नेपाली समय:
अडियो सेवा
मोडेल
नेपाली पात्रेा
अन्य
राष्टिय स्तरका लिकं
ताजा खबर
Aug 27, 2021
ट्राफिकविरुद्ध मजदुरहरु लहान तताए, मेयर मुनीको यस्तो हर्कत
 नवसंग्राम दैनिक
लहान, ११ भदौ । ट्राफिक प्रहरीले सडकमा रहेका यातायात व्यवस्थापन गर्नुपर्ने हो । तर, लहानमा घरभित्रै छिरेर ट्राफिकका इन्स्पेक्टरसहितको टोलीले रात्रि काउन्टर, दिबा बस काण्टर, म्याजिकलगायतको कार्यालय नै तोडफोड गरी मजदुरहरुलाई दुःख दिएका छन् । बर्षो लगानी गरेको आफ्ना गरिखाने कार्यालय तोडफोड गरेपछि भदौं १० गते यातायात मजदुरहरु सडक प्रदर्शन गरेको छ ।
  
ट्राफिक प्रहरीले लाखौको क्षति गरेपछि रात्री बस प्रा.लि.,लहान मजदुर संगठन, यातायात प्रा.लि., दिबा सेबा बस बुकिङ्ग मजदुर, म्याजिक प्रा.लि.का मजदुर, विङ्गर प्रा.लि.का मजदुरहरु संयुक्तरुपमा सडक तताउँन थालेका छन् । यिनीहरुले आज लहानमा ट्राफिक प्रहरीले ज्यादती गरेको बिरोधमा जुलुस प्रदर्शन गरी सहिद चौकमा कोणसभा गरेका छन् ।

सडकमा सवारी साधन व्यवस्थापन गर्न असक्षम रहेका लहान ट्राफिक प्रहरीले जोरजबरस्त गरी बसपार्कमा लैजाने प्रयास गरेको छ । सडक व्यवस्था गर्न नसकेका ट्राफिक प्रहरीले बुधबार लहानको बस बुकिङ्ग काउण्टरबाट सरसमान लगायत काउन्टरको फ्लेक्सबोर्ड समेत जर्वजस्ती हटाएका छन् । काउण्टरका समान हटाउने क्रममा त्यहाँ काम गर्ने बुकिङ्गहरुलाई समेत नियन्त्र गरी हिरासतमा लगिए । यसैको विरुद्धमा प्रहरी विरुद्ध मजदुरहरुले लहान तताएका छन् । 

आफ्ना कार्यालय सुरक्षा गर्दा ट्राफिक प्रहरीले मजदुरहरुलाई सिधै नियन्त्रण लिने गरेकोले लहानको अवस्था तनावग्रस्त भएको  विङ्गर प्रा.लि.का रामऔतार महतोले बताए । महतोले भने ‘हामी त्यसै पनि बस स्टेनमा व्यवस्थापनमा लागेका छौ ।’ ‘अहिले समय लाग्छ, लोकमार्ग फराकिलो हुँदैछ ’ ‘ सडक निर्माण भएलगतै एक दूई बर्षपछि बसपार्कमै जाने हो ।’ अहिले कोरोनाको कहर छ, वसपार्कमा भिड भयो भने संक्रमणको जोखिम बढ्ने अर्को समस्या छ उनले बताए । 

लहान नगरपालिकाका मेयर मुनी साहले अस्पताल चौकमा निर्माण गरेका वस पार्क संचालन नगरी पूर्वाहग्राही ढंगबाट नगरपालिकाको पैसा खर्चिन र सो वस स्टेशन निर्माणमा कमिशन लिएको आरोप छ । बसपार्क निर्माण भएपनि यात्रु त्यहाँ नपुग्ने गरेको मजदुरहरुलाई दुख दिन थालेको स्थानीयको आरोप छ । 

बसपार्क लहान नगरपालिकाले ठेका दिएको छ । नगरपालिकाका मेयर साह र ठेकेदारको दवावमा लहान ट्राफिकले मजदुुरलाई दुःख दिने काम भइरहेको छ । यसैको विरुद्धमा हामी मजदुरहरु आफ्नो रोजीरोटी बचाउँन सडकमा आउँनु परेको शैलेन्द्र रामले बताए । 

यता, सडक व्यवस्थापन गर्न असक्षम रहेका जिल्ला ट्राफिक प्रहरी कार्यालय सिरहा लहानका ट्राफिक इस्पेक्टर सम्पर्क हुन सकेन । लहान ट्राफिक कार्यालयको ६ महिनादेखि अनलाईन अपडेट समेत रहेको छैन । स्रोतका अनुसार इस्पेक्टरले भने गरेका छन् केही दिनमै मेरो यहाँबाट सरुवा हुने भएपछि के गर्नुपर्छ । जे छ ? जहाँबाट जे आउँछ, गर्नुपर्छ गरिरहेको बताउँदै आएका छन् । 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

बिचार/ब्लग
झण्डै सिरहाले सखाप पारेको !
                                                           
हिँसाविरुद्ध १६ दिने अभियान ः सिरिवतीले नागरिकता पाउँलान त ?,रहस्मय हत्या र झारफुक गर्दै बलात्कार गर्दै
 लहान, १२ मंसिर । लैंगिक हिंसा बिरुद्धको १६ दिवसीय अभियान अन्तरगत पहिलो दिन कातिक १० गते सिरहाको नवराजपुर गाउँपालिकामा बोक्सी आरोपबिरुद्धको सचेतना कार्यक्रम गरेको छ । सोहीक्रममा  उक्त नवराजपुर ३
फिचर
moment1
  दिनेश्वर गुप्ता लहान । दूई छोरीको विहा गरिसके । १६ बर्षीया पुनम भाडावर्तन माझने काम छन् । दूई छोरा स्कूल जान्थ्यो । १३ वर्षीय किसनलाई एजेन्टले अग्रिम रकम दिन आइरहेको छ
moment1
  लहान, १५ मंसिर । आर्थिक समाजिक सशक्तीकरणको लागि मुसहर किशोरीलाई शिप सिकाई कार्यक्रम सिरहाको नरहामा प्रभावकारी भएको छ ।  नरहाको पाँच वटै वडामा सहयोगी हातहरुको समूह (सहास) नेपालले १० देखि १८
moment1
 लहान, १३ मंसिर । सुईद्धारा लागुऔषध प्रयोगकर्ता लहानक्षेत्रमा पाँच सयबढी रहेको छ भने प्रदेश २ मा पाँच हजारबढी रहेकोले क्षति न्यूनिकरणको लागि स्पर्स नेपाल सक्रियता देखाएको छ । एउटै सुईले
moment1
 लहान, २७ फागुन । आज ( फागुन २७ गते शुक्रवार) सार्वजनिक गरिएको सिरहाको स्थानीय निकायको विवरण यस प्रकार रहेको छ । सिरहाको गाढा र गोविन्दपुर मलहनिया गाविसलाई लहान नगरपालिकामा समायोजन

अन्तर्वार्ता
‘रसायनिक विषादीको प्रयोगले गर्दा ८५ प्रतिशत माटो विरामी‘
  लहान । कृषिकर्ममा जीवन अर्पण गर्नु भएका सिरहाको सखुवानन्कारकट्टी ४ का  कृषि, पशु, माटो प्रविधिक मो.रहमुल मियाँसँग नवसंग्रामकर्मीले गरेको कृषि विषयको कुराकानीको अँश । जो कृषि उत्पादनको लागि यो भूमी