लहान, २३ साउन । कोरोना संक्रमणसँगै मृत्यू सँख्या बढ्न थालेपछि प्रदेश २ मा शहर बजारमा निषेधाज्ञा जारी गर्न थालेको छ । वीरगन्ज र राजविराजमा निषेधाज्ञापछि सिरहाको मिर्चैया, गोलबजार र लहानमा समेत कडाई गर्न थालिएको छ । लहान नगरपालिकाले साउन २३ गते शुक्रबार राती १२ बजेदेखि साउन ३२ गतेसम्म निशेधाज्ञा गर्ने तयारीमा जुटेका छन् ।
यसैगरी सिरहाको मिर्चैया नगरपालिका ६ का ३ जनामा कोरोना पुष्टि भएपछि लकडाउन गर्ने निर्णय गरिएको छ ।
मिर्चैया नगरपालिकामा साउन २१ गते बसेको आपतकालिन बैठकले १० दिनका लागि लकडाउन गर्ने निर्णय गरिएको हो । विहीवार विहान ६ बजेदेखि साउन ३२ गतेसम्मका लागि लकडाउन गर्ने निर्णय गरेको मिर्चैया नगरपालिकाले जनाएको छ ।
मिर्चैया नगरपालिकाले लकडाउनको पालना गर्न नगरबासीसँग अनुरोध गरेका छन् । यस नगरपालिकाका ३ जनामा कोरोना पुष्टि भएपछि उच्च सतर्कता अपनाउँन लकडाउन गरिएको हो । यसैबीच प्रदेश २ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादवलाई कोरोना संक्रमण देखिएको छ ।
सामाजिक विकास विकास मन्त्रालय उच्च स्रोतका अनुसार बुधबार साँझ आएको रिपोर्टमा मन्त्री यादवलाई कोरोना पोजिटिभ पुष्टि भएको हो । समाजिक विकास मन्त्रालयका अनुसार प्रदेश सरकारका मन्त्री यादव, प्रदेश सांसद रिना यादवलाई पनि कोरोना पोजिटिभ भएको छ । मन्त्री यादव मन्त्रालयको निवासमै होम आइसोलेसनमा बसेका छन् ।
यसैगरी, जनकपुर उपमहानगरपालिकाका मेयर लालकिशोर साह र उपमेयर रिता मिश्रको सचिवालय र पारिवारिक सदस्यहरु पनि संक्रमित भएका छन् ।