नेपाली समय:
अडियो सेवा
मोडेल
नेपाली पात्रेा
अन्य
राष्टिय स्तरका लिकं
फोटो फिचर
Apr 14, 2015
ईटहर्वा गाविसलाई खुल्ला दिसामुक्त सभामा धार्मिक झाँकी
जिवछ उदासी । मनोज बनैता
    लहान , १ बैशाख ।  लहानदेखि १० किलोमिटर दक्षिणमा रहेको ईटहर्वा गाविसका दलित समुदायले रामलिला र भजन किर्तनको झँकी प्रस्तुत गरेर गाविसलाई आईतवार खुल्ला दिसामुक्त गाविस घोषणा गर्न सफल भएको छ । तेश्रो खुल्ला दिसा मुक्त गाविसको रुपमा ईटहर्वा घोषणा भएपछि छिमेकी गाविसहरु पनि एक महिना भित्रै खुल्ला दिसामुक्त हुने प्रतिवद्धता समेत जाहेर गरेको छ । राजनीतिक दलहरु विच  दलीय सहमति भएपछि खुल्ला दिसामुक्तको लागि सजिलो भईरहेको जिल्ला खानेपानी तथा स्वच्छता समितिका अध्यक्ष तथा स्थानीय विकास अधिकारी गोपाल कुमार अधिकारीले बताउनु भएको छ ।
    यस वर्षमा सिरहाको गाढा पहिलो , भोक्राहा दोश्रो र ईटहर्वा तेश्रो स्थानमा खुल्ला दिसामुक्त हुन सफल भएको अधिकारीले बताउदै दलीय सहमति भएपछि खुल्ला दिसा मुक्त अभियानले तिव्रता लिएको छ । एक महिना भित्रमा सिरहाको दर्जनौ गाविसहरु खुल्ला दिसामुक्त हुने अन्तिम चरणमा पुगिसकेको छ । दलीय सहमतिको संस्कारको सुरुवात गढा गाविसवाट भएको हो भन्दै अधिकारीले यसको छाप अन्य गाविसहरुमा पर्दै जान थालेको छ ।
    सिरहा क्षेत्र नम्वर २ का सभासद यादवलाई सरोकारवालाहरुले तपाई आफनो गाविस नहरा रिगौल कहिले खुल्ला दिसामुक्त घोषणा गर्ने प्रतिवद्धता जाहेर गरेर त्सस क्षेत्रका वाँकी गाविसहरुमा समेत खुल्ला दिसामुक्त घोषणा गर्न सभासदको पहल हुनु परयो भन्ने प्रश्न तेर्साएपछि घोषणा सभाका प्रम्ख अतिथि सभासद यादवले एक महिना भित्रै आफनो गाविस र क्षेत्रलाई खुल्ला दिसामुक्त घोषणा गर्ने प्रतिवद्धता जाहेर गर्नु भएको थियो । ईटहर्वा गाविस २ का दिलिप मरिकाका पत्नी सिता मरिकले कानको सुन वेचेर पनि नमुना शौचालय वनाएपछि त्यस गाविसका हुने खाने र दलित समुदायहरुले धमाधम चर्पी निर्माण गर्न थालेपछि खुल्ला दिसामुक्त  गर्न सफल भएको गाविस सचिव चन्देश्वर ठाकुरले जानकारी दिदै नेवाको सहयोगमा २०७ र रेडक्रसको प्रयासमा ४४४ गरि ६५१ घरधुरीमा चर्पी निर्माण भएर खुल्ःला दिसामुक्त घोषणा भएको हो ।
    घोषणा कार्यक्रममा प्रमुख जिल्ला अधिकारी अब्दुल क्लामले चर्पी भएर पनि खुल्ला दिसा गर्नेहरुलाई प्रहरी लगाएर समात्न लगाई सार्वजानिक मुद्दासम्म चलाउने प्रतिवद्धता जाहेर गर्दै पहिलेको पडरिया र अहिलेको लहान ११ र १२ जस्तो खुल्ला दिसामुक्त घोषणा गरेर फितलो नहोस भन्ने सचेत समेत गराउनु भएको थियो । जेवाशसिसि सिरहाका संयोजक दिनेश्वरप्रसाद गुप्ताले घर घरमा शौचालय निर्माण समाजिक आन्दोलनको स्वरुप हो भन्ने समाजवादी व्यवस्था ल्याउनको लागि अधारशीला समेत भएकोले ईटहर्वाको देखासिखी अन्य छिमेकी गाविसहरुले पनि गर्नुपर्ने सुझाव दिनुभयो । साथै अर्को कार्यक्रममा प्रमुख अतिथि सभासद यादवले आफनो गाविसमा खुल्ला दिसामुक्त गर्न सके उहाँकै गौरव धारणा पनि राख्नुभयो ।      त्यस गाविसका पूर्व गाविस अध्यक्ष रामप्रसाद साहुले गाविसको सार्वजानिक ठाँउमा एक महिला र एक पुरुष शौचालय निजी खर्चमा निर्माण गरि दिने प्रतिवद्धता जनाउनु भयो भन्ने खानेपानी कार्यालय लहानका ईन्जिनियर श्री कृष्णा साहले कार्यालयले पुरस्कार स्वरुप ५० हजार नगद दिने जानकारी दिनुभयो । जिल्ला विकास समिति सिरहाले पनि एक सार्वजानिक शौचालय निर्माण गरि दिने योजना अधिकृत शम्भु साहले भन्नुभयो ।
नेपाली काँग्रेसका शत्रुधन प्रसाद साह ,एमालेका केदारनाथ यादव , एमाओवादीको शिवु यादव र मधेशी जन अधिकार फोरम नेपालका ललित पासवानबीच एकता सहकार्य र सहजकर्ता  रामप्रकाश सिंहको पहलमा गाविस खुल्ला दिसामुक्त भएको सचिव ठाकुरले बताउनुभयो । घोषणा सभामा स्थानीय मधेशी समुदायले धार्मिक झाँकी तथा स्थानीय कलाकारहरुले साँस्कृतिक कार्यक्रम आयोजना गरेर सभालाई सफल गरेको थियो ।



प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

hama TMT
बिचार/ब्लग
समाजिक परिचालक समायोजन समस्या कि उपलब्धी ?
 चन्दन कर्ण, बर्तमान अवस्थामा मुलुक लोकतान्त्रिक गणतन्त्र सहित सघिंय संरचनामा प्रविष्ट भइसकेको छ । विगत २० वर्षको दिशाहिन र गतिहीन यात्रा गर्दै आएको विकासले थुप्रै आरोह र अवरोह सहितको बाटोहरु पार
हजारौ ढुंगेलहरूमा समर्पित
                           रामेश्वर यादव  जनताको रोटी खाएर हतियार उठाउनु धोका हो, यदि उठाउने हो भने जनताको मुक्ति बिना हतियार बिसाउनु
फिचर
moment1
 लहान, २७ फागुन । आज ( फागुन २७ गते शुक्रवार) सार्वजनिक गरिएको सिरहाको स्थानीय निकायको विवरण यस प्रकार रहेको छ । सिरहाको गाढा र गोविन्दपुर मलहनिया गाविसलाई लहान नगरपालिकामा समायोजन
moment1
  लहानमा बालिकामाथी प्रहरीको प्रहार, एमाले  समर्थकलाई समाजिक वहिष्कारको चेतावनी र गृहमन्त्रीलाई प्रहरी प्रमुखको मुखामुख जवाफ लहान, २५ फागुन । सप्तरीमा प्रहरीद्वारा गरिएको नसंहारको विरोधमा आज लहानमा गरिएको बन्दको क्रममा दूई बालिका
moment1
  ‘कटि ना जिनगिया अब तोहरा बिन,सपना अधुरा हमरा रहि जाई,ऐसे बहुत सारे गीतो से युवाओं के दिल और दिमाग मे खलबली मचा देती हैं.ये चर्चित नवकली जो धार्मिक और आधुनिक
moment1
 लहान, ६ मंसिर । समाजिक सुरक्षा भत्ता वितरण कार्ड पुरानै रहेकोले लहान ४ की ७३ बर्षीया देवकीदेवी ठाकुर बरहीले ज्येष्ठ नागरिकले पाउंने भत्ताबाट बंचित हुंदै आएकी छीन् । देवकी एकल

अन्तर्वार्ता