लहान, २९ असोज । लहान २१ मोतीपुर खोरिया टोलमा अज्ञात रोगले दूई दिनमा ६ जनाको मृत्यू भएको छ । उनीहरुलाई एक दूई दिन ज्वरो आउँने, वान्ता हुने, पसिना आउँने अनि छटपटीएर मृत्यू हुने गरेको लहान नगरपालिका स्वास्थ्य शाखाका अधिकृत रामसुन्दर यादवले बताए ।
शाखा अधिकृत यादवले विशेष खोजखबर गर्दै जाँदा कर्णाली रक्सी सेवनले यस्तो हुन सकिने बताए । असोज २६ गते यस्ता लक्षणसहित चार जनाको मृत्यू भएको छ भने असोज २७ गते राती दूई जनाको मृत्यू भएको जानकारीमा आएको छ ।
लहान २१ का वडाध्यक्ष गणेश चौधरीका अनुसार हाम्रो गाउँमा घरेलु मदिरा प्राप्त उत्पादन भइरहेको छ । उनीहरुले घरेलु मदिरा सेवन गरेर ज्यान गुमाएको हुनुपर्छ । यसवारे खोजखबर जारी छ । मृतकहरुको कोरोना रिर्पोट आउँन बाँकी रहेको वडाध्यक्ष चौधरीले बताए ।
अन्दाजी बर्ष ४५ को लखपतिया सदाय र बर्ष ४७ को पलटा सदायको असोज २७ गते राती मृत्यू भएको छ । त्यसैगरी घुरन सदायका पत्नि, धामीलगायत चार जनाको असोज २६ गते मृत्यू भएको हो ।