नेपाली समय:
अडियो सेवा
मोडेल
नेपाली पात्रेा
अन्य
राष्टिय स्तरका लिकं
सामाचार
Oct 15, 2020
सुखीपुरमा अदालतको आदेश अवज्ञा गर्दै दलान निर्माण हुदैं
 लहान २९, असोज । जहाँ वडाध्यक्षलाई जनकारी नगरी निर्माण कार्य गर्दा स्थानीयतहको महत्व तथा कार्य के होला ? आज यस्तै चर्चाको शिलसलामा पुगेको सुखिपुर १० नम्बर वडा । सिरहाको सुखिपुर नगरपालिका वडा नम्बर १० को  नङ्गुरवा कियोटटोलमा  सार्वजनिक दलान निर्माण कार्य भैरहेको छ ।  सार्वजनिक जग्गामा नगरपालिका द्वारा भवन निर्माणको  काम भएपनि नवनिर्मित भवनको पछाडीपट्टी सोही  नगरपालिका वडा नम्बर ७ निवासी रामकुमार महतोको  नीजि जग्गा  छ  । 
जग्गाधनी महतोको छोरा देवचन्द्र कुमार सिंहद्वारा आज  गरेको पत्रकार सम्मेलनको बिज्ञप्तिमा लेखिएको छ । कित्ता नम्बर १०६ को १ कठ्ठा २ धुर  जग्गाको मुखै बन्द हुनेगरी नगरपालिकाले सार्वजनिक जग्गामा भवन निर्माण गर्न लागेको हो ।
  ’मेरो जग्गाको मुख छेकिएकोले भवन निर्माण कार्य रोक्न मैले अदालतमा नगरपालिकालाई बिपक्षी बानाई मुद्दा दिएको छु, । मुद्दाको छिनोफानो नभए सम्म अदालतले भवन नबनाउन आदेश दिएको छ तैपनि भवनको निर्माण कार्य बन्द नगरेको सिंहले बताएका छन्  । उनले भने उक्त क्षेत्रफल भएको जग्गा घडेरी हो नगरपालिकाले मुखै छेक्ने गरि भवन निर्माण गर्नु कति जायज  हो । जग्गा धनीसंग लिखित रुपमा सहमति नगरी नगरपालिकाले भवन निर्माण गरिरहेको उनको आरोप छ ।
 नगरपालिकाले करिब ३० फिट लम्बाई १९ फिट चैडाई भएको एक तल्ले भवन निर्माण गरिरहेको  छ ।  सो विषयमा वडा अध्यक्षसंग कुरा गर्दा वडा नम्बर १० का वडा अध्यक्ष रामलखन महतोले भने यो भवन कतिको लागतमा बनिरहेको छ मलाई केही थाहा नदिई नगरपालिकाले भवन निर्माण गरिरहेको बताए ।
कसैको निजि सम्पतीको मुख छेक्ने गरि भवन निर्माण गर्नु सामाजिक रुपले जायज नभएको उनले प्रतिक्रिया दिए । भवनको काम सुचारु अबस्थामा देखिएपनि लागत पारदर्शी  हुने खालका सार्वजनिक सूचना पार्टी रहेको थिएन । यसवारे सुखिपुर नगरपालिकाका प्रशासकीय अधिकृत डा.श्रवणकुमार साहले भने यो मेयर रामऔतार यादवको मनपर्दी हो । सम्बन्धित वडाध्यक्षसँग छलफल गरेर यो दलान निर्माण कार्य गर्नुपर्ने हो । तर, हाम्रो मेयरको मनपर्दी थाहा छ । यसबारे मलाई खासै जानकारी भएन उनी पन्छिन खोजेका छन् ।


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

बिचार/ब्लग
झण्डै सिरहाले सखाप पारेको !
                                                           
हिँसाविरुद्ध १६ दिने अभियान ः सिरिवतीले नागरिकता पाउँलान त ?,रहस्मय हत्या र झारफुक गर्दै बलात्कार गर्दै
 लहान, १२ मंसिर । लैंगिक हिंसा बिरुद्धको १६ दिवसीय अभियान अन्तरगत पहिलो दिन कातिक १० गते सिरहाको नवराजपुर गाउँपालिकामा बोक्सी आरोपबिरुद्धको सचेतना कार्यक्रम गरेको छ । सोहीक्रममा  उक्त नवराजपुर ३
फिचर
moment1
  दिनेश्वर गुप्ता लहान । दूई छोरीको विहा गरिसके । १६ बर्षीया पुनम भाडावर्तन माझने काम छन् । दूई छोरा स्कूल जान्थ्यो । १३ वर्षीय किसनलाई एजेन्टले अग्रिम रकम दिन आइरहेको छ
moment1
  लहान, १५ मंसिर । आर्थिक समाजिक सशक्तीकरणको लागि मुसहर किशोरीलाई शिप सिकाई कार्यक्रम सिरहाको नरहामा प्रभावकारी भएको छ ।  नरहाको पाँच वटै वडामा सहयोगी हातहरुको समूह (सहास) नेपालले १० देखि १८
moment1
 लहान, १३ मंसिर । सुईद्धारा लागुऔषध प्रयोगकर्ता लहानक्षेत्रमा पाँच सयबढी रहेको छ भने प्रदेश २ मा पाँच हजारबढी रहेकोले क्षति न्यूनिकरणको लागि स्पर्स नेपाल सक्रियता देखाएको छ । एउटै सुईले
moment1
 लहान, २७ फागुन । आज ( फागुन २७ गते शुक्रवार) सार्वजनिक गरिएको सिरहाको स्थानीय निकायको विवरण यस प्रकार रहेको छ । सिरहाको गाढा र गोविन्दपुर मलहनिया गाविसलाई लहान नगरपालिकामा समायोजन

अन्तर्वार्ता
‘रसायनिक विषादीको प्रयोगले गर्दा ८५ प्रतिशत माटो विरामी‘
  लहान । कृषिकर्ममा जीवन अर्पण गर्नु भएका सिरहाको सखुवानन्कारकट्टी ४ का  कृषि, पशु, माटो प्रविधिक मो.रहमुल मियाँसँग नवसंग्रामकर्मीले गरेको कृषि विषयको कुराकानीको अँश । जो कृषि उत्पादनको लागि यो भूमी