विभेद अन्त्यसहित सञ्चारक्षेत्रमा आमुल परिवर्तनको खाचो ः पूर्वसञ्चारमन्त्री यादव
नवसंग्राम दैनिक
लहान, २७ असोज । राजनीतिक,आर्थिक, सामाजिकसहित सञ्चारक्षेत्रमा आमूल परिवर्तनको खाचो रहेको पूर्व सञ्चारमन्त्री राजकिशोर यादवले बताउँनुभयो ।
लहानमा असोज २६ गते प्रेस मञ्च नेपालको सिरहा जिल्ला भेला कार्यक्रममा जसपाका कार्यकारी सदस्य तथा पूर्वमन्त्री यादवले नेपाली राज्यसत्ताद्धारा हरेकक्षेत्रमा कब्जा जमाएको अवस्थामा त्यसलाई मधेश आन्दोलनले तोडियो । त्यसैगरी आज सञ्चारक्षेत्रमा रहेको विभेदलाई अन्त्य गर्नुपर्ने समय आएको उहाँले बताउँनुभयो । पत्रकारहरुको हकहीतमा आज पनि सरकारले आवश्यक अधिकार प्रत्याभूति दिलाउँन नसकेको यादवले बताउँनुभयो ।
हामी सधैं संघर्षमै रहे, आज पनि रोजागारी समस्या तथा युवाहरु वैदेशिक रोजगारमा जान बाध्य छ । यसलाई रोक्न स्वदेशमै रोजगारी बढाउँन हाम्रो प्रमुख काम रहेको सिरहा २ बाट प्रतिनिधिसभाको लागि उम्मेदवारसमेत रहेका यादवले यस्तो बताउँनुभयो ।
समाजमा आमुल परिवर्तनको लागि सँघर्ष जरुरी छ । यसैले आज पनि हामी संघर्षमै रहेको भन्दै यादवले रोजगारी, शिक्षा, स्वास्थ्य, पहिचान र विकास निर्माणसहित नागरिकको मौलिक अधिकार संरक्षणको निम्ति मेरो उम्मेदवारी रहेको बताउँनुभयो ।
कार्यक्रममा जसपाका केन्द्रीय सदस्य राजकुमार गुप्ता (राजु) ले सुशासनको प्रत्याभूती, भ्रष्टाचारबाट उन्नमुक्ति, संघीयताको संस्थागत गर्न हाम्रो मुख्य एजेन्डा रहेको बताउँनुभयो । मधेशमा काँग्रेसले नागरिकमाथी पटक पटक आक्रमण गरि सुशासन भँग गर्दै आएकोले यसलाई तोड्न जरुरी रहेको सिरहा १ ख’ बाट प्रदेशसभा सदस्यको लागि उम्मेदवारी दिनु भएका गुप्ताले यस्तो बताउँनुभयो । प्रेस मञ्चका सिरहा अध्यक्ष महेश सिँहका सभाध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासँघ सिरहाका सभापति मनोज बनैता, प्रेस मञ्चका केन्द्रीय अध्यक्ष दिनेश्वर गुप्ता, मञ्चका केन्द्रीय सचिव विरेन्द्र यादव, केन्द्रीय सदस्य विरेन्द्र नेपाल, प्रेस मञ्चका सिरहा उपाध्यक्ष, विनोद मण्डल, सचिव रामसेवक महरा, कोषाध्यक्ष शम्भु चौधरी, सदस्य मो.रहमुल, शितल साह, भोगेन्द्र पासमान, बलिराम यादव, विनिता चौधरी मनोज यादवलगायतले पत्रकार हकहीत सम्बन्धी विचार राखेका थिए ।