लहान, २४ पुस । सिरहाको लहान नगरपालिका वडा नम्बर –४ बस्ने अभा मल्लिकको छोरा कृष्ण मल्लिकलाई कक्षा दश सम्म निःशुल्क पढाई दिने जोडिद्धय महेश चौधरी र संगिता कार्माचार्यले घोषणा गरेको छ ।
करिव चार बर्षिय यि बालक कृष्णा मल्लिकको स्कूल खर्च ,किताब कपी , कपडा स्कूल फि लगायतको सम्पुर्ण खर्चको जिम्मा नेपाली काँग्रेसका युवा नेता समेत रहनुभएका चौधरीले लिएको हो ।
पुसस १० गते उनको वुवा जितेन्द्र मल्लिक जण्डिसका कारण अल्प–आयुमै स्वर्गवास हुनु भएको थियो । भुमिहीन , बिपन्न परिवार रहेको उनकी आमा आभा मल्लिक दैनिक ज्यालादारीको रुपमा अरुको घरमा सरसफाई गरी जिविकोपार्जन गर्दै आईरहेकी छिन् ।
आर्थिक अवस्था आसाध्यै कमजोर रहेको मल्लिक परिवारको तीन छोरी र एक छोरा छन् । कृष्णा सबै भन्दा कान्छो छोरा हो । छोरालाई कक्षा १० सम्म पढाउने जिम्मा लिएपछि आफु आसाध्यै खुसी भएको उनको आमा आभा मल्लिकले बताईन् ।
बिहीवार चौधरीद्धयले स्व. दिपेन्द्र मल्लीकको (श्राद्ध) भोज पनि गरी दिएको छ । मृत्युभोजको बहिस्कार गर्दै आईरहेको चौधरीले मल्लिक जातीले भोज दिनैपर्छ भनेर उनको परिबारमा दबाव आएको खवरपाएपछि करिब दूइ सय जनाको खाना पुग्नेगरी भोज गरिदिएको छ । चौधरीद्धयले आमा र छोराछोरीका लागि कपडाको समेत व्यबस्था गरेको मल्लिक परिवारले बताए ।


