमा रहेको यो जुडशितल पर्व नयाँ वर्षको प्रवेश सँगसँगै स्वच्छ वातावरण, रुचिकरण खाना खाने प्रेरणा दिनुका साथै ताप विरुद्ध लडने शक्ति प्राप्त हुने अभिलाषा सँगसँगै समाप्त भएर जान्छ ।




प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

hama TMT
बिचार/ब्लग
समाजिक परिचालक समायोजन समस्या कि उपलब्धी ?
 चन्दन कर्ण, बर्तमान अवस्थामा मुलुक लोकतान्त्रिक गणतन्त्र सहित सघिंय संरचनामा प्रविष्ट भइसकेको छ । विगत २० वर्षको दिशाहिन र गतिहीन यात्रा गर्दै आएको विकासले थुप्रै आरोह र अवरोह सहितको बाटोहरु पार
हजारौ ढुंगेलहरूमा समर्पित
                           रामेश्वर यादव  जनताको रोटी खाएर हतियार उठाउनु धोका हो, यदि उठाउने हो भने जनताको मुक्ति बिना हतियार बिसाउनु
फिचर
moment1
 लहान, २७ फागुन । आज ( फागुन २७ गते शुक्रवार) सार्वजनिक गरिएको सिरहाको स्थानीय निकायको विवरण यस प्रकार रहेको छ । सिरहाको गाढा र गोविन्दपुर मलहनिया गाविसलाई लहान नगरपालिकामा समायोजन
moment1
  लहानमा बालिकामाथी प्रहरीको प्रहार, एमाले  समर्थकलाई समाजिक वहिष्कारको चेतावनी र गृहमन्त्रीलाई प्रहरी प्रमुखको मुखामुख जवाफ लहान, २५ फागुन । सप्तरीमा प्रहरीद्वारा गरिएको नसंहारको विरोधमा आज लहानमा गरिएको बन्दको क्रममा दूई बालिका
moment1
  ‘कटि ना जिनगिया अब तोहरा बिन,सपना अधुरा हमरा रहि जाई,ऐसे बहुत सारे गीतो से युवाओं के दिल और दिमाग मे खलबली मचा देती हैं.ये चर्चित नवकली जो धार्मिक और आधुनिक
moment1
 लहान, ६ मंसिर । समाजिक सुरक्षा भत्ता वितरण कार्ड पुरानै रहेकोले लहान ४ की ७३ बर्षीया देवकीदेवी ठाकुर बरहीले ज्येष्ठ नागरिकले पाउंने भत्ताबाट बंचित हुंदै आएकी छीन् । देवकी एकल

अन्तर्वार्ता