नेपाली समय:
अडियो सेवा
मोडेल
नेपाली पात्रेा
अन्य
राष्टिय स्तरका लिकं
सामाचार
Sep 20, 2020
असोज ३ कालो दिन, लहानमा मोटरसाईकल र्याली प्रदर्शन
  लहान, ४ असोज । जनता समाजवादी पार्टी सिरहा क्षेत्र १ क्षेत्रीय समितिले मोटरसाईकल जुलुश प्रदर्शन गरी असोज ३ लाई कालो दिनको रुपमा मनाएको छ । योसँगै लहान २४ वडा समिति, सखुवानन्कारकट्टी, भगवानपुर र नवराजपुरले ग्रामिणक्षेत्रमा वृहत्त जुलुस प्रदर्शन गरेको छ । जसपाको सिरहा क्षेत्र नम्बर १ का क्षेत्रीय अध्यक्ष शत्रुधन मण्डलका सभाध्यक्षतामा भएको सो मोटरसाईकल र्याली लहान नगरपालिकाभरी प्रदर्शन पश्चात सहिद चौकमा कोणसभा गरेका थिए । कोणसभामा अर्का सिरहा क्षेत्र नम्बर १ का क्षेत्रीय अध्यक्ष भारती गुप्ताले स्वागत मन्तव्य राखेका थिए । सिरहा क्षेत्र १ प्रदेश ‘क’ का अध्यक्ष मुरारी साहले कार्यक्रम संचालन गरेका थिए । सो कार्यक्रममा केन्द्रीय सदस्य राकेश झा, परिषद सदस्य जितेन्द्रप्रकाश महतो, महिला नेतृ रिता यादव, नगर अध्यक्ष मो.आलम,अर्का कार्यवाहक नगर अध्यक्ष बलिराम यादव,रामचरित्र महतोलगायतले मन्तव्य राखेका थिए । उता, लहान २४ मा सिरहा क्षेत्र नम्बर १ का प्रदेश ‘क’ अध्यक्ष शितल साहका नेतृत्वमा ग्रामिणक्षेत्रमा मोटरसाईकल र्याली प्रदर्शन गरेको छ । त्यसैगरी सिरहा क्षेत्र नम्बर १ का क्षेत्रीय अध्यक्ष प्रयाग यादवका नेतृत्वमा सखुवानन्कारकट्टी र भगवानपुरमा असोज ३ कालो दिन भन्दै दक्षिणी भेगमा प्रदर्शन गरेको लहान नगर समितिका अध्यक्ष दिनेश महतोले जनाएको छ । नेपालको संविधान २०७२ असोज ३ गते जारी हुँदा मधेश र मधेशीको अधिकार सुनिश्चित नगरेको भन्दै आजको दिनलाई कालो दिनको रुपमा मनाउँदै आएको छ । लहानलगायत देशभरी असोज ३ कालो दिन भन्दै प्रदर्शन गरिएको जानकारीमा आएको छ ।

 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

बिचार/ब्लग
झण्डै सिरहाले सखाप पारेको !
                                                           
हिँसाविरुद्ध १६ दिने अभियान ः सिरिवतीले नागरिकता पाउँलान त ?,रहस्मय हत्या र झारफुक गर्दै बलात्कार गर्दै
 लहान, १२ मंसिर । लैंगिक हिंसा बिरुद्धको १६ दिवसीय अभियान अन्तरगत पहिलो दिन कातिक १० गते सिरहाको नवराजपुर गाउँपालिकामा बोक्सी आरोपबिरुद्धको सचेतना कार्यक्रम गरेको छ । सोहीक्रममा  उक्त नवराजपुर ३
फिचर
moment1
  दिनेश्वर गुप्ता लहान । दूई छोरीको विहा गरिसके । १६ बर्षीया पुनम भाडावर्तन माझने काम छन् । दूई छोरा स्कूल जान्थ्यो । १३ वर्षीय किसनलाई एजेन्टले अग्रिम रकम दिन आइरहेको छ
moment1
  लहान, १५ मंसिर । आर्थिक समाजिक सशक्तीकरणको लागि मुसहर किशोरीलाई शिप सिकाई कार्यक्रम सिरहाको नरहामा प्रभावकारी भएको छ ।  नरहाको पाँच वटै वडामा सहयोगी हातहरुको समूह (सहास) नेपालले १० देखि १८
moment1
 लहान, १३ मंसिर । सुईद्धारा लागुऔषध प्रयोगकर्ता लहानक्षेत्रमा पाँच सयबढी रहेको छ भने प्रदेश २ मा पाँच हजारबढी रहेकोले क्षति न्यूनिकरणको लागि स्पर्स नेपाल सक्रियता देखाएको छ । एउटै सुईले
moment1
 लहान, २७ फागुन । आज ( फागुन २७ गते शुक्रवार) सार्वजनिक गरिएको सिरहाको स्थानीय निकायको विवरण यस प्रकार रहेको छ । सिरहाको गाढा र गोविन्दपुर मलहनिया गाविसलाई लहान नगरपालिकामा समायोजन

अन्तर्वार्ता
‘रसायनिक विषादीको प्रयोगले गर्दा ८५ प्रतिशत माटो विरामी‘
  लहान । कृषिकर्ममा जीवन अर्पण गर्नु भएका सिरहाको सखुवानन्कारकट्टी ४ का  कृषि, पशु, माटो प्रविधिक मो.रहमुल मियाँसँग नवसंग्रामकर्मीले गरेको कृषि विषयको कुराकानीको अँश । जो कृषि उत्पादनको लागि यो भूमी