नेपाली समय:
अडियो सेवा
मोडेल
नेपाली पात्रेा
अन्य
राष्टिय स्तरका लिकं
ताजा खबर
Dec 12, 2022
सिरहामा डिएपी मलको अभाव, गँहु खेती प्रभावित
 
नवसंग्राम दैनिक
लहान, २६ मंसिर । गँहुको लागि खेत तयारी गरिरहेका किसानको लागि डिएपि मलको अभाव भएको छ । 
मलको अभावमा किसानहरु मंसिर अन्तिम सत्तामा पनि गँहु छर्न पाएका छैन । गँहु खेती समयमा गर्न नपाउँदा सिरहाका किसान यतिबेला चिन्तित छन् ।
यता, साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड लहानमा युरिया मल मात्र रहेकोले गँहु खेतीको लागि चाहिने डिएपी ल्याउँन नसकेको स्थिति रहेको कार्यालय प्रमुख जितेन्द्र साहले बताए । कृषि समाग्री कम्पनी लिमिटेड लहानको गोदाममा  किसानले चाहेको जति डिएपी नभएकोले वितरण गर्न सकस छ । साल्ट ट्रेडिङ लहानका एक कर्मचारीका अनुसार डिएपी मलको ठाउँमा एसएसपी मल आएको छ । तर, सहकारी संस्थाले यो मलप्रति विश्वास नगरेकोले किसानमा नपुगेको अवस्था छ । अर्कातीर पालिकाको सिफारिस समेत यो मलप्रति ध्यान नदिएकोले गँहु खेतीको लागि मल अभाव भएको हो । किसानलाई गँहुको लागि डिएपी मल नै माग रहेको उनले बताए । 
सिरहामा गँहु खेतीको लागि ८० हजार बोरा मल चाहिन्छ । जहाँ सरकारले २२ हजार बोरा मल दिने गरेको छ । त्यसैगरी धान खेतीको लागि सिरहामा कम्तिमा १ लाख ५० हजार बोरा मलको खाचो रहेको छ । जहाँ सरकारले सिरहाको लागि ४० हजार बोरा मल दिने गरेकोले कृषि उत्पादनमा समस्या झेल्न बाध्य छन् यहाँका किसान । भारतीय सिमामा कडाई गरेपछि किसानले ल्याउँदै गरेको मल रोकिएको छ । भारतबाट किसानले दूई चार बोरा ल्याउँदा सीमानाकामा रहेका नेपाल प्रहरीले कमिशन माग गर्ने गरेकोले कृषि उत्पादनमा समस्या भएको छ । 
केही समयता, चुनाव जितेका जनमत पार्टीका प्रदेश सांसद संजय यादवको टोलीले साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको गोदाम अनुगमन गरेका थिए । विजयोत्सको धक्कधकीले अनुगमन गरेपनि सरकारबाट मल उपलब्ध गराउँन नसकेकोले किसानहरु मल नपाएको ठहर छ ।   
  किसानले गेहुँ बिउ र मलको अभाव खेपिरहदा किसानलाई साहाराको कुनै बाटो देखिएको छैन, सरोकारवाला मौन छन् । किसानलाई मलको अभावमा गँहु खेती गर्न सकस भएको छ ।


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

बिचार/ब्लग
झण्डै सिरहाले सखाप पारेको !
                                                           
हिँसाविरुद्ध १६ दिने अभियान ः सिरिवतीले नागरिकता पाउँलान त ?,रहस्मय हत्या र झारफुक गर्दै बलात्कार गर्दै
 लहान, १२ मंसिर । लैंगिक हिंसा बिरुद्धको १६ दिवसीय अभियान अन्तरगत पहिलो दिन कातिक १० गते सिरहाको नवराजपुर गाउँपालिकामा बोक्सी आरोपबिरुद्धको सचेतना कार्यक्रम गरेको छ । सोहीक्रममा  उक्त नवराजपुर ३
फिचर
moment1
  दिनेश्वर गुप्ता लहान । दूई छोरीको विहा गरिसके । १६ बर्षीया पुनम भाडावर्तन माझने काम छन् । दूई छोरा स्कूल जान्थ्यो । १३ वर्षीय किसनलाई एजेन्टले अग्रिम रकम दिन आइरहेको छ
moment1
  लहान, १५ मंसिर । आर्थिक समाजिक सशक्तीकरणको लागि मुसहर किशोरीलाई शिप सिकाई कार्यक्रम सिरहाको नरहामा प्रभावकारी भएको छ ।  नरहाको पाँच वटै वडामा सहयोगी हातहरुको समूह (सहास) नेपालले १० देखि १८
moment1
 लहान, १३ मंसिर । सुईद्धारा लागुऔषध प्रयोगकर्ता लहानक्षेत्रमा पाँच सयबढी रहेको छ भने प्रदेश २ मा पाँच हजारबढी रहेकोले क्षति न्यूनिकरणको लागि स्पर्स नेपाल सक्रियता देखाएको छ । एउटै सुईले
moment1
 लहान, २७ फागुन । आज ( फागुन २७ गते शुक्रवार) सार्वजनिक गरिएको सिरहाको स्थानीय निकायको विवरण यस प्रकार रहेको छ । सिरहाको गाढा र गोविन्दपुर मलहनिया गाविसलाई लहान नगरपालिकामा समायोजन

अन्तर्वार्ता
‘रसायनिक विषादीको प्रयोगले गर्दा ८५ प्रतिशत माटो विरामी‘
  लहान । कृषिकर्ममा जीवन अर्पण गर्नु भएका सिरहाको सखुवानन्कारकट्टी ४ का  कृषि, पशु, माटो प्रविधिक मो.रहमुल मियाँसँग नवसंग्रामकर्मीले गरेको कृषि विषयको कुराकानीको अँश । जो कृषि उत्पादनको लागि यो भूमी