दिपेन्द्र यादव
लहान, १३ भदौ । बोदेबरसाईन २ नम्बर वडाको कम्प्युटरलगायतको विहीवार राती चोरी भएको छ । वडाध्यक्ष दिगम्बर यादवका अनुसार वडा कार्यालयमा कामको लागि प्रयोग हुने एक थान कम्प्युटर ,एक थान प्रिन्टरलगायतको समान चोरी भएको बताएका छन् । कार्यालयको ढोकामा लगाएको ताल्चा फोडेर राती नै सो समान लगिएको हो । कार्यालय समान चोरीको जानकारी नगरपालिकालाई जानकारी गराएको छ भने प्रहरीमा उजुरी दिने तयारीमा रहको छ ।
डुबेको सात घण्टामा जिउँदै
लहान, १३ भदौ । घटना यस्तो पनि छ । जो गज्जबको चमत्कारी रुप लिएको छ । यो घटना सप्तरीको बलान विहुल गाउपालिका ६ को एक पोखरीमा डुवेकी बालिका ७ घण्टापछि जिवित्तै फर्किन् ।
धर्मिक स्थलको रुपमा चिनिने बरकी पोखरीमा कमलको फुल टिप्न गएकी १४ वर्षीया बालिका मुनचुन कुमारी दास पानीमा हराइन् ।
बिहीवार साझ करिब ५ बजेको कुरा हो यो । स्थानीयले थाहा पाएपछि पानीमा खोजे पनि । तर भेटिनन् ।
स्थानीयले फेला पार्न नसकेपछि प्रहरीलाई समेत आफ्न्तले खबर गरे । प्रहरी चौकी रामनगर कोदरकट्टीवाट प्रहरी सहायक निरीक्षक राम विनय सिंहको नेतृत्वमा प्रहरी खट्यो । तर उनीहरु समेत फेला पार्न सकेनन् । मध्यरातमा भने बालिका पोखरीको डिलमै रहेको कदमको रुख मुनी रुदै गरेको अवस्थामा फेला परिन् ।
कसैले नसोचे जस्तो उनी जिउदै पोखरीबाट बाहिरिएपछि स्थानीय आश्चर्य चकित भएका छन् । अहिले लकडानकाबीच बालिकालाई हेर्ने सर्वसधारणको घुइचो लागेको छ । पोखरी डिलमा ठाकुर बावाको मन्दीर रहेको र ठाकुर बाबाकै चमत्कारले ति बालिका पोखरीबाट जिउँदै निस्केको स्थानीयले बताउँन थालेका छन् ।