नेपाली समय:
अडियो सेवा
मोडेल
नेपाली पात्रेा
अन्य
राष्टिय स्तरका लिकं
सामाचार
Aug 05, 2020
कोरोनाको आशंकामा लहानका तीन पसल बन्द,भारतबाट आएकी देखलीलाई क्वारेन्टाइनमा पठाऔ
लहान, २१ साउन । लहानमा एक ३५ वर्षीय पुरुष कोरोना पाजिटिभ भएको खवर प्राप्त भएको छ । लहान नगरपालिका स्वास्थ्य शाखा प्रमुख रामसुन्दर यादवका अनुसार लहान ८ वस्ने ३५ वर्षीय पुरुष स्वास्थ्यकर्मी हुन । उनी बस्ने फ्लायटमा सो पुरुष बाहेक अरु कोही नबसेको एक्लो रहेका थिए  । उनको साउन १४ गते नरहामा स्वाव लिएको थियो र विराटनगरमा आरटी र पिसी परीक्षण भएको थियो । संक्रमित पुरुषलाई महेन्द्र गेनाई अस्पतालमा उपचार भइरहेको छ । लहान ८ का कोरोना सन्क्रमित नजिकैको तीन वटा पसल बन्द  गरिएको छ । पसलेहरुलाई घरमै वस्न भनिएको छ । 
यसैबीच, लहान १० वस्ने  देखली कामैत सहित २ जना  भारतवाट घर आएको खवर प्राप्त भएको छ । उनीहरुलाई क्वारेन्टाइनमा पठाउन छरछिमेकलार्ई सहयोग गरी दिन स्वास्थ्य प्रमुख यादवले आग्रह गरेका छन् । 
यता, प्रदेश २ मा मंगलबार थप ३६ जनामा कोरोना भाइरस संक्रमण भएको सामाजिक विकास मन्त्रालयले पुष्टी गरेको छ । यो समेत यस प्रदेशमा संक्रमितको संख्या पाँच हजार ४५ पुगेको छ ।
मंगलबार महोत्तरी स्थित परकौलीमा रहेको नेपाली सेनाको शिविरमा २४ देखि ४७ वर्ष उमेर समूहका १४ जना र सम्सी गाउँपालिका निवासी ३२ वर्षीय एक युवकमा संक्रमण पुष्टी भएको छ । त्यस्तै, धनुषाको जनकपुरधाम उपमहानगरपालिकाको वडा नम्बर १, ४ र १५ मा २३ देखि ४४ वर्ष उमेर समूहका पाँच जना संक्रमित भएका छन् ।
जनकपुरधाममै शाखा रहेको माछापुच्छ्रे बैंकका एक महिला समेत तीन जना कर्मचारी र सबैला नगरपालिका, विदेह नगरपालिका, धनौजी गाउँपालिका र जिल्ला जनस्वास्थ्य कार्यालयका एक—एक जनामा संक्रमण पुष्टी भएको छ ।
सप्तरीको राजविराज ८ मा सात जना, सिरहाको औरही गाउँपालिका ९ का एक जना र सर्लाहीको रामनगर नगरपालिका १ का एक जनामा पनि संक्रमण भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
प्रदेश २ मा अहिलेसम्म पाँच हजार ४५ जना संक्रमित भएकोमा १९ जनाको मृत्यु भइसकेको छ भने तीन हजार दुई सय ११ जना अस्पतालबाट निको भएर घर फर्केका छन् ।


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

बिचार/ब्लग
झण्डै सिरहाले सखाप पारेको !
                                                           
हिँसाविरुद्ध १६ दिने अभियान ः सिरिवतीले नागरिकता पाउँलान त ?,रहस्मय हत्या र झारफुक गर्दै बलात्कार गर्दै
 लहान, १२ मंसिर । लैंगिक हिंसा बिरुद्धको १६ दिवसीय अभियान अन्तरगत पहिलो दिन कातिक १० गते सिरहाको नवराजपुर गाउँपालिकामा बोक्सी आरोपबिरुद्धको सचेतना कार्यक्रम गरेको छ । सोहीक्रममा  उक्त नवराजपुर ३
फिचर
moment1
  दिनेश्वर गुप्ता लहान । दूई छोरीको विहा गरिसके । १६ बर्षीया पुनम भाडावर्तन माझने काम छन् । दूई छोरा स्कूल जान्थ्यो । १३ वर्षीय किसनलाई एजेन्टले अग्रिम रकम दिन आइरहेको छ
moment1
  लहान, १५ मंसिर । आर्थिक समाजिक सशक्तीकरणको लागि मुसहर किशोरीलाई शिप सिकाई कार्यक्रम सिरहाको नरहामा प्रभावकारी भएको छ ।  नरहाको पाँच वटै वडामा सहयोगी हातहरुको समूह (सहास) नेपालले १० देखि १८
moment1
 लहान, १३ मंसिर । सुईद्धारा लागुऔषध प्रयोगकर्ता लहानक्षेत्रमा पाँच सयबढी रहेको छ भने प्रदेश २ मा पाँच हजारबढी रहेकोले क्षति न्यूनिकरणको लागि स्पर्स नेपाल सक्रियता देखाएको छ । एउटै सुईले
moment1
 लहान, २७ फागुन । आज ( फागुन २७ गते शुक्रवार) सार्वजनिक गरिएको सिरहाको स्थानीय निकायको विवरण यस प्रकार रहेको छ । सिरहाको गाढा र गोविन्दपुर मलहनिया गाविसलाई लहान नगरपालिकामा समायोजन

अन्तर्वार्ता
‘रसायनिक विषादीको प्रयोगले गर्दा ८५ प्रतिशत माटो विरामी‘
  लहान । कृषिकर्ममा जीवन अर्पण गर्नु भएका सिरहाको सखुवानन्कारकट्टी ४ का  कृषि, पशु, माटो प्रविधिक मो.रहमुल मियाँसँग नवसंग्रामकर्मीले गरेको कृषि विषयको कुराकानीको अँश । जो कृषि उत्पादनको लागि यो भूमी