लहान नगरपालिकाले सरुवा गरेर शैक्षिकक्षेत्र ध्वस्त पार्दै, शिक्षकहरु धर्नाको तयारीमा
लहान, २३ साउन । दरबन्दी मिलानको नाममा सरुवा गरेपछि लहान नगरपालिका विरुद्ध यहाँका शिक्षकहरु आन्दोलित भएका छन् ।
लहान नगरपालिकाले नगर शिक्षा समितिको जेठ २८ को निर्णय र साउन १४ गतेको सरुवापत्र अनुसार सामुदायिक विद्यालय आधारभूत तहका शिक्षकहरुलाई सरुवा गरिएको हो ।
शिक्षा ऐन २०२८, शिक्षा नियमावली २०५९ नवौं संशोधन कायम रहेको र संघीय शिक्षा ऐन नबनिसकेको अवस्थामा संविधानले स्थानीयतहलाई दिएको २३ बुँदै अधिकारमा शिक्षक सरुवा, बढुवा गर्न नपाइने उल्लेख छ ।
सरुवा बढुवा गर्ने अधिकार शिक्षा विकास तथा समन्वय इकाईलाई मात्रै रहेको भन्दै नेपाल शिक्षक संघ नगर कार्य समिति लहानका संयोजक अरविन्दकुमार दासले शिक्षाक्षेत्रलाई विगार्न खोजेको हो । यस्ता निरन्कुस्ता अपराधीलाई सजाय दिनकै लागि चरणबद्ध आन्दोलनमा उत्रिनु परेको बताए ।
विहीबार संयुक्त संघर्ष समितिले पत्रकार सम्मेलन गरि शिक्षक अवधि ११ महिना मात्र रहेका महिला शिक्षक शोभा अधिकारीलाई अपायक सरुवा गरेको छ । आधारभूत विद्यालय लहान ४ चम्पापुरबाट अवकाश प्राप्त शिक्षक रामदेव पण्डितलाई लहान १७ दौलतपुर सरुवा गरेको छ । यो होचुवाको भरमा प्रतिशोधपूर्ण तवरले सरुवा गरिएको भनि प्रष्ट भएको संघर्ष समितिका संयोजक अरविन्दकुमार दासले बताए ।
नेपाल शिक्षक संघ नगर कार्यसमिति लहान, सहसंयोजक उद्धबकुमार लामा (नेपाल राष्ट्रिय शिक्षक संगठन ) र नेपाली साह (संघीय समाजवादी शिक्षक फोरम नगर कार्य समिति ,लहान ) द्वारा हस्ताक्षरित विज्ञप्तिमार्फत लहान नगरपालिका विरुद्ध आन्दोलनको तयारी गरिएको छ ।
पत्रकार सम्मेलनमा शिक्षक उद्धव हमालले कोरोना भाइरस कोभिड—१९ को महामारीले विद्यालयहरु बन्द रहेको छ । यस्तो अवस्थामा महिला शिक्षकहरुलाई अपायक सरुवा गरिएको तथा काखापाखा गर्दै कसैलाई रोजी रोजी ,कसैलाई छानी छानी सरुवा गरिएको बताए ।
नेपालभरीको ७५३ स्थानीय तह मध्ये कहिँकतै यसरी एकैपटक सरुवा गरेको छैन । यस्ता गैरकानुनी सरुवाले शिक्षकहरुको मानसिक्ता खलबलिएका छन् । गुणस्तरको नाउमा चार सय भन्दा बढी शिक्षकहरु कार्यरत रहेका यस क्षेत्रका ५९ सामुदायिक विद्यालयका ८४ जना शिक्षकको सरुवा नियम विपरित गरि शैक्षिक वातावरण अझ ध्वस्त बनाउने दुष्प्रयास भएको जारी विज्ञप्तीमा उल्लेख छ ।
संयुक्त संघर्ष समितिले शुक्रबार सरोकारवाला निकायमा ज्ञापनपत्र बुझाउदै,प्रचारात्मक कार्यक्रम गर्ने ,लहान नगरपालिकामा धर्नालगायतका चरणबद्ध आन्दोलनका कार्यक्रम गर्दै अदालतसम्म पुग्ने आन्दोलित शिक्षकहरुले बताए । यता लहान नगरपालिका शिक्षा संयोजक राजकुमार साहले दरबन्दी मिलान सहितको सरुवामा केहि शिक्षकहरुलाई अपायक परेकै हो भने त्यसको बारेमा सोच्न शाखा तयार रहेको छ । केहि त्यस्तो त्रुटि नै भएको रहेछ भने त्यसलाई सच्चयाउन सकिन्छ संयोजक साहले बताए ।