लहान, २७ साउन । सिरहाको भगवानपुर गाउँपालिकामा संचालित प्रधानमन्त्री स्वरोजगार कार्यक्रमले दलित, गरिब तथा विपन्नवर्ग लभान्वित भएका छन् । भगवानपुरको वडा नम्बर १ मा वृक्षारोपन, बाटिका व्यवस्थापन तथा घेरवार गरिएको छ । वडा नम्बर २ मा पोखरी सरसफाई कार्यक्रम गरिएको छ भने बर्षातको कारण वडा नम्बर ३ र ४ मा कच्ची सडकबाटो निर्माण कार्य प्रभावित भएको छ । यसैगरी वडा नम्बर ५ मा इनरुवा वनमा गोडमेल, झाँगीपाती सरसफाई गरेको कार्यक्रमका संयोजक डम्वरनारायण महतोले बताए ।
स्वरोजगार कार्यक्रम अन्तरगत स्थानीय दलित, गरिब तथा विपन्नवर्गलाई २० दिन ज्यालादारीमा उक्त कार्यक्रम गराइएको छ । जसमा प्रति व्यक्तिलाई ११ हजार ८ सय रुपैयाँको दर प्राप्त गरेको छ । उक्त रकम एनआईसी एसिया बैंकमार्फत चेकको आधार दिएको भगवानपुर गाउँपालिकाका प्रशासकीय अधिकृत दिलिप यादवले बताए ।
ज्यालादारीमा रहेका उनीहरुलाई चेकमार्फत रकम दिएकोले त्यसमा कुनै किसिमको अनियमिता नभएको हो । त्यस्तो अनियमिता भएको भए मजदुरहरुले हामीलाई जानकारी गराउँथ्यो । तर, एक जना मजदुर हामी कहाँ कम्पलेन गर्न आएन । यदि अनियमिता भएको छ भने प्रमाण दियोस् त्यस कर्मचारीलाई कारवाही गर्न पछाडि नहट्ने गाउँपालिका अध्यक्ष बेचन यादवले बताए ।

भगवानपुर ५ की गुलावदेवी पंडितले इनरुवा वनमा गाछवृक्ष गोडमेल र सरसफाई गरे । गाउँपालिकाले मलाई चेक उपलब्ध गराए । त्यसपछि एनआईसी एसिया बैंकबाट ११ हजार ८ सय रुपैयाँ पाए । बालबच्चाको कपडा लहानमा खरिद गरे । नास्ता गरी बाँकी पैसा लिएर घर फर्किए । कसैले मबाट कमिशन माग गरेन उनी बताइन् । भगवानपुर ५ का वडाध्यक्ष अमरलाल यादवले गरिब दलितहरुले गरेको काम सन्तुष्टिजनक छ । हाम्रो वडाका ३६ गरिब दलित मध्ये ३२ जनाले वनमा गाछको झारपात र सरसफाई गरेका छन् । उनीहरु आठ घण्टा काम गरेपछि प्रति दिन प्रतिव्यक्ति ६ सयको दरले ज्याला पाएको वडाध्यक्ष यादवले बताए ।
सैनी सदायले मेरी पत्नि श्यामकुमारीले काम गरेको थियो । काम गरे वापत हामीले सबै पैसा पाए । यदि हामीसँग कमिशन माग गरेको भए, हामी गाउँपालिका अध्यक्षलाई जानकारी गराउँथ्यो । काम हामीले गरेको हो । हाम्रो ज्यालामा अरुलाई कमिशन दिने कुरै भएन उनले बताए ।