नवसंग्राम दैनिक
लहान, २० बैशाख । सिरहाको लहान नगरपालिका वडा नम्बर – ३ मा रहेको जय माता दि जेनरल स्टोरबाट एकतीस लाख बराबरको मदिरा चोरी भएको छ ।
लहान नगरपालिका ३ बस्ने सुकदेव महतोको कोठा प्रती महिना २ हजारको दरले भाडामा लिएर सो कोठामा ३१ लाख जतिको मदिरा स्टोर गरेर राखिएको संचालक जगन्नाथ झाले पत्रकार सम्मेलनमा जानकारी दिए । विभिन्न ब्राण्डको मदिरा त्यस कोठा राखिएको अवस्थामा हालै चोरी भएको छ ।
झाले भने निरन्तर कोठा भाडा दिदै आईरहेको थिए । कोविड– १९ को कारण विगत १ बर्ष देखि भाडा तिर्न बाँकी रहेका छ । म नभएको बेला मिति २०७८ बैशाख १० गतेका दिन लहान – ८ मा संचालन गरिरहेको ईलेक्ट्रोनिक्सको मेरो पसलमा आएर मेरो स्टाफ देवचन्द्र यादवलाई भाडा नदिएको खण्डमा नराम्रो हुन्छ भन्दै घरधनी महतोले धम्की दिएका थिए । त्त्त पश्चात् मैले बैशाख १५ गते म आफ्नो स्टाफलाई भाडा कति भयो घरधनीसंग हरहिसाब गरेर भाडा बुझाई दिनु भन्दा घरधनी महतोले हिसाव गर्दिन भनेर टाल्दै आईरहेको पत्रकार सम्मेलनमा उनले बताए ।
निरन्तर भाडाको लागि दवाव दिदै आउनु भाडाको हरहिसाव गर्नु भन्दा नमान्नु शंकास्पद कुरा रहेको पीडित झाले बताए ।
घरधनी सुकदेव महतो र उनका छोरा धनेश्वर महतोले मोरो मालसामान चोरी गरेको झाको आरोप छ । प्रतिकार्टुन ४ हजार ८ सय पर्ने वाईन १ सय ४० कार्टुन ,२५ कार्टुन ह्विस्की , भोडका , गिल म्यारीलगायतका ३१ लाखको मदिराजन्य पदार्थ चोरी भएको उनले बताए । केही मदिरा उनीहरुले बेचेको र नबिकेको मदिरा बलान नदिमा फालिएको छ । र, त्यसको कार्टुन लहान ८ डिहवार थान नजिकको कवाडी गोदाम बेचेको बताए । कार्टुन ३६ केजी जति कवाडीलाई विक्री गरेको छ ।
कवाडी गोदाममा बैशाख १८ गते र बैशाख १९ गते बलान नदिमा प्रहरी प्रशासनकै आगाडी उक्त समान फेला परेको उनले बताए । मैले बुझदै जादा स १ त २५०२ नम्बरको ट्रयाक्टरबाट उक्त समान ढुवानी गरेको पीडित झाको दावी छ । केही समान बेच्यो र नबिकेको समान फालेको उनको कथन छ ।
मैले घरधनी महतोलाई तपाईले किन यस्तो गर्नुभयो ? भन्दा मलाई बाउ छोराले ज्यान मार्ने धम्की दिएको उनले सुनाए, तिमी धेरै बाठो नबन नत्र बोतल जस्तै तिमिलाई पनि टुक्राटुक्रा पारिदिने धम्की दिएको पीडितको भनाई छ ।
पीडित झाले पत्रकार सम्मेलन मार्फत न्यायका साथै क्षतिपूर्तिका लागि सम्बन्धित सरोकारवाला निकाय,प्रहरी प्रशासनलाई गुहार गरेका छन् । प्रहरी अनुसन्धान जारी छ ।