नेपाली समय:
अडियो सेवा
मोडेल
नेपाली पात्रेा
अन्य
राष्टिय स्तरका लिकं
सामाचार
Oct 16, 2020
डोमी मावि पोखरभिन्डाका प्रअ साह अनियमिततामा लिप्त
 
लहान, ३० असोज । सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका २ मा रहेको जनता डोमी चौधरी नमुना मावि (प्राविधिक) पोखरभिण्डा पर्साका प्रधानाध्यापक पशुपति साहले तीन बर्षदेखि जनताको आँखामा छारो हालेर गर्दै आएको अनियमितताको आज खुलासा भएको छ ।
विद्यालय व्यवस्थापन समितिलाई फकाएर प्रअ साहले  व्यापक अनियमिता गरेको आरोप स्थानीय अगुवा र जनता समाजवादी पार्टीसँग आवद्ध युवाहरुले लगाएका हुन् । जसपा विधार्थी युनियन प्रदेश २ का उपाध्यक्ष चन्द्रशेखर यादवले प्रअ साहले गरेको अनियमिताविरुद्ध पत्रकार सम्मेलन नै गरेका छन् ।
उनका अनुसार प्रअ साहले व्यक्तिगत लाभ लिएर विद्यालयको करिब अढाई कट्ठा जग्गा स्थानीय एक व्यक्तिलाई नीजि प्रयोजनका लागि दिएका छन् । प्रअ साहले २०७२ सालमा डिभिजन वन कार्यालय लहानबाट विद्यालयको नाममा ल्याएको सालको काठ ३२ दशमलव ३० क्युविक फिट आफ्नो नीजि घरमा प्रयोग गरेको स्थानीयले जानकारी गराएका छन् । 
०७५।०७६ मा शैक्षिक भवन निर्माणको लागि गाउँपालिकाले ९९ लाख ६९ हजार २६३ रुपैंया उपलब्ध गराएको थियो । तर भवन निर्माण पुरा नगरी प्रअ साहले अनियमितता गरेका छन् । 
यस्तै २०७५।०७६ मा विद्यालयमा साईकल स्टेन बनाउँदा विद्यालयको पुराना समानहरु जसतापता, फलाम पचास हजार पनि खर्च नगरी प्रअ साहले २ लाख १४ हजार ९६ रुपैया बील भर्पाई गराएको आरोप छ ।  
उनका अनुसार २०७५÷०७६ मा आइसिटी व्यवस्थापनका लागि आएको १९ लाख ३१ हजार ९११ रुपैया नक्कली विल भरपाइ मिलाएर निकासा गरेको खुलेको छ । रकम अनुसारको समान खरिद भएको छैन ।
टेवल बेञ्चको नाममा समेत लाखौं रकम अनियमिता गरिएको छ । प्राविधिकतर्फ भर्ना गर्दा प्रतिविधार्थी १ हजारको दरले उठाएको रकमको कुनै हिसाब छैन । विद्यार्थी भर्ना बापत उठेको रकमको प्रअ साह हिसाव दिन तयार नभएको स्थानीयको गुनासो छ ।
विद्यार्थीहरुसंग अनावश्यक तरिकाले उठाएको शुल्क शिक्षकहरुको खाजा बापतको रकम, गाउँपालिकाबाट कोचिङ संचालनका लागि आएको रकम र अन्य शिर्षकमा उठाएको रकम करिब २२ लाख रुपैया पनि प्रअ साह खाएका छन् ।
‘प्रअ साहले विभिन्न शिर्षकमा विद्यालयको ठुलो रकम अनियमिता गरेका छन्’, युनियन प्रदेश २ का अध्यक्ष यादबले भने, ‘तर कुनै हिसाव सार्वजनिक गर्न मानेका छैन । उहाँमाथि छानविनका लागि सम्बन्धित निकायसँग आग्रह गर्दछु ।’ प्रअ साहले आफुसँग खर्चविवरण सबै छ । काम गर्दा भएहोला त्यस्तो केही त्रुटी अब सुधार गरेर जाने बताएका छन् ।




प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

बिचार/ब्लग
झण्डै सिरहाले सखाप पारेको !
                                                           
हिँसाविरुद्ध १६ दिने अभियान ः सिरिवतीले नागरिकता पाउँलान त ?,रहस्मय हत्या र झारफुक गर्दै बलात्कार गर्दै
 लहान, १२ मंसिर । लैंगिक हिंसा बिरुद्धको १६ दिवसीय अभियान अन्तरगत पहिलो दिन कातिक १० गते सिरहाको नवराजपुर गाउँपालिकामा बोक्सी आरोपबिरुद्धको सचेतना कार्यक्रम गरेको छ । सोहीक्रममा  उक्त नवराजपुर ३
फिचर
moment1
  दिनेश्वर गुप्ता लहान । दूई छोरीको विहा गरिसके । १६ बर्षीया पुनम भाडावर्तन माझने काम छन् । दूई छोरा स्कूल जान्थ्यो । १३ वर्षीय किसनलाई एजेन्टले अग्रिम रकम दिन आइरहेको छ
moment1
  लहान, १५ मंसिर । आर्थिक समाजिक सशक्तीकरणको लागि मुसहर किशोरीलाई शिप सिकाई कार्यक्रम सिरहाको नरहामा प्रभावकारी भएको छ ।  नरहाको पाँच वटै वडामा सहयोगी हातहरुको समूह (सहास) नेपालले १० देखि १८
moment1
 लहान, १३ मंसिर । सुईद्धारा लागुऔषध प्रयोगकर्ता लहानक्षेत्रमा पाँच सयबढी रहेको छ भने प्रदेश २ मा पाँच हजारबढी रहेकोले क्षति न्यूनिकरणको लागि स्पर्स नेपाल सक्रियता देखाएको छ । एउटै सुईले
moment1
 लहान, २७ फागुन । आज ( फागुन २७ गते शुक्रवार) सार्वजनिक गरिएको सिरहाको स्थानीय निकायको विवरण यस प्रकार रहेको छ । सिरहाको गाढा र गोविन्दपुर मलहनिया गाविसलाई लहान नगरपालिकामा समायोजन

अन्तर्वार्ता
‘रसायनिक विषादीको प्रयोगले गर्दा ८५ प्रतिशत माटो विरामी‘
  लहान । कृषिकर्ममा जीवन अर्पण गर्नु भएका सिरहाको सखुवानन्कारकट्टी ४ का  कृषि, पशु, माटो प्रविधिक मो.रहमुल मियाँसँग नवसंग्रामकर्मीले गरेको कृषि विषयको कुराकानीको अँश । जो कृषि उत्पादनको लागि यो भूमी