नेपाली समय:
अडियो सेवा
मोडेल
नेपाली पात्रेा
अन्य
राष्टिय स्तरका लिकं
सामाचार
Dec 28, 2020
सिरहामा बलात्कारको घटना गत बर्षभन्दा उच्च
 

लहान, १३ पुस । सिरहामा बलात्कारको घटना विगतकै बर्ष झै उच्च रहेको इन्सेक सिरहाले पुस १२ गते सार्वजनिक गरेको छ । 
प्राप्त जानकारी अनुसार यस बर्षको १२ महिनामा ५२ बलात्कारको घटना सार्वजनिक गरेको छ ।  जहाँ गत बर्ष १२ महिनामा ४८ वटा बलात्कारको घटना सार्वजनिक भएको थियो । 
यस बर्ष बलात्कार तथा सामुहिक बलात्कारको घटना डिसेम्बर २० सम्मको यो तथ्याँक रहेको इन्सेकका दुर्गा परियारले बताए । यो घटनामा ४ बर्षको बालिकादेखि ४४ बर्षीया महिलासम्म बलात्कारबाट पीडित भएका छन् भने १५ बर्षीय वालकदेखि ६० बर्षीय पुरुषसम्म संलग्न रहेका छन् । जसमा ५२ बलात्कारका घटनाका आरोपित मध्ये ३८ जना गिरफ्तारमा परेका छन् । बाँकी घटनामा संलग्न व्यक्तिहरु फरार रहेका छन् ।  
त्यसैगरी महिला तथा बालबालिकामाथी बलात्कारको प्रयासका घटना गत बर्ष झै रहेको सार्वजनिक गरेको छ ।  यस बर्ष १२ महिनामा ११४ घटना गैरराज्यपक्षबाट भएको छ । जसमा ११० महिला र ४ जना पुरुष पीडित भएको छ ।  प्रहरीले कति घटना दर्ता नगर्दा तथ्याँकमा दर्ज नगरेको अवस्था छ । यसवारे सार्वजनिक कार्यक्रममा इलाका प्रहरी कार्यालय लहानका डिएसपी शरद थापाले ‘कानुनको आधारमा हामी उजुरी दर्ता गर्छु ।’ 
उता, अधिकारकर्मी श्यामकुमारी साहले ‘प्रहरीले विभिन्न दवावमा पीडितको उजुरी दर्ता गर्दैन,‘ त्यस्ता पीडितको तथ्याँक पनि सार्वजनिक हुनुपर्छ ।’ कार्यक्रममा लहान नगरपालिकाका उपमेयर सरियार चौधरी, नेपाल पत्रकार महासंघ सिरहाका सभापति दिनेश्वर गुप्ता, इन्सेकका देवराज पोखरेललगायतले आफ्ना धारणा राखेका थिए । कार्यक्रममा २०७६ पुसदेखि २०७७ मंसिरसम्म ९५ जना महिला तथा बालबालिका आत्महत्याका गरेको तथ्यांक जिल्ला प्रहरीमा दर्ता छ । 






प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

बिचार/ब्लग
झण्डै सिरहाले सखाप पारेको !
                                                           
हिँसाविरुद्ध १६ दिने अभियान ः सिरिवतीले नागरिकता पाउँलान त ?,रहस्मय हत्या र झारफुक गर्दै बलात्कार गर्दै
 लहान, १२ मंसिर । लैंगिक हिंसा बिरुद्धको १६ दिवसीय अभियान अन्तरगत पहिलो दिन कातिक १० गते सिरहाको नवराजपुर गाउँपालिकामा बोक्सी आरोपबिरुद्धको सचेतना कार्यक्रम गरेको छ । सोहीक्रममा  उक्त नवराजपुर ३
फिचर
moment1
  दिनेश्वर गुप्ता लहान । दूई छोरीको विहा गरिसके । १६ बर्षीया पुनम भाडावर्तन माझने काम छन् । दूई छोरा स्कूल जान्थ्यो । १३ वर्षीय किसनलाई एजेन्टले अग्रिम रकम दिन आइरहेको छ
moment1
  लहान, १५ मंसिर । आर्थिक समाजिक सशक्तीकरणको लागि मुसहर किशोरीलाई शिप सिकाई कार्यक्रम सिरहाको नरहामा प्रभावकारी भएको छ ।  नरहाको पाँच वटै वडामा सहयोगी हातहरुको समूह (सहास) नेपालले १० देखि १८
moment1
 लहान, १३ मंसिर । सुईद्धारा लागुऔषध प्रयोगकर्ता लहानक्षेत्रमा पाँच सयबढी रहेको छ भने प्रदेश २ मा पाँच हजारबढी रहेकोले क्षति न्यूनिकरणको लागि स्पर्स नेपाल सक्रियता देखाएको छ । एउटै सुईले
moment1
 लहान, २७ फागुन । आज ( फागुन २७ गते शुक्रवार) सार्वजनिक गरिएको सिरहाको स्थानीय निकायको विवरण यस प्रकार रहेको छ । सिरहाको गाढा र गोविन्दपुर मलहनिया गाविसलाई लहान नगरपालिकामा समायोजन

अन्तर्वार्ता
‘रसायनिक विषादीको प्रयोगले गर्दा ८५ प्रतिशत माटो विरामी‘
  लहान । कृषिकर्ममा जीवन अर्पण गर्नु भएका सिरहाको सखुवानन्कारकट्टी ४ का  कृषि, पशु, माटो प्रविधिक मो.रहमुल मियाँसँग नवसंग्रामकर्मीले गरेको कृषि विषयको कुराकानीको अँश । जो कृषि उत्पादनको लागि यो भूमी