नेपाली समय:
अडियो सेवा
मोडेल
नेपाली पात्रेा
अन्य
राष्टिय स्तरका लिकं
सामाचार
Jul 14, 2021
सिरहामा रोकिएन मानव हननको घटना, ६ महिनामा १७ बालिका बलात्कृत
 नवसंग्राम दैनिक
लहान, ३० असार । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले आज मानव अधिकार हननका घटनाहरु सिरहाको लहानमा सार्वजनिक गरेको छ । नेपाल मानवअधिकार वर्ष पुस्तक २०२२ को प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा कार्यक्रम सम्पन्न गरेको हो ।
इन्सेक सिरहा प्रतिनिधि दुर्गा परियारले असार ३० गते आयोजित कार्यक्रममा सन २०२१ को ६ महिनाको जिल्लाको मानवअधिकारको अवस्थाको प्रतिवेदन प्रस्तुत गरेका छन् । सो प्रतिवेदन अनुसार सिरहामा ५२ वटा मानवअधिकार हननका घटना संकलन गरीएको छ । जसमा राज्य पक्षबाट १ र ५१ वटा घटना गैर राज्य पक्षबाट भएको थियो । बालिका बलात्कारका १७ वटा घटना, यौनदुव्र्यवहारको ६, महिला बलात्कारको ८, बलात्कार प्रयास ५, बेचबिखन १, परिवारजनबाट हत्या ३, कथित बोक्सीको आरोप २, बहुबिबाह ४, बमबिष्फोट १ लगायतका ५२ वटा घटना भएको तथ्यांक प्रस्तुत गरीएको छ । ५२ वटा घटनामा ११ पुरुष ५५ महिला गरी ६६ जना पीडित भएको छ । 
मानवअधिकार संरक्षण केन्द्र संजालको समन्वयमा संचालित कार्यक्रममा लहान नगरपालिकाकी उपपमुख सरियार चौधरीले महिला, बालबालिकाहरु बढी पीडित हुने गरेको र समाजमा घटनालाई मिलाउन दवाउन अगुवाहरु लागिपरेको बताउनुभयो । कानून भन्दा माथि कोही नभएकोले कानून अनुरुप हुने न्याय सबैले गर्नु पर्ने र आफुले पनि न्यायीक समितिमा आउने समस्या संघसंस्था, प्रहरीहरुको सहयोगमा कानून अनुरुप मिलापत्र गराउने गरेको बताउनुभयो । इलाका प्रशासन कार्यालय लहानका प्रमुख कृष्णबहादुर खडकाले मानवअधिकारको संरक्षणको जिम्मेबारी सरकारको भएकोले मानवअधिकारको संरक्षणमा सरकार पन्छिन नमिल्ने बताउनुभयो । पहिलाको तुलनामा अहिले राज्य सजग भएकोले राज्यबाट हुने हननका घटनामा कमी आए पनि शुन्य हुन नसकेको बताउनुभयोा । मानवअधिकारका घटनाको न्यूनिकरणका लागि संघसंस्था तथा सरोकारवालाहरुले संयूक्तरुपमा कार्ययोजना बनाइ काम गर्न आवश्यक रहेको बताउनुभयो ।
त्यसैगरी इलाका प्रहरी कार्यालय लहानका डिएसपी डाक्टर तपनकुमार दाहालले इन्सेकले प्रकाशन गर्ने मानवअधिकार वर्ष पुस्तकबाट हामिले सिक्ने गरेको बताउनुभयो । प्रहरी ऐन अनुसार अपराध अनुसंधान, शान्ति सुरक्षाको जिम्मेवारी भएपनि प्रहरीले हरेक क्षेत्रमा काम गर्नु परेको बताए । घटनालाई आफुले गम्भिररुपमा लिएको र सबैको सहकार्यमा यस्ता घटना बिरुद्ध अभियान तिव्ररुपमा संचालन गर्ने डिएसपी दाहालले बताउनुभयो । 
अधिकारकर्मी सुनिलकुमार साहले इन्सेकले प्रकाशन गर्ने मानवअधिकार वर्ष पुस्तकले सबैलाई अबको काम गर्ने दिशा प्रदान गर्ने बताउनुभयो । इन्सेकले घटनाको तथ्याकं मात्र प्रकाशन नगरेर घटनाको कारण, अवस्था र बिश्लेष गर्नु पर्ने बताउनु भयो । संगठित अपराध भन्दा घरभित्रको अपराध बढेकोले कारणको बिश्लेषण इन्सेकले गर्न सक्ने भएकोले अब एतातिर पनि ध्यानदिन जरुरी भएको बताउनुभयो । अधिकारकर्मी श्यामकुमारी साहले घरेलु हिंसाको तथ्यांक मात्र नराखेर घटनाहरु पनि राख्न जरुरी रहेको बताउनुभयो । बलात्कारका घटना बृद्धि भएकोले सबैले यस प्रति गम्भिर हुन आवश्यक रहेको र प्रहरीहरुबाट गोपनियता कायम नहुदा हामि अधिकारकर्मीहरु पनि जोखिममा रहेको बताउनुभयो । मानवअधिकारकर्मी देवराज पोखरेलले मानवअधिकार वर्ष पुस्तक मानवअधिकारको दस्ताबेज भएको बताउनुभयो । राष्टिय तथा अन्तराष्टि व्यत्तिहरुको लागि श्रोत पुस्तकको रुपमा रहेको र निति निर्माताहरुको लागि निति बनाउन सहयोगी रहेको बताउनु भयो । कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय परिषद सदस्य दिनेश्वर गुप्ताले यस्ता मानव अधिकार हननको घटनालाई न्यूनिकरण गर्न स्थानीयतहले अधिकारकर्मीहरुलाई परिचालन गर्नुपर्ने बताउँनुभयो ।
 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

बिचार/ब्लग
झण्डै सिरहाले सखाप पारेको !
                                                           
हिँसाविरुद्ध १६ दिने अभियान ः सिरिवतीले नागरिकता पाउँलान त ?,रहस्मय हत्या र झारफुक गर्दै बलात्कार गर्दै
 लहान, १२ मंसिर । लैंगिक हिंसा बिरुद्धको १६ दिवसीय अभियान अन्तरगत पहिलो दिन कातिक १० गते सिरहाको नवराजपुर गाउँपालिकामा बोक्सी आरोपबिरुद्धको सचेतना कार्यक्रम गरेको छ । सोहीक्रममा  उक्त नवराजपुर ३
फिचर
moment1
  दिनेश्वर गुप्ता लहान । दूई छोरीको विहा गरिसके । १६ बर्षीया पुनम भाडावर्तन माझने काम छन् । दूई छोरा स्कूल जान्थ्यो । १३ वर्षीय किसनलाई एजेन्टले अग्रिम रकम दिन आइरहेको छ
moment1
  लहान, १५ मंसिर । आर्थिक समाजिक सशक्तीकरणको लागि मुसहर किशोरीलाई शिप सिकाई कार्यक्रम सिरहाको नरहामा प्रभावकारी भएको छ ।  नरहाको पाँच वटै वडामा सहयोगी हातहरुको समूह (सहास) नेपालले १० देखि १८
moment1
 लहान, १३ मंसिर । सुईद्धारा लागुऔषध प्रयोगकर्ता लहानक्षेत्रमा पाँच सयबढी रहेको छ भने प्रदेश २ मा पाँच हजारबढी रहेकोले क्षति न्यूनिकरणको लागि स्पर्स नेपाल सक्रियता देखाएको छ । एउटै सुईले
moment1
 लहान, २७ फागुन । आज ( फागुन २७ गते शुक्रवार) सार्वजनिक गरिएको सिरहाको स्थानीय निकायको विवरण यस प्रकार रहेको छ । सिरहाको गाढा र गोविन्दपुर मलहनिया गाविसलाई लहान नगरपालिकामा समायोजन

अन्तर्वार्ता
‘रसायनिक विषादीको प्रयोगले गर्दा ८५ प्रतिशत माटो विरामी‘
  लहान । कृषिकर्ममा जीवन अर्पण गर्नु भएका सिरहाको सखुवानन्कारकट्टी ४ का  कृषि, पशु, माटो प्रविधिक मो.रहमुल मियाँसँग नवसंग्रामकर्मीले गरेको कृषि विषयको कुराकानीको अँश । जो कृषि उत्पादनको लागि यो भूमी