नेपाली समय:
अडियो सेवा
मोडेल
नेपाली पात्रेा
अन्य
राष्टिय स्तरका लिकं
सामाचार
Jan 04, 2021
‘संसद विघटनविरुद्ध आँधीबेहरी ल्याउँने’
 लहान, २० पुस । आन्दोलन रहर होइन, बाध्यता हो । बहुमतको सरकारलाई असंवैधानिक ढंगबाट केपी ओलीले संसद विघटन गरेको नेकपाका प्रदेश २ सहसंयोजक विश्वनाथ साहले बताउँनुभयो  । पुस १८ गते सखुवानन्कारकट्टीमा विरोधसभा गर्दै  उहाँले प्रधानमन्त्री ओली र राष्ट्रपति भन्डारीबीचको सम्बन्धको कारण आज संसद विघटन गरेको भन्दै सहसँयोजक साहले जनता समाजवादी पार्टी आन्दोलनमा छ तर,काँग्रेस अलमल रहेको साहले बताउँनुभयो । काँग्रेस सभापति शेरवहादुर देउवा र केपी ओलीबीच आन्तरिक सम्झौता भएकोले संसद विघटनको योजना बनाएको उहाँ साहले बताउँनुभयो । देउवासँग मिलेर केपी ओलीले संवैधानिक नियुक्तिमा काँग्रेसीलाई नियुक्ति दिएको हो । पालोपालो सरकार चलाउँने  योजना अन्तरगत यिनीहरुले संसद विघटन गरेको साहले बताउँनुभयो । 
सहसंयोजक साहले केपी ओली कुनै राजनेता होइन् , ओली जोकर हुन । उनका केही चाटुकार जोक्स सुनेर ताली बजाउँने गर्छन् उहाँले बताउँनुभयो । प्रचण्डले १९ बुंदे पत्र ओलीलाई दिएपछि केपी ओलीलाई छटपटी भएको थियो । जोकरको पछाडि सानो समूह छ । आज हामी केन्द्रीय समितिमा दूई तिहाई बहुमतबाट ओलीलाई पार्टीबाट निस्कासन गरिएको सहसंयोजक साहले बताउँनुभयो । असंवैधानिक कदम नसच्चाए हामी आँधीवेहरी ल्याउँछु । त्यही आँधीबेहरीबाट ओलीलाई बडारेर एउटा कुन्नामा थन्क्याउँने साहले बताउँनुभयो । 
पूर्व मन्त्री रामचन्द्र यादवले संघीय गणतन्त्र खतरामा नआयोस भनेर हामी सडकमा उत्रिएको बताउँनुभयो । यो सडकबाट नै हामीले संसद पुर्नस्थापना गर्ने भन्दै यादवले  आन्दोलनमा सरिक हुन गाउँ गाउँबाट उठ्न आव्हान गर्नुभयो । 
पूर्व मन्त्री रामकुमार यादवले प्रतिगमनविरुद्ध हामी डटेर अघि बढ्नुपर्छ । हामी सडकमा छौं । संसद पूर्नस्थापना विना फिर्ता नहुने उहाँले बताउँनुभयो । 
प्रदेश २ का साँसद  प्रमोद यादवले केपी ओली जहिले  पनि राष्ट्रघातीे कुरा गर्छन् । गुट उपगुट सृजना गर्ने काम गर्ने केपी ओली कम्युनिष्ट हुन सक्दैन । सिरहामा ओलीपक्ष समाप्त भइसकेको छ । दूई तिहाई बहुमतका साथ जिल्लामा अगाडि छौ । केही व्यक्तिलाई ओलीले केन्द्रीय सदस्यको प्रलोभन दिएकोले उतातीर लागेको हो । लहान, सुखीपुर र नरहा पालिका मात्रै ओलीपक्षमा गएका छन् । तर, त्यहाँका नेता कार्यकर्ता हामीसँगै रहेको यादवले बताउँनुभयो । 
प्रदेश २ का सांसद अशोक यादवले केपी ओलीले न्यायलय प्रभावित पार्ने खेलमा लागेको छ । त्यसैले सडक आन्दोलनबाट नै संसद पूर्नस्थापना हुने । विदेशी शक्तिको चलखेल भइरहेको छ । त्यो हामीलाई सहन हुँदैन साँसद यादवले बताउँनुभयो । 
नेकपाका युवा नेता सत्यनारायण यादवले त्यही केपी ओली हो । जसले भनेका थिए — राजा हटाउँनु भनेको बैलगाडा चढेर अमेरिका जानु हो । त्यही दिनदेखि म केपी ओलीलाई नेता मान छाडेका थिए । आज यसैको प्रमाणित भएको उहाँ यादवले बताउँनुभयो । युवा नेता यादवले केपी ओली पार्टीको विधान समेत नमान्ने त्यस्ता निरंकुश प्रधानमन्त्री ओली हामीलाई चहिदैन । पार्टीको निर्णय नमान्ने राष्ट्रघाती स्वच्छाचारी केपी ओली हो उहाँ यादवले बताउँनुभयो । सखुवानन्कारकट्टी गाउँपालिकाका अध्यक्ष तथा नेकपाका युवा नेता केदार यादवले अन्य पार्टी भन्दा हाम्रो पार्टी सिद्धान्त र विचारमा चल्ने हो । चुनाव भएपछि काँग्रेसले घर घरमा डमरु बजाउँने गर्छन् । फेरी उनीहरु डमरु बजाउँने तयारीमा जुटेका छन् । त्यस्ता काँग्रेसी प्रवृतिप्रति सजग रहन बताउँनुभयो । कार्यक्रमका सभाध्यक्षता रामनारायण  यादवले  गर्नुभएका थिए भने स्वागतमन्तव्य बालेश्वर साहले गर्नुभएका थिए ।





प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

बिचार/ब्लग
झण्डै सिरहाले सखाप पारेको !
                                                           
हिँसाविरुद्ध १६ दिने अभियान ः सिरिवतीले नागरिकता पाउँलान त ?,रहस्मय हत्या र झारफुक गर्दै बलात्कार गर्दै
 लहान, १२ मंसिर । लैंगिक हिंसा बिरुद्धको १६ दिवसीय अभियान अन्तरगत पहिलो दिन कातिक १० गते सिरहाको नवराजपुर गाउँपालिकामा बोक्सी आरोपबिरुद्धको सचेतना कार्यक्रम गरेको छ । सोहीक्रममा  उक्त नवराजपुर ३
फिचर
moment1
  दिनेश्वर गुप्ता लहान । दूई छोरीको विहा गरिसके । १६ बर्षीया पुनम भाडावर्तन माझने काम छन् । दूई छोरा स्कूल जान्थ्यो । १३ वर्षीय किसनलाई एजेन्टले अग्रिम रकम दिन आइरहेको छ
moment1
  लहान, १५ मंसिर । आर्थिक समाजिक सशक्तीकरणको लागि मुसहर किशोरीलाई शिप सिकाई कार्यक्रम सिरहाको नरहामा प्रभावकारी भएको छ ।  नरहाको पाँच वटै वडामा सहयोगी हातहरुको समूह (सहास) नेपालले १० देखि १८
moment1
 लहान, १३ मंसिर । सुईद्धारा लागुऔषध प्रयोगकर्ता लहानक्षेत्रमा पाँच सयबढी रहेको छ भने प्रदेश २ मा पाँच हजारबढी रहेकोले क्षति न्यूनिकरणको लागि स्पर्स नेपाल सक्रियता देखाएको छ । एउटै सुईले
moment1
 लहान, २७ फागुन । आज ( फागुन २७ गते शुक्रवार) सार्वजनिक गरिएको सिरहाको स्थानीय निकायको विवरण यस प्रकार रहेको छ । सिरहाको गाढा र गोविन्दपुर मलहनिया गाविसलाई लहान नगरपालिकामा समायोजन

अन्तर्वार्ता
‘रसायनिक विषादीको प्रयोगले गर्दा ८५ प्रतिशत माटो विरामी‘
  लहान । कृषिकर्ममा जीवन अर्पण गर्नु भएका सिरहाको सखुवानन्कारकट्टी ४ का  कृषि, पशु, माटो प्रविधिक मो.रहमुल मियाँसँग नवसंग्रामकर्मीले गरेको कृषि विषयको कुराकानीको अँश । जो कृषि उत्पादनको लागि यो भूमी