लहान, १२ पुस । नेपाल पत्रकार महासँघ सिरहा शाखाको ११ औं साधारणसभा पुस ११ गते लहानमा सम्पन्न भएको छ ।
नेपाल पत्रकार महासँघका केन्द्रीय सदस्य देवकुमार यादवका प्रमुख आतिथ्यमा भएको सो सभाको सिरहा शाखाका सभापति दिनेश्वरप्रसाद गुप्ताले अध्यक्षता गरेका थिए ।
बहुसँख्यक सदस्यको उपस्थिती भएको सो कार्यक्रममा उद्घाटन र बन्द सत्र गरी सभा सम्पन्न गरेको छ ।
जिल्ला भरिकै पत्रकारहरुको उपस्थिती रहेको सो सधारणसभामा नेपाल पत्रकार महासँघको केन्द्रिय सदस्य देवकुमार यादवले पत्रकार लोकतन्त्रको पहेरदार हो यसैले बर्तमान सरकारले गरेको असंबैधानिक ‘कु’ बाट सबिधान र सबैधानिक मुल्यमान्यतामाथी प्रहार भएको बताउँनुभयो । यसको मर्मलाई बचाई राख्न पत्रकारिता बाहेक अनाबश्यक कुनै पार्टी बिशेष र नेता ब्यक्ति बिशेषको कारिता ओलिकारिता, दहालकारिता देउवाकारिता र यादव कारितामा नलाग्न पत्रकारिताको मर्म रहेको धारणा उहाँले प्रष्टयाउँनुभयो । उहाँले पत्रकारको भूमिका र प्रत्यक्ष प्रणालिको माध्यमबाट अब हुने महासँघको चुनाबको पद्धति र प्रक्रिया बारेमा बताउँनुभयो । उहाँले,लोकतन्त्रको अभ्यासमा पत्रकार महासँघको पहिलो पल्ट जिल्ला शाखा,प्रदेश समिति र केन्द्र समिति सबैको निर्वाचन प्रत्यक्ष पद्धतिबाट तीन वटा मतपेटिका राखेर एकै दिन हुने प्राबधानको बारेमा जानकारी गराउँनुभयो ।
त्यस्तै प्रेस काउन्सीलका पुर्व सदस्य तथा रेडियो सल्हेश एफ.एम.का संचालक चन्द्रदेव कामतिले पत्रकारिताको एतिहासिक पृष्ठभुमिको बारेमा औंल्याउँनुभयो ।
कार्यक्रममा महासँघ सिरहा शाखाका सभापति दिनेश्वरप्रसाद गुप्ताले सिरहा जिल्लाको करिब सात वटा स्थानिय तहहरुमा महासँघको लागि जग्गा उपल्बध भईसकेको र अझै धेरै ठाउँमा प्रकृयामा रहेको बताउँनुभयो ।
यसैले सिरहाको हरेक स्थानियतहमा मिडिया संस्थागत हुनुपर्ने सभापति गुप्ताले जोडदार माग उठाउँनुभयो ।
सभापति गुप्ताले महासघको भवनको लागि लहान नगरपालिकामा पनि नगरपालिकाले जग्गा उपलब्ध गराइदिने कुरोको छिनो लागिरहदा त्यस तह स्थित गलत केहि पत्रकार तत्वले यसलाई ओझेलमा पारेको बताउँनुभयो ।
त्यस्ता तत्वलाई महासँघले तह लगाउने भन्दै उहाँले महासघ संस्थागत नहुन्जेल पत्रकार र पत्रकारिताको बिकास नहुने बताउनुभयो । सोही क्रममा वरिष्ट पत्रकार रामानन्द गुप्ता, प्रेस युनियनका सन्तोष सुवेदी, प्रेस मञ्चका केन्द्रीय अध्यक्ष मनोज बनैता, प्रेस संगठनका प्रदेश २ संयोजक हिरालाल चौधरीलगायतले मन्तव्य राख्नुभयो ।
सोहीक्रममा पत्रकार महासँघको आयोजित ११ आंै सधारणसभामा समाजिक रुपान्तरणको लागि कुरिति, बिसँगति बिरुद्ध योगदान पुरयाउँने पत्रकार रोहित मण्डललाई नगद राशि मूल्य रु २१०० सहितको पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको छ ।
त्यस्तै उमेश कायस्थ निर्भिक पुरस्कार पत्रकार मनोज बनैता यादवलाई प्रदान गरिएको छ । कार्यक्रममा पत्रकारहरुलाई स्वास्थय समाग्री मास्क र सेनिटाइजर बितरण समेत गरिएको छ ।
.jpg)
.jpg)
.jpg)