नेपाली समय:
अडियो सेवा
मोडेल
नेपाली पात्रेा
अन्य
राष्टिय स्तरका लिकं
सामाचार
May 03, 2021
दलित विकासका उपाध्यक्ष बैठालाई पक्राउ गरी कारवाही गर्न माग
 नवसंग्राम दैनिक
लहान, २० बैशाख । प्रदेश २ को दलित विकास समितिका उपाध्यक्ष रामप्रवेश बैठाले मधेश मिडिया मिशन नेपालकी सदस्य तथा अधिकारकर्मी ललिता दासलाई तथानाम अश्लिल गालीगलौज गरेकोले त्यस्ता व्यक्तिलाई यथाशिघ्र पक्राउ गरी कारवाहीको माग गरेको छ । 
मधेश मिडिया मिशन नेपालले महिलामाथी यसरी गालीगलौज गरी समाजमा विकृति फैलाउँने बैठालाई पक्राउ गरी कारवाही चलाउँन माग गरेको छ । जहाँ पीडित दासले ईलाका प्रहरी कार्यालय लहानमा अभद्र व्यवहार जाहेरी दर्ता गराएको पाँच दिनबढी भइसकेको छ । जाहेरी दिएको पाँच दिन भएपनि बैठालाई पक्राउ नगरिएकोले पीडितपक्ष आक्रोशित छन् ।
सर्लाहीको विष्णु गाउँपालिका ४ घर भएका ५० वर्षीय बैठाविरुद्ध ललिता दासले जाहेरी दर्ता गराएकी हुन् । बदनियत तरिकाले सामाजिक सञ्जाल फेसबुक म्यासेन्जरमार्फत यौन सम्बन्धको प्रस्ताव राखेको र अस्वीकार गर्दा गालीगलौज गरेको आरोप नेतृ दासले उपाध्यक्ष बैठामाथि आरोप लगाएकी छन् ।
०७७ चैत ९ गते राति ११ बजेको समयमा फेसबुकमा म्यासेज पठाएर तथानाम गाली गरेकाले आफ्नो दाम्पत्य जीवनमा धरापमा पर्ने कसुर अपराध गरेको पीडित दासले जाहेरीमा उल्लेख गरेकी छन् ।
आफूविरुद्ध उपाध्यक्ष बैठाले मुलुलकी अपराध फौजदारी कार्यविधि संहिता ऐन २०७४ को भाग २ को परिच्छेद ५ सार्वजनिक हित, स्वास्थ्य सुविधा र नैतिकताविरुद्ध कसुरको दफ ११८ बमोजिम अभद्र व्यवहार गरेकाले उनलाई यथासिघ्र पक्राउ गरी कारबाही गर्न माग समेत गरेकी छन् ।
साथै सोही ऐनको २ उपदफा १ नम्वर बमोजिम दण्ड सजाय जरिवाना गरी मुनासिव क्षतिपूर्ति भराउन पनि माग गरेकी हुन् । सिरहाको लहान नगरपालिका १ घर भएकी दास जसपा प्रदेश २ समिति सदस्य पनि छिन् ।
 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

बिचार/ब्लग
झण्डै सिरहाले सखाप पारेको !
                                                           
हिँसाविरुद्ध १६ दिने अभियान ः सिरिवतीले नागरिकता पाउँलान त ?,रहस्मय हत्या र झारफुक गर्दै बलात्कार गर्दै
 लहान, १२ मंसिर । लैंगिक हिंसा बिरुद्धको १६ दिवसीय अभियान अन्तरगत पहिलो दिन कातिक १० गते सिरहाको नवराजपुर गाउँपालिकामा बोक्सी आरोपबिरुद्धको सचेतना कार्यक्रम गरेको छ । सोहीक्रममा  उक्त नवराजपुर ३
फिचर
moment1
  दिनेश्वर गुप्ता लहान । दूई छोरीको विहा गरिसके । १६ बर्षीया पुनम भाडावर्तन माझने काम छन् । दूई छोरा स्कूल जान्थ्यो । १३ वर्षीय किसनलाई एजेन्टले अग्रिम रकम दिन आइरहेको छ
moment1
  लहान, १५ मंसिर । आर्थिक समाजिक सशक्तीकरणको लागि मुसहर किशोरीलाई शिप सिकाई कार्यक्रम सिरहाको नरहामा प्रभावकारी भएको छ ।  नरहाको पाँच वटै वडामा सहयोगी हातहरुको समूह (सहास) नेपालले १० देखि १८
moment1
 लहान, १३ मंसिर । सुईद्धारा लागुऔषध प्रयोगकर्ता लहानक्षेत्रमा पाँच सयबढी रहेको छ भने प्रदेश २ मा पाँच हजारबढी रहेकोले क्षति न्यूनिकरणको लागि स्पर्स नेपाल सक्रियता देखाएको छ । एउटै सुईले
moment1
 लहान, २७ फागुन । आज ( फागुन २७ गते शुक्रवार) सार्वजनिक गरिएको सिरहाको स्थानीय निकायको विवरण यस प्रकार रहेको छ । सिरहाको गाढा र गोविन्दपुर मलहनिया गाविसलाई लहान नगरपालिकामा समायोजन

अन्तर्वार्ता
‘रसायनिक विषादीको प्रयोगले गर्दा ८५ प्रतिशत माटो विरामी‘
  लहान । कृषिकर्ममा जीवन अर्पण गर्नु भएका सिरहाको सखुवानन्कारकट्टी ४ का  कृषि, पशु, माटो प्रविधिक मो.रहमुल मियाँसँग नवसंग्रामकर्मीले गरेको कृषि विषयको कुराकानीको अँश । जो कृषि उत्पादनको लागि यो भूमी