लहान, २१ असोज । सार्बजनिक स्वास्थ्य र चिकित्सा शिक्षा सुधारका अभियन्ता डा.गोविन्द केसीको १९औं सत्याग्रहको समर्थनमा आज लहानमा पनि धर्ना कार्यक्रम गरेको छ । जेएस मुरारका क्याम्पस लहानका शिक्षकसहित दर्जनौ बुद्धिजिवीहरुको एक समुहले लहानको सहिद चौकमा एक घन्टाबढी धर्ना बसेर ऐक्यबद्धता जनाएको छ ।
चिकित्सा क्षेत्र सुधारको माग राख्दै अनशनरत डा. गोविन्द केसीको जीवनरक्षाको माग राख्दै उनीहरुले धर्ना दिएका थिए । लहानका बुद्धिजिवीहरुले डा.केसीको सत्याग्रह नागरिकको हितमा भएकाले सरकारले माग पूरा गर्नुपर्ने बताएका छन् । सरकारले माग पूरा गर्न बेवास्ता गरेका कारण आन्दोलनमा उत्रनुपरेको धर्नामा सहभागी नमोनारायण झाले बताए ।
कृष्णदेव बनरैतले सरकारले डा.केसीका सबै माग सम्बोधन गरेर स्वास्थ्य क्षेत्रका समस्या समाधान गर्नुपर्ने बताए । चिकित्सा शिक्षा विधेयक यथारुपमा पारित गरियोस । कर्णाली, राप्ती, पाँचथर, इलाम, डडेल्धुरा, डोटी र उदयपुरमा सरकारी मेडिकल कलेजहरु स्थापना गरियोस । माइतीघरमा प्रदर्शन गर्न पाउँनुपर्ने । चिकित्सा शिक्षा सम्बन्धी न्याययिक जाँचबुझ आयोगले दोषी ठहर्याएकाहरुलाई कारवाही गरियोस् । युजीसी अध्यक्षको संयोजकत्वमा बनेको पदाधिकारी मापदण्ड निर्धारण समितिको प्रतिवेदन कार्यन्वयन गरियोस् । सबै निजी संस्थाहरुमा समेत चिकित्साको स्नातकोत्तरतह निशुल्क गरियोस ।
जानकी मेडिकल कलेजमा विद्यार्थीहरुलाई व्यवस्थापन, प्रदेश २ मा सरकारी मेडिकल काँलेज शुरु गरियोस् जस्ता माग राख्दै डा.केसी सत्याग्रहमा लागेका छन् ।