नेपाली समय:
अडियो सेवा
मोडेल
नेपाली पात्रेा
अन्य
राष्टिय स्तरका लिकं
ताजा खबर
Sep 11, 2022
दलित र पिछडावर्गको मुद्दा उठाउँने उम्मेदवारलाई मत दिन अध्यक्ष उपेन्द्र यादवको आव्हान
  दिनेश्वर गुप्ता (नवसंग्राम दैनिक)
लहान, २६ भदौ । शासकवर्गको रवैया यस्तै रहियो भने दलित र पिछडावर्ग हजारौ बर्षसम्म अधिकारबाट बंचित रहने जनता समाजवादी पार्टीका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री उपेन्द्र यादवले बताउँनुभयो । 
दलित र पिछडावर्गलाई आज पनि अमानवीय व्यबहार, मानवअधिकारको हनन, अवसर र सम्भावनाबाट बंचित गर्ने व्यबहार  समाजमा कायमै रहेको भन्दै अध्यक्ष यादवले नेपालमा अल्पसंख्यक समुदायले नै शासन गर्दै आएको बताउँनुभयो ।
पिछडावर्ग महासंघ नेपालको तेस्रो राष्ट्रिय सम्मेलनलाई शनिबार जनकपुरधाममा उहाँले दलित र पिछडावर्गको मुद्दा उठाउँने  उम्मेदवारलाई मात्रै आफ्नो मत दिन आव्हान गर्नुभयो ।
मंसिर ४ गते हुने निर्वाचनका लागि गठबन्धन दलबीचमा सम्मानजनक तरिकाले सिटको बाँडफाँट भयो भने यसलाई निरन्तरता दिनुपर्ने पक्षमा आफु भएपनि सम्मानजनक तरिकाले सिटको बाँडफाँट नभए गठबन्धन अगाडि बढन नसक्ने चेतावनी दिँदै उहाँले मधेशको शक्तिलाई कमजोर नठान्न म नेपाली कांग्रेस र कम्युनिष्ट पार्टीलाई यहीबाट चेत गराउँन चाहेको बताउँनुभयो । 
मधेश विद्रोह र शहीदको बलिदानीकै कारण एकात्मक र निरंकुश शासन प्रणाली फ्याँकेर संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भएको भन्दै अध्यक्ष यादवले लोकतन्त्र र संघीयताविरोधी शक्ति, विभेदकारी शासक वर्ग आज पनि संघीय गणतन्त्रलाई समाप्त गर्ने खेलमा लागेकोले यसको रक्षा गर्नु पहिलो दायित्व रहेको बताउँनुभयो । समाजमा धेरै प्रकारको विभेद र असमानता विद्यमान रहेको भन्दै उहाँले महिलाप्रतिको असमानता, विभेद र हिंसा अहिले पनि समाजमा जकडिएरको बताउँनुभयो ।
जाति र भाषा र संस्कृतिको आधारका साथै अरु धेरै आधारमा समाजमा विभेद र असमानता शोषण र उत्पीडन कायम रहेको भन्दै उनले यस्ता विभेद जडबाटै उखालेर नफ्याँकेसम्म शहीदको सपना पूरा गर्न नसकिने उहाँले बताउँनुभयो ।
नेपालको शासन सत्ता र न्यायपालिकामा एउटै समुदायको बर्चश्व कायम रहेको भन्दै समानतामा अधारित समाज निर्माण गर्न कानूनी रुपमा पिछडावर्गको अधिकार सुनिश्चित हुनुपर्ने हो । यसको लागि लागि एक ठाउँमा उभिन पिछडावर्गलाई उहाँले आग्रह गर्नुभयो । 
कार्यक्रममा मधेश प्रदेशका मुख्यमन्त्री लालवावु राउतले प्रदेश सरकारले पिछडावर्गका माग पुरा गराउँन यस बर्ष ५ करोड बजेट विनियोजित गरेको सार्वजनिक गर्नुभयो । पिछडावर्ग महासंघ नेपालका अध्यक्ष भरत महतोका सभाध्यक्षतामा भएको कार्यक्रममा प्रदेशसभा सदस्यहरु रामअशिष यादव, चमेलीदेवी दास, जनकपुरधाम उपमहानगरपालिकाका पूर्व नगर प्रमुख लालकिशोर साह, युवा नेता जितेन्द्र यादवसहितले सम्मेलनको सफलताको शुभकामना दिनुभएका थिए । 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

बिचार/ब्लग
झण्डै सिरहाले सखाप पारेको !
                                                           
हिँसाविरुद्ध १६ दिने अभियान ः सिरिवतीले नागरिकता पाउँलान त ?,रहस्मय हत्या र झारफुक गर्दै बलात्कार गर्दै
 लहान, १२ मंसिर । लैंगिक हिंसा बिरुद्धको १६ दिवसीय अभियान अन्तरगत पहिलो दिन कातिक १० गते सिरहाको नवराजपुर गाउँपालिकामा बोक्सी आरोपबिरुद्धको सचेतना कार्यक्रम गरेको छ । सोहीक्रममा  उक्त नवराजपुर ३
फिचर
moment1
  दिनेश्वर गुप्ता लहान । दूई छोरीको विहा गरिसके । १६ बर्षीया पुनम भाडावर्तन माझने काम छन् । दूई छोरा स्कूल जान्थ्यो । १३ वर्षीय किसनलाई एजेन्टले अग्रिम रकम दिन आइरहेको छ
moment1
  लहान, १५ मंसिर । आर्थिक समाजिक सशक्तीकरणको लागि मुसहर किशोरीलाई शिप सिकाई कार्यक्रम सिरहाको नरहामा प्रभावकारी भएको छ ।  नरहाको पाँच वटै वडामा सहयोगी हातहरुको समूह (सहास) नेपालले १० देखि १८
moment1
 लहान, १३ मंसिर । सुईद्धारा लागुऔषध प्रयोगकर्ता लहानक्षेत्रमा पाँच सयबढी रहेको छ भने प्रदेश २ मा पाँच हजारबढी रहेकोले क्षति न्यूनिकरणको लागि स्पर्स नेपाल सक्रियता देखाएको छ । एउटै सुईले
moment1
 लहान, २७ फागुन । आज ( फागुन २७ गते शुक्रवार) सार्वजनिक गरिएको सिरहाको स्थानीय निकायको विवरण यस प्रकार रहेको छ । सिरहाको गाढा र गोविन्दपुर मलहनिया गाविसलाई लहान नगरपालिकामा समायोजन

अन्तर्वार्ता
‘रसायनिक विषादीको प्रयोगले गर्दा ८५ प्रतिशत माटो विरामी‘
  लहान । कृषिकर्ममा जीवन अर्पण गर्नु भएका सिरहाको सखुवानन्कारकट्टी ४ का  कृषि, पशु, माटो प्रविधिक मो.रहमुल मियाँसँग नवसंग्रामकर्मीले गरेको कृषि विषयको कुराकानीको अँश । जो कृषि उत्पादनको लागि यो भूमी