नवसंग्राम दैनिक
लहान ३० असार । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका विकास निर्माण कार्यलाई बढावा दिएकाले नमुनाको रुपमा अग्रसर भएको छ ।
स्थानीय तहमा निर्वाचित भएदेखि हालसम्म सखुवानन्कारकट्टी १ देखि – ५ वडासम्म गरेको विकास निर्माण कार्यको असार २९ गते गाउँपालिकाले पत्रकार तथा सरोकारवाला निकायको सक्रियतामा स्थलगत अनुगमन गराएको छ ।
बिकास निर्माणको कार्यमा गाउँपालिकामा भ्रष्टाचार भएको आवाज उठिरहेकोले पारदर्शीताका लागि सरोकारवालाहरुलाई राखी नापजाँच सहितको स्थलगत अनुगमन गराएको गाउँपालिका अध्यक्ष केदारनाथ यादवले बताए ।
ईलाका प्रशासन कार्यालय लहान प्रमुख कृष्णबहादुर खडका, स्थानीय जनप्रतिनिधि, प्रहरी , जिल्ला समन्वय समिति सिरहाका प्रमुख रामचन्द्र ठाकुर, उप– प्रमुख सरोज यादव, नेपाल पत्रकार महासंघ सिरहाका कार्यसमितिका पदाधिकारीलगायत दर्जनौ स्थानीय तथा राष्ट्रिय मिडियाका प्रतिनिधिको संयुक्त रोहवरमा स्थलगत रुपमा अनुगमन गराएको छ ।
आरसिसि ढलान, मन्दिर निर्माण , सामुदायिक भवन , कृषि बिद्युतिकरणलगायत भौतिक पुर्वाधार र लक्षितवर्गको क्षेत्रमा गाउँपालिकाले उदाहरणिय कामहरु गरेको संयुक्त अनुगमन टोलिले निष्कर्ष निकालेका थिए ।