नेपाली समय:
अडियो सेवा
मोडेल
नेपाली पात्रेा
अन्य
राष्टिय स्तरका लिकं
सामाचार
Aug 04, 2020
सिरहामा आइसोलेशन भद्रगोल, प्रहरीलाई अटेरी गर्दै बढ्दो भिड
 लहान, २० साउन । सिरहामा कोरोना संक्रमित सँख्या दूई सयबढी भएको छ । संक्रमित सँख्या दिनदिने बढ्दै गएपनि यहाँको आइसोलेशन भद्रगोल रहेको जनगुनासो हुन थालेको छ । प्रेस काउन्सिल नेपालका पूर्व सदस्य तथा वरिष्ठ पत्रकारले आफ्ना समाजिक सँजाल फेसबुक वालमा सिरहा सदरमुकाममा स्थापना गरिएको कोभिड—१९ को आइसोलेशन कक्षहरु भद्रगोल अबस्थामा रहेको छ । कोरोना पोजेटिभ देदिएका ब्यक्तीलाई राख्ने गरेको सिरहा अस्पताल र चमाबिको भबनलाई केही महिनादेखि आइसोलेशनमा परिणत गरिएको छ । आइसोलेशनमा भर्ना भएको ब्यक्तीहरुले नेपाल सरकारले तोकेको मापदण्ड पुरा नगरेको ,सफाइको अभाव ,सौचालय दुर्गन्धित ,नुहाउने कोठाको अभाव ,खानेपानीको समस्या ,स्वस्थ्कर खाना पनि समयमा नदिएको ,भर्ना भएकाहरुको गुनासो छ । स्थानीय प्रसासनको उदासिनता र सरोकारवालाको निगरानी ,अनुगमनका अभाबले थुनुवा कक्षको रूपमा परिणत भइ थप पिडामा रहेको गुनासो उल्लेख गरेको छ । यता कोरोनाको जोखिम बढ्दै गएपनि कडा लक्षण सहितका कारोना सक्रमितहरु दिनहुँ फेला परिरहेको छ । यस्तो कोरोना संक्रमणको जोखिमलाई बेवास्ता गर्दै सिरहालीहरु  मन्दिर , हाट बजारमा भीडभाड गर्ने, सार्बजनिक स्थलमा माक्स नलगाई हिड्ने जस्ता आनीबानीले कोरोनाको जोखिम बढाएको छ  । यस्ता भिडलाई नियन्त्रण गर्न प्रहरीलाई समस्या परेको जानकारीमा आएको छ ।
लहान १ सहिद चौकको तरकारी तथा फलफुल बजारमा लागेको भीड नियन्त्रण गर्न ईलाका प्रहरी कार्यलय लहानका डीएसपी सरद थापा आफै निस्किएपनि, भीड हटाउन मुस्किल परेको थियो । 
जिल्ला ट्राफिक प्रहरी र लहान नगरपालिकाले संयुक्त रुपमा भीड रक्षा बन्धन पर्बको अबसरमा फुटपार्कमा खोलिएका मिठाई पसल तथा फलफुल पसलहरुलाई व्यवस्थित गर्न प्रहरीले आग्रह गर्दै माईकिङ गरेपनि ब्यापारी तथा स्थानीयले अटेर गरेको छ । लहान ८ मा नै शनिबार एक स्वास्थ्यकर्मीमा कारोना सक्रमण देखिएको छ । तर नागरिक तहबाटै लापरवाही गरेकाले कोरोना नियन्त्रण थप चुनौतीपूर्ण बनेको छ । यससँगै सिरहामा कोरोना भाईरस संक्रमितको संख्या दुई सय १५ पुगेको छ । एक सय ६६ जना संक्रमितहरू निको भएर घर फर्किसकेका छन् ।


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

बिचार/ब्लग
झण्डै सिरहाले सखाप पारेको !
                                                           
हिँसाविरुद्ध १६ दिने अभियान ः सिरिवतीले नागरिकता पाउँलान त ?,रहस्मय हत्या र झारफुक गर्दै बलात्कार गर्दै
 लहान, १२ मंसिर । लैंगिक हिंसा बिरुद्धको १६ दिवसीय अभियान अन्तरगत पहिलो दिन कातिक १० गते सिरहाको नवराजपुर गाउँपालिकामा बोक्सी आरोपबिरुद्धको सचेतना कार्यक्रम गरेको छ । सोहीक्रममा  उक्त नवराजपुर ३
फिचर
moment1
  दिनेश्वर गुप्ता लहान । दूई छोरीको विहा गरिसके । १६ बर्षीया पुनम भाडावर्तन माझने काम छन् । दूई छोरा स्कूल जान्थ्यो । १३ वर्षीय किसनलाई एजेन्टले अग्रिम रकम दिन आइरहेको छ
moment1
  लहान, १५ मंसिर । आर्थिक समाजिक सशक्तीकरणको लागि मुसहर किशोरीलाई शिप सिकाई कार्यक्रम सिरहाको नरहामा प्रभावकारी भएको छ ।  नरहाको पाँच वटै वडामा सहयोगी हातहरुको समूह (सहास) नेपालले १० देखि १८
moment1
 लहान, १३ मंसिर । सुईद्धारा लागुऔषध प्रयोगकर्ता लहानक्षेत्रमा पाँच सयबढी रहेको छ भने प्रदेश २ मा पाँच हजारबढी रहेकोले क्षति न्यूनिकरणको लागि स्पर्स नेपाल सक्रियता देखाएको छ । एउटै सुईले
moment1
 लहान, २७ फागुन । आज ( फागुन २७ गते शुक्रवार) सार्वजनिक गरिएको सिरहाको स्थानीय निकायको विवरण यस प्रकार रहेको छ । सिरहाको गाढा र गोविन्दपुर मलहनिया गाविसलाई लहान नगरपालिकामा समायोजन

अन्तर्वार्ता
‘रसायनिक विषादीको प्रयोगले गर्दा ८५ प्रतिशत माटो विरामी‘
  लहान । कृषिकर्ममा जीवन अर्पण गर्नु भएका सिरहाको सखुवानन्कारकट्टी ४ का  कृषि, पशु, माटो प्रविधिक मो.रहमुल मियाँसँग नवसंग्रामकर्मीले गरेको कृषि विषयको कुराकानीको अँश । जो कृषि उत्पादनको लागि यो भूमी