नेपाली समय:
अडियो सेवा
मोडेल
नेपाली पात्रेा
अन्य
राष्टिय स्तरका लिकं
फोटो फिचर
Mar 31, 2015
पहाडको कष्टकर जीवन, घलेगाउंको रमणीय प्रकृतिशैली
दिनेश्वरप्रसाद गुप्ता
लहान । ‘माघ पुषमा आए भने आगोलाई हातले टिप्न सक्छ, पानी टिप्नलाई चिम्टा चाहिन्छ ।’ यति भन्दै घलेगाउंका समाजसेवी लिलबहादुर घले स्थानीय बाह्रमासे र सति घांटुवारे चर्चा गर्छन् । आंखा खोल्ने वितिकै हिमाल खेलेको हेर्न सकिने लमजुंगको उत्तरकन्या गाविस वडा नं. १, २ र ३ घलेगाउंमा १ सय १५ घरधुरीमा ५ सय जनजाती बस्छन् । कष्टकर जीवनमा सजिलो रमाउंने यिनीहरु होम स्टे संचालन गरी अतिथी सत्कार गर्दै आएका छन् । बेसिशहर सदरमुकाम पुग्न कच्ची बाटोमा जीपले आधा दिन र पैदल एक दिन लाग्ने गर्छन् । यसमा पनि जीवन दुर्घटना हुने डरत्रास सधैं रहिरहन्छन् । तर, चिसो र हरियाली वतावरणले त्यहांका मानिस विरामी कम हुने गर्छन् भएपनि अस्पतालको अभावमा जीवन अन्त्य हुन्छन् । शिक्षाको लागि कक्षा ५ सम्म रहेपनि दूई जना शिक्षकले विद्यालय चलाउंदै आएको छ । सर्लाहीका शिक्षक बीरेन्द्र महतो र स्थानीय यमुना घलेले सो विद्यालयका करिब ६ दर्जन विद्यार्थी पढाउंछन् ।
जीवन कष्टकर चल्दै गर्दा त्यहांका अधिकांश युवायुवती वेदैशिक रोजगार र शहरतीर हुकिने गर्छन् । कक्षा ३ की पार्वती गुरुगं भेडा चराउंदै भन्छीन् —‘आमा पुष्पकुमारी बुबा टुपिन्द्र गुरुगं विदेश गएको ३ बर्ष भयो, ‘यो दशैंमा आउछु — मोवाइलमा कुरा हुन्छ ।’ ‘म यहां फुपुदिदीमा बस्छु ।’ घलेगाउं होम स्टेमा सार्क देशहरुकै नमुना हो । बर्षमा ४० हजारबढी पर्यटक त्यहां पुग्ने गर्छन् भने स्थानीयले पहुनालाई घरमै खाना खाजा बस्न व्यवस्था शहरको सुविधामा व्यवस्थित गरिएको छ । शहरीया होटल जस्तै व्यवस्था मिलाएको एम घले र पूर्णहरि घलेका ३ बेडको व्यवस्था छन् । चुल्होसंग घरमा खानाखजाको व्यवस्था मिलाएको पहुनालाई सत्कार गरे वापत घलेगाउं होम स्टे समितिले महिनामा ३५ देखि ५० हजार व्यवस्था मिलाउंने गरेको पूर्णहरि घले बताउंछीन् । त्यहां अधिकतम स्थानीय उत्पादन कोदो, चामल, आलु, लोकल कुखुरा, भटमास, रक्सी, भेडाच्याग्रा, मकैलगायतको खानाखाजामा प्रयोग हुंदै आएको छ । मधेशमा प्रति केजी ४ सयसम्म पाइने माछा त्यहां १६ सय प्रति केजी पाइने गरेको छ । त्यो पनि बाहिरबाट ल्याउंनुपर्ने अवस्था छ । यस्तै अवस्था अन्य दैनिक उपभोग्य समाग्रीको मूल्य रहेको छ ।
युवा पिढी आधुनिकीकरण एवं शहरतीर हुकिरहेको बेला स्थानीय वृद्धवद्धाले सांस्कृति संरक्षण गर्दै आएको छ । घलेगाउंको विशेषताहरु लोकल परिकारको स्वाद, सुर्योदय अवलोकन ,आधा दर्जनबढी हिमाल तथा प्राकृतिक दृश्यहरुको अवलोकन ,चिया वगान,तिजे उत्तरकन्या दर्शन, तमु संग्रालय, भेडी फार्म, गुरुगं संस्कृति घांटु, कृष्ण चरित्र, घले राजाको मुर्ती दर्शन, सांडे मुर्ती, गुरुगंहरुको कला तथा हस्तकला अवलोकन रहेको छ । पहुनाहरुलाई स्वागतको लागि गाउंमै २०५७ सालमा सभाहल स्थापना गरिएको छ । सोही हलमा पहुनाहरुलाई सांस्कृतिक झाकी प्रस्तुत गर्दै मनोरमा दिने र विदाई कार्यक्रम गर्दै आएको छ । गुरुगं जातीको बाहुल्ताको सांस्कृतिको अलगै कथा—घांटु रहेको छ । मधेशमा लोकसांस्कृतिको लोप हुंदै गएको छ भने पहाडमा आज पनि संरक्षणमा स्थानीयहरु जुटिरहेका छन् ।
गुरुगं लोकसांस्कृति कथा
बाह्रमासे र सतिघांटुले चर्चित सांस्कृति रहेको गुरुगं समुदायले आज पनि यसलाई संरक्षण गर्दै आएको छ । सती घांटु बसन्तपंचमीमा शुरु हुन्छ र चण्डीमा सेलाउंने गर्छ । बाह्रैमासे घांटु पहुनाहरुलाई स्वागत गर्नको लागि नाच्ने गर्छ । यसमा युवतीहरु नाच्दैको अवस्थामा वेहोश हुने गर्छन् । पौराणिक कथा अनुसार एक पटक एक युवती नाच्ने अवस्थामा बेहोश भई मृत्यु भएको थियो । केही दिनपछि युवतीलाई गाडिएको चिहानमा बसेर गाई चराउंने एक गुरुगंले उनको यादमा रुदैं मादल घन्काउंदै गीत गाएपछि मृत युवती गीतको धुनमा नाच्न थालेको थियो । गाडिएको मृत युवती जीवित भई नाच्न थालेको कारण गुरुगं घांटु अझ अविष्मरणीय बनेको सांस्कृतिक कथा रहेको छ । यो नाच पांच—सात दिनसम्म नाच्ने चलन रहेको छ । गुरुगंहरुको लोकसांस्कृति हरेक गुरुगं गाउंमा पाउंथियो । अहिले प्राय धेरैजसो गाउंमा यो संस्कृति लोप हुंदै गएको समाजसेवी लिलबहादुर घले बताउंछन् ।


Attachments#
village_tourism_index3.jpg (11 KB) पहाडको कष्टकर जीवन, घलेगाउंको रमणीय प्रकृतिशैली Download
11080939_10204829051940227_2539164611438666749_n.JPG (374 KB) पहाडको कष्टकर जीवन, घलेगाउंको रमणीय प्रकृतिशैली Download
10406779_102048290ffff267612_n.JPG (510 KB) पहाडको कष्टकर जीवन, घलेगाउंको रमणीय प्रकृतिशैली Download


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

hama TMT
बिचार/ब्लग
समाजिक परिचालक समायोजन समस्या कि उपलब्धी ?
 चन्दन कर्ण, बर्तमान अवस्थामा मुलुक लोकतान्त्रिक गणतन्त्र सहित सघिंय संरचनामा प्रविष्ट भइसकेको छ । विगत २० वर्षको दिशाहिन र गतिहीन यात्रा गर्दै आएको विकासले थुप्रै आरोह र अवरोह सहितको बाटोहरु पार
हजारौ ढुंगेलहरूमा समर्पित
                           रामेश्वर यादव  जनताको रोटी खाएर हतियार उठाउनु धोका हो, यदि उठाउने हो भने जनताको मुक्ति बिना हतियार बिसाउनु
फिचर
moment1
 लहान, २७ फागुन । आज ( फागुन २७ गते शुक्रवार) सार्वजनिक गरिएको सिरहाको स्थानीय निकायको विवरण यस प्रकार रहेको छ । सिरहाको गाढा र गोविन्दपुर मलहनिया गाविसलाई लहान नगरपालिकामा समायोजन
moment1
  लहानमा बालिकामाथी प्रहरीको प्रहार, एमाले  समर्थकलाई समाजिक वहिष्कारको चेतावनी र गृहमन्त्रीलाई प्रहरी प्रमुखको मुखामुख जवाफ लहान, २५ फागुन । सप्तरीमा प्रहरीद्वारा गरिएको नसंहारको विरोधमा आज लहानमा गरिएको बन्दको क्रममा दूई बालिका
moment1
  ‘कटि ना जिनगिया अब तोहरा बिन,सपना अधुरा हमरा रहि जाई,ऐसे बहुत सारे गीतो से युवाओं के दिल और दिमाग मे खलबली मचा देती हैं.ये चर्चित नवकली जो धार्मिक और आधुनिक
moment1
 लहान, ६ मंसिर । समाजिक सुरक्षा भत्ता वितरण कार्ड पुरानै रहेकोले लहान ४ की ७३ बर्षीया देवकीदेवी ठाकुर बरहीले ज्येष्ठ नागरिकले पाउंने भत्ताबाट बंचित हुंदै आएकी छीन् । देवकी एकल

अन्तर्वार्ता