नेपाली समय:
अडियो सेवा
मोडेल
नेपाली पात्रेा
अन्य
राष्टिय स्तरका लिकं
सामाचार
Aug 21, 2020
औरहीमा घरैपिच्छे झुल र सेनिटाइजर वितरण
  लहान, ५ भदौ । सिरहाको औरही गाउँपालिकाले सुपानेट झुल, साधारण झुल र सेनिटाइजर घरैपिच्छे वितरण गर्न थालेको छ । 
कोरोना संक्रमणको मध्यनजर गर्दै यसको जोखिम कम गर्न औरही गाउँपालिकाले घरैपिच्छे २ थान सुपानेट झुल र १ थान सेनिटाईजर वितरण थालेको छ । 
गाउँपालिकाका  ६ हजार ५ सय घरधुरीलाई लक्षित गरेर झुल तथा सेनिटाईजर वितरण थालेको  गाउँपालिकाका लेखापाल सुनिल यादवले बताए । 
बढ्दो कोरोना संक्रमणसँगै लामखुट्टेको टोकाईले लाग्न सक्ने सम्भावित रोग नियन्त्रणका लागि झुल वितरण गर्ने अभियान चलाएको उनको भनाई छ । उनका अनुसार झुल वितरण गर्नुपर्ने गाउँकार्यपालिकामा कुरा उठेपछि त्यस प्रस्तावबारे विशेष छलफल गरी झुल वितरण थालिएको हो । चेतना र समयको माग अनुसार व्यवहारमा परिवर्तन आउन नसक्दा संक्रमणजन्य रोग लाग्न सक्ने सम्भावना बढ्ने गरेका ५ न. वडाका वडाध्यक्ष दिलिप यादवले बताए । उनका अनुसार लामखुट्टे टोकाईको जोखिम औरही गाउँपालिकाभरी रहेको र त्यसबाट बच्न उचित प्रबन्ध गर्न नसक्दा कतिपय व्यक्तिलाई स्वास्थ्यमा जोखिम देखा पर्ने गरेका छन । गाउँपालिकाबाट वितरण भइरहेको झुलको प्रभावले धेरै हदसम्म लामखुट्टेको टोकाईलाई कम गर्ने उनले दाबी गरे । 
गाउँकार्यपालिकाले निर्णय गरे अनुसार गाउँपालिकाको सम्पूर्ण घरधुरीका लागि ५३ लाख ६९ हजार १ सय ९५ रुपैयाँ लागतमा झुल खरिद गरिएको छ । प्रत्येक घरधुरीका लागि १ पिस साधारण र १ पिस सुपानेट झुल खरिद भएको छ । जनअपेक्षा र कार्यपालिकाको निर्णय अनुसार खरिद भएको झुल बाढी र कोरोनाको जनचेतनाको स्तर कमजोर रहेको असुरक्षित अवस्थाको प्रभावका कारण वडा–वडामा वितरण हुन नसक्दा कानूनी प्रक्रिया पु¥याई गाउँपालिका तथा वडाको स्टोरमा राखिएको छ । कोरोना संक्रमणको जोखिमलाई ध्यानमा राखेर सामाजिक दुरी कामय गर्दै गाउँपालिकाले झुल वितरण थालिएको छ ।
 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

बिचार/ब्लग
झण्डै सिरहाले सखाप पारेको !
                                                           
हिँसाविरुद्ध १६ दिने अभियान ः सिरिवतीले नागरिकता पाउँलान त ?,रहस्मय हत्या र झारफुक गर्दै बलात्कार गर्दै
 लहान, १२ मंसिर । लैंगिक हिंसा बिरुद्धको १६ दिवसीय अभियान अन्तरगत पहिलो दिन कातिक १० गते सिरहाको नवराजपुर गाउँपालिकामा बोक्सी आरोपबिरुद्धको सचेतना कार्यक्रम गरेको छ । सोहीक्रममा  उक्त नवराजपुर ३
फिचर
moment1
  दिनेश्वर गुप्ता लहान । दूई छोरीको विहा गरिसके । १६ बर्षीया पुनम भाडावर्तन माझने काम छन् । दूई छोरा स्कूल जान्थ्यो । १३ वर्षीय किसनलाई एजेन्टले अग्रिम रकम दिन आइरहेको छ
moment1
  लहान, १५ मंसिर । आर्थिक समाजिक सशक्तीकरणको लागि मुसहर किशोरीलाई शिप सिकाई कार्यक्रम सिरहाको नरहामा प्रभावकारी भएको छ ।  नरहाको पाँच वटै वडामा सहयोगी हातहरुको समूह (सहास) नेपालले १० देखि १८
moment1
 लहान, १३ मंसिर । सुईद्धारा लागुऔषध प्रयोगकर्ता लहानक्षेत्रमा पाँच सयबढी रहेको छ भने प्रदेश २ मा पाँच हजारबढी रहेकोले क्षति न्यूनिकरणको लागि स्पर्स नेपाल सक्रियता देखाएको छ । एउटै सुईले
moment1
 लहान, २७ फागुन । आज ( फागुन २७ गते शुक्रवार) सार्वजनिक गरिएको सिरहाको स्थानीय निकायको विवरण यस प्रकार रहेको छ । सिरहाको गाढा र गोविन्दपुर मलहनिया गाविसलाई लहान नगरपालिकामा समायोजन

अन्तर्वार्ता
‘रसायनिक विषादीको प्रयोगले गर्दा ८५ प्रतिशत माटो विरामी‘
  लहान । कृषिकर्ममा जीवन अर्पण गर्नु भएका सिरहाको सखुवानन्कारकट्टी ४ का  कृषि, पशु, माटो प्रविधिक मो.रहमुल मियाँसँग नवसंग्रामकर्मीले गरेको कृषि विषयको कुराकानीको अँश । जो कृषि उत्पादनको लागि यो भूमी