लहान, १० भदौ । जस्तो त्यस्तो लुगा लगाउँथिए । छोराहरुलाई रोजगारीमा लगाएदिएपछि हेर्नुस् राम्रो लुगा सफासुघर भएर बोल्न पाएका छौ । यो मेरो मात्रै नभइ औरहीका दलितहरुमा परिवर्तन आएको तपाईंकै अगाडि छ । यसमा मुख्य भूमिका शिवजी यादवको हो औरही २ की बौधीदेवी सदाय बताउँछीन् ।
उनी अगाडि थप्छीन् शिवजीले श्राद्ध विवाहमा मात्रै सहयोग गर्नु हुन । रोजीरोटीको लागि समेत नै अगाडि आउँछन् । औरहीका सयौ बेरोजगार दलितहरुलाई रोजगारी दिलाएका छन् । मर्दापर्दा हामीलाई सहयोग गर्न घरमै आइपुग्नु हुन्छ शिवजी ।
औरही गाउँपालिका वडा नम्बर ५ बस्ने शिवजी यादवले भारतका उद्योगी व्यापारी र गाउँमै विभिन्न कार्यमा दलितहरुलाई रोजगारीको व्यवस्था गर्दै आएका छन् । उनले बाहिर रोजगारीको लागि जाने दलित परिवारलाई अग्रिम घरखर्ची समेत दिँदै आएको छ ।
.jpg)
समाजमा परोपकारी कार्य गर्दै आएका शिवजीले राजनीतिक पूर्वाग्रहमा मलाई फसाउँने काम पनि भइरहेको हुन्छ । औरही ४ का रामभजन सदाय मजदुरहरुको समूहमा आफै भारत गएका हुन । तर, राजनीतिक पूर्वाग्रह गरी ममाथी थुपार्दै आएको छ । यस्तो पनि घटना हुन्छ । महेश सदायलाई घरखर्ची पैसा दिएर राइस मिलमा काम गर्न पठाए । तर, महेश त्यहाँ नगरेर अन्तै काम गर्न थालियो । उद्योगीको पैसा फिर्ता पनि दिएन । भजन सदायका छिमेकी रामेश्वर सदायले शिवजीले भजन सदायलाई विवाहमा ३ लाख ४५ हजार पैसा दिएका थिए । अहिलेसम्म भजनले पैसा फिर्ता गरेको छैन । शिवजीले पाँच दश हजार त्यसैपनि सहयोग गरिरहेका छन् । तर, मोटो रकम लिएपछि फिर्ता दिनुपर्छ । अनि दलितहरुको लागि सधैं सहयोग गर्ने हो नी । यसो त शिवजीले दलितलाई सहयोग गर्दै आएका छन् ।