नेपाली समय:
अडियो सेवा
मोडेल
नेपाली पात्रेा
अन्य
राष्टिय स्तरका लिकं
बिचार/ब्लग
Apr 13, 2015
मधेशको ऐतिहासिक स्थलहरु मध्ये सिरहाको सलहेश महत्वपूर्ण
दिनेश्वरप्रसाद गुप्ता
लहान । सबैको आप्mनो पहिचान, संस्कृति परम्परा लोकदेवतासँग गासिएको हुन्छ । सिरहा स्थित रहेको लोकगाथाका सवभन्दा लोकप्रिय सलहेशको लोकगाथा मानिन्छ । यस गाथाको पूरा परिवेश सिरहा लहानको विभिन्नक्षेत्रमा फैलिएको छ । सिरहामा सलहेश गाथाको परिवेश ऐतिहासिक तथ्य माथि आधारित छन् । सलहेश कुनै काल्पनिक पात्र नभई आफ्नो क्षेत्रका लोक नायक मान्निथ्यो । उनी आफ्नो पराक्रम राष्ट्रप्रेमी र नेतृत्वशक्तिले गर्दा पुज्य भए । उनी अहिंसा वादी थिए । उनी आफ्नो बाहुवल तथा बृद्धिले त्यस क्षेत्रका राजा भएका थिए । आफ्नाक्षेत्रका जनतालाई सुरक्षा दिएर अन्य शक्तिको आक्रमण विफल तुल्याइदिएका थिए । उनी सबैको समस्या बुझेर त्यसको समाधान गरिदिन्थे । त्यसकारण उनी सर्वसाधारणमा लोकप्रिय भएको सलहेश गाथामा वर्णित छ । “सलहेश एकै दिनमा मानिकदहमा नुहाउंन ग¥थे, लहानकोे फूलवारीमा फूल टिप्थे, सिलहट आखाडामा कुस्ती खेल्थे, आफ्नो जन्मथलो महिसोथामा कुल देवीको पुजा ग¥थे, र त्यसपछि आफ्नो प्रजाको समस्या सुन्नका लागि कंचनगढ पुगि सबैको पिर मार्का सुन्थे। सलहेशगाथा वारेमा मैथली भाषामा यसरी भनिएको छ । – खन खन रहै छी बैलका पहाडमे खन रहैछी सरर वागमे, मानिकदहमे, स्नान करैत छी मागै छी त ह ही मलिनियाँ के खातिर, गठ पकरियामे मैयाके सुमीरै छ ।
कुनै वेला बेलुका पहाडतिर हुन्छ (यो पहाड हाल सप्तरी देखि उत्तर उदयपुर जिल्लामा पर्दछ ।) कुनै वेला सरर फूलवारी तिर जान्छ मानिक दहमा नुहाउँछ र त्यसपछि पकरिया गढमा देवीको पूजा गर्दछ । तर यी मानिसदेखि भागिरहन्छन् । यिनिहरु मलाई छाड्न तयार छैनन् । सलहेश लोकगाथामा जति ठाउँको नाउँ आएको छ जस्तो महिसौथा पकरियागढ, कंचनगढ, तरेगना, मानिकदह, सलहेश फूलवारी, यी सबै ठाउँहरु सिरहा जिल्लामा अधावधि छन् । सिरहा जिल्लामा रहेका सलहेश गाथासँग सम्वन्धित पूरातात्विक महत्वका स्थलहरु आज पनि ऐतिहासिक छन् ।
सलहेश पूmलवारी ः सिरहा जिल्लाको प्राचिनस्थलको रुपमा सलहेश फूलवारीलाई लिन सकिन्छ । हुन त यस स्थलको मान्यता धार्मिक रुपमा लिइन्छ । जनमानसले यस स्थललाई साँस्कृतिक थलोको रुपमा लिइन्छ । यो ठाउँ लहानमा पर्दछ । “राजा फूलवारी” को नामले प्रसिद्ध यो स्थल निक्कै पुरानो वन जस्तो आभाष हुन्छ ।  साढे नौं बिघामा फैलिएको उक्त वन राजा सलहेशको फुलवारी थियो भन्ने जनधारणा रहेको छ ।
यस फूलवारीलाई टाढावाट हेर्दा प्राकृतिक सौन्दर्यले भरिपूर्ण लाग्दछ । फूलवारीको मन्दिरमा दुइटा मन्दिर (गहवर देखिन्छ । पहिलो गहवर सलहेश महाराजाको छ भने अर्को छेउमा सानो मालिनी मन्दिर वनाइएको छ । गवहरहरुमा सलहेश र मालिनीको भब्य मूर्ति स्थापित गरिएको छ । गवहरका पूजारीले भने अनुसार गहवर पछाडि काँचको इनार थियो र त्यहाँ नदी जस्तै पानी वगेको देखिन्छ । गहवरदेखि नजिकै हारम नामको रुख छ । एउटा अनौठो कुरा के छ भने हारम नामक उक्त रुखको हाँगामा प्रत्येक वर्ष चैत्र मसान्तको दिन एक दिनको लागि त्यसमा एउटा फूल फूल्दछ । त्यो फूल हेर्दा माला जस्तो लग्दछ । फेरी २ गते उक्त फूल स्वतः सुकेर जान्छ । यसरी एक्कासी फूल रहित रुपमा फुलको थुंगो उम्रनु र वैशाख १ गते पछि स्वतः सुकेर जानु जस्तो घटना रोमांचक र अविश्वासनीय जस्तो लाग्दछ । तर यो वास्तविकता हो मन्दिरनिर रहेको हारमको रुखको हाँगामा झुण्डिदिन्छन । फूल वनेर उनी आउँछिन् र सलहेशको खोजीमा रुन्छिन् । कुसमयमा रुखमा झुण्डिने गरेको फूल स्वयम् आफूमा विचित्र र लोकविश्वास सम्मत रहेको छ । सात सय वर्षदेखि यस प्रकारको परम्परा सलहेश फूलवारीमा रहेको देखिन्छ ।
सलहेश फूलवारीमा उत्खनन गर्ने वस्तु छैन । त्यो एउटा वन हो तर हरेक ऐतिहासिक पूर्व मध्यकाल समयको यो वनमा बैशाख १ गतेका दिन  ठूलो मेला लाग्ने गर्दछ भारततिरका लाखौं शद्धालु मेला हेर्न आउँछन् । यस ठाउँलाई पर्यटक केन्द्र वनाउन सकिन्छ ।
सलहेश फूलवारीदेखि अलि पश्चिम उत्तर कुनामा रहेको एउटा चौलाई सिलहट अखाडा भनिन्छ । भनाइ छ सल्हेश आफ्नो भाइ मोतीराम आफ्ना सात सय पहलमानसँग यहाँ कुश्ती खेल्ने ग¥र्थे । वर्तमान समयमा अखडा भन्ने ठाउँमा दूइटा मन्दिर वनेको देखिन्छ । अखाडाको पश्चिमतिर पूर्व मुख गर्ने गरी वनाइएको पहिलो मन्दिरमा छातीमा सवार सलहेशको मूर्ति स्थापित छ । यस मूर्तिको देव्रे र दायाँतिर मालिनी रदोना र कुसमाको साना तर आर्कषक मुर्तिहरु छन् । यस अतिरिक्त आखाडाको पूर्वतिर पश्चिममुखि वनाइएको अर्को मन्दिर घोडामा सवार राजा कुलेश्वर र उनका भाइ हरिसिंह देवको मुर्ति स्थापित छ । यो ठाउँलाई जिल्लाको साँस्कृतिक स्थलको रुपमा लिइन्छ । बैशाख १ गतेका दिन आखाडामा पनि मेला लाग्छ । भारतवाट हजारौं तिर्थयात्रीहरु मेला हेर्नका लागि आउँछन् । यस ठाउँलाई पनि पर्यटक स्थलको रुपमा विकसित गर्न सकिन्छ ।
राजमहिसौथा ः सिरहा जिल्लाको अर्को पूरातत्विक स्थल महिसौथा हो । यो ठाउँ सिरहा वजारसँग टाँसिएको उत्तर गाउँमा पर्दछ । सिरहा वजारको केही भागपनि महिसोथा ७ मा पर्दछ । यो ठाउँ सल्हेश लोकगाथासँग सम्वन्धित रहेको जनविश्वास छ । माहिसौथा वस्तीको उत्तरपूर्व तर्फ ५०० फिटको गोलाईमा फैलिएको एउटा डिस्को छ । यसै डिस्कोसँगै एउटा ठूलो तलाउ पनि छ । करीव २ विघा ९ कठ्ठाको उक्त पोखरी हेर्दा धेरै पूरानो लाग्दछ ।  पुरानो गढकै वाँकी भागमा एउटा मन्दिर छ । यस मन्दिरको अस्तित्व ५÷६ सय वर्ष पुरानो रहेको स्थानीयको कथन छ । मन्दिरभित्र करीव १० फीट अग्लो हातीमाथि हौठा वनाई सलहेशको मूर्ति छ । छेउमा मोती राम तथा बुद्येश्वर घोडामा सवार छन् । हात्तीको एकातिर दिनामालिनी फुलको डाली लिई उभिएकी छिन् । स्थानीय वासिन्दाहरुको भनाइ अनुसार पहिले त्यहाँ पाँच सात सय वर्ष अघि सलहेश नामक प्रतापि राजाले राज्य गर्दथे । त्यो स्थान उनले नै स्थापना गरेको हो भनिन्छ । यो पनि भनाइ छ कि सल्हेशले आफ्नो वाहुवलले यो इलाका जिति राजा भएपछि यस स्थानमा आफ्नो राजधानी वनाए । यो स्थान गढको भाग्नावशेष हेर्दा ईटाको टुक्राहरु देखिन्छ । यो स्थान अवलोकन गर्नका लागि पूरातत्व विभागको टोली पनि आएको थियो तर आजसम्म यस प्राचिन ठाउँको उत्खनन नगरिएको गुनासो छ । यहां नयां बर्षमा विभिन्न सलहेश महोत्सव गर्दै मेला लाग्ने गर्छन् ।
पकडियागढ ः ऐतिहासिक स्थान सिरहा जिल्लाको महत्वपूर्ण लहान वजारदेखि ५ किलोमिटर उत्तर ग्रामिणक्षेत्रमा पर्दछ । यस स्थानमा करीव १५०० फीटको गोलाईमा फैलिएको पूरातात्विक स्थल छ । यो ठाउँ प्राचिन समयमा कुनै राजाको गढ थियो भन्ने कुरा सहजै अनुमान गर्न सकिन्छ । स्थानीय जनविश्वास अनुसार पकडियाको पूरातात्विक स्थल राजा कुलेश्वरको दरवार थियो । त्यस कारण यदि त्यहा उत्तखनन् गराइयो भने राजाको गद्दी भेटाउन सकिन्छ । गढको वरिपरी इटाले वनेका पर्खालको भग्नावेष रहेको देखिन्छ ।  स्थानीयवासीका अनुसार केहि वर्ष अगाडि त्यस क्षेत्रका १० इन्च लामो र दूइ इन्च मोटाइ भएको केही इटा भेटिएको थियो । गढतिरको छेउ छाउमा इटाका टुक्राहरु प्रशस्त भेटिन्छ । हेर्दा अनुमान गर्न  सकिन्छ कि यो ठाउँ कुनै पराक्रमी राजाको गढ हुनसक्छ । गढमा एउटा मन्दिर छ र पोखरीको पूर्व छेउमा एउटा मन्दिर छ । यसै मन्दिरमा राजा सलहेशको पनि उक्त मन्दिरमा भएको एउटा प्रतिमा स्थापित छ । राजा सलहेशको पनि उक्त मन्दिरमा घोडा चढेको मूर्ति छ । पकडिया गढमा राजा कुलेश्वरको घोडामा सवार भएको एउट प्रतिमा स्थापित छ । राजा सलहेशको पनि उक्त मन्दिरमा घोडा चढेको मूर्ति छ । पकडिया गढमा राजा कुलेश्वरको पूजा हुन्छ । यतिबेला २५ फिटको सुरुगं निर्माण गरिएको छ भने त्यहां पोखरियागढ महोत्सवका साथै बैशाख २ गते मेला लाग्ने गर्छन् । मधेशका अधिकांश जिल्लाका र भारतको विहारलगायतका मानिस यहां मेला हेर्न आउंने गर्छन् ।
पतारी ः सिरहा जिल्लामा लक्ष्मीपुर गाविस अन्तर्गत पर्ने पतारी पोखरी ऐतिहासिक महत्व भएको स्थल हो । भनिन्छ राजा कुलेश्वरका कान्छा भाई हरिसिंह देवको यहाँ निवास स्थान थियो । हाल यस ठाउँमा हरिसिंह देवको दरवार छ । त्यतिवेला राजा रानीको प्रतिमा रहेको स्थानीय जनविश्वास छ । त्यो प्रतिमा जस्तो त लाग्दैन तर दुइटा कालो ढुङ्गाको पूजा अवश्य गरिन्छ । हेर्दा खेरि उक्त ढुंगा पूरानो लाग्दछ । यस ठाउँको दरवारको अगाडि एउटा पुरानो पोखरी छ । सलहेश पूmलवारी मेला हेर्नेहरु पतारी पूगी त्यहाँ नुहाउँछन, छोराछोरी नहुनेले सन्तानको माग गर्दछन् । नियमानुसार सन्तानको इच्छा गर्नेले पतारी पोखरीमा डुबुल्की मारेपछि जे भटिन्छ त्यो वस्तु लिई भिजेकै लुगा सहित भाग्नु पर्दछ । केहि पर पुगेपछि लुगा फेरी घर फकिन्छन् । जन विश्वास रहेको छ कि उक्त पोखरीमा नुहाउनाले सन्तान प्राप्ती हुन्छ । यस ठाउँमा बैशाख २ गते मेला लाग्दछ । यस ठाउँको उत्खनन गराएको खण्डमा केही नयाँ कुरा सबैको सामू आउने छ ।     
मानिकदह ः सिरहा जिल्लाको लोकगाथासँग सम्वन्धित अर्को ऐतिहासिक स्थल मानिक दह हो । यो ठाउँ ऐतिहासिक भएपनि यसलई साँस्कृतिक थलोको रुपमा लिइन्छ । सिरहा जिल्लाको लहान देखि १४ किलो मिटर उत्तर पश्चिम गोविन्दपुर गाविस अन्तर्गत पर्दछ । महिसौथाको सलहेश मन्दिरदेखि यो दह पूर्व दिशातिर पर्दछ । यस दहको ऐतिहासिक विषयमा कसैले चौदण्डीको सेन राजा मनिक सेनले वनाएका भन्छन भने कसैले साविक देखि नै रहेको यो दह जीर्णोद्धार गरेको कुरा वताउँछन् । नेपाल एकीकरण भन्दा अघि यो क्षेत्र सेनबंशी राजाको इलाका थियो । यसै दहनिर कतै अम्वरपूर भन्ने ठाउँ थियो । जो पछि सप्तरीको सदरमुकाम कायम गरियो  । चौदण्डीका सेनराजाहरु दिंग्दमा केहि महिना जाडो छल्नका लागि यस ठाउँमा समय विताउथे । हुनसक्छ मानिक दहको सुन्दरतावाट प्रभावित भएर सेन राजाहरुले दहको जीर्णोद्धार गरी त्यस ठाउँको नाम मानिक दह राखे । वर्तमान समयमा त्यस दहको ऐतिहासिकता भन्दा वढी धार्मिक महत्व छ । सिरहा जिल्लामा मान्यता के छ भने लोकनायक सलहेश प्रत्येक दिन मानिकदहमा स्नान गरेर लहानको फूलवारीमा फूल टिपी महिसौथा आई राजमाता र कमलाजीलाई पूजा ग¥र्थे । यो दहदेखी कतै नजिकै एउटा सफा मण्डप थियो जहाँ राजा सलहेशसभामा वसेर जनसाधारणको पिरमार्का सुनि समाधान गरि दिन्थे । सलहेश गाथामा यसवारे वर्णन गरिएको छ ।



प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

hama TMT
बिचार/ब्लग
समाजिक परिचालक समायोजन समस्या कि उपलब्धी ?
 चन्दन कर्ण, बर्तमान अवस्थामा मुलुक लोकतान्त्रिक गणतन्त्र सहित सघिंय संरचनामा प्रविष्ट भइसकेको छ । विगत २० वर्षको दिशाहिन र गतिहीन यात्रा गर्दै आएको विकासले थुप्रै आरोह र अवरोह सहितको बाटोहरु पार
हजारौ ढुंगेलहरूमा समर्पित
                           रामेश्वर यादव  जनताको रोटी खाएर हतियार उठाउनु धोका हो, यदि उठाउने हो भने जनताको मुक्ति बिना हतियार बिसाउनु
फिचर
moment1
 लहान, २७ फागुन । आज ( फागुन २७ गते शुक्रवार) सार्वजनिक गरिएको सिरहाको स्थानीय निकायको विवरण यस प्रकार रहेको छ । सिरहाको गाढा र गोविन्दपुर मलहनिया गाविसलाई लहान नगरपालिकामा समायोजन
moment1
  लहानमा बालिकामाथी प्रहरीको प्रहार, एमाले  समर्थकलाई समाजिक वहिष्कारको चेतावनी र गृहमन्त्रीलाई प्रहरी प्रमुखको मुखामुख जवाफ लहान, २५ फागुन । सप्तरीमा प्रहरीद्वारा गरिएको नसंहारको विरोधमा आज लहानमा गरिएको बन्दको क्रममा दूई बालिका
moment1
  ‘कटि ना जिनगिया अब तोहरा बिन,सपना अधुरा हमरा रहि जाई,ऐसे बहुत सारे गीतो से युवाओं के दिल और दिमाग मे खलबली मचा देती हैं.ये चर्चित नवकली जो धार्मिक और आधुनिक
moment1
 लहान, ६ मंसिर । समाजिक सुरक्षा भत्ता वितरण कार्ड पुरानै रहेकोले लहान ४ की ७३ बर्षीया देवकीदेवी ठाकुर बरहीले ज्येष्ठ नागरिकले पाउंने भत्ताबाट बंचित हुंदै आएकी छीन् । देवकी एकल

अन्तर्वार्ता