लहान, २१ मंसिर । सिरहा सदरमुकामलगायत जिल्लाभरी भ्रष्टाचारी पारा उच्च भएकोले यसलाई झार्न अन्त्य गर्न प्रदेश सांसद प्रमोदकुमार यादवले आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् ।
सांसद यादवले मंसिर १९ गते पत्रकार सम्मेलन गर्दै सिरहा अस्पतालसहित मालपोतमा भ्रष्टाचारले चरम सिमा पारगरिसकेकोले सात दिनभित्र प्रशासन र सरोकार निकायले सुधार गरेन भने चरणबद्ध आन्दोलन गर्ने बताउँनुभयो ।
शान्ति सुरक्षाको अवस्था समेत कमजोर हुँदै गएको भन्दै साँसद यादवले किसानलाई मलखाद्यको समस्या छ । मलखाद्या रहेपनि किसानको खेतमा पुग्न नसकेको अवस्था रहेको उहाँ साँसद यादवले बताउँनुभयो ।
यस्तै अस्पताल सुधारनिरीक्षणको क्रममा भवन निर्माणकार्यमा मेसु डा.नागेन्द्र यादव र अध्यक्ष शैलेन्द्र ठाकुरको मिलोमतोमा चरम भ्रष्टाचार भएको साँसद यादवले बताउँनुभयो ।
बुधबार निरीक्षणको लागि अस्पताल पुगेका सांसद यादवको टोलिले अस्पताल परिसर भित्रै निर्माण हुन लागेको सटर (कोठा) को काम कार्यमा गुणस्तरहीन काम गरेर चरम भ्रस्टाचार भइरहेको हुँदा उक्त काम स्थानीयहरूले बन्द गराएको छ । अस्पताल परिसर भित्रै ग्यारेज स्थापना गरिएपनि त्यसमा २ वटा ट्रायक्टर र एउटा जेसिवी राखिएको बताउदै अस्पताल परिसर भित्रै बन्न लागेको नयाँ भवन मापदण्ड विपरीत निर्माण हुन लागेकोले आफू काम रोकाएको यादवले बताउँनुभयो ।
उहाँले अस्पताल जस्तो संवेदनशील क्षेत्र र परिसरमा भूकम्प प्रतिरोधात्मक भवन नबन्नु पनि भोलिको लागि समस्या हुन सक्ने बताउदै आम नागरिकको स्वास्थ्यको समस्या अधिकार र भवन निर्माणको लागि मापदण्ड प्रक्रिया पुरा गरेर काम गर्न सांसद यादवले बताउँनुभयो । सो पत्रकार सम्मेलनमा डा.नविन यादव, रमानन्द मण्डल, महेश यादव, जिवछ यादवलगायतले जनताको पक्षमा काम गर्न गराउन जोड दिनुपर्ने भन्दै आन्दोलन रहर होइन बाध्यता रहेको हो । बैंकहरुले ठुला व्यापारी व्यावसायीलाई ऋण दिन्छन् । गरिब किसानसँग कमिशनमा ऋण दिने गरेको छ । यहाँका प्रहरी प्रशासन पनि दलाल र भ्रष्टाचारीको चँगुलमा फसिसकेको उहाँहरुको आरोप छ ।
.jpg)