लहान, २० साउन । समाजसेवी महेश चौधरी र संगीता कर्माचार्यको जोडीले सिरहाको लहान २४ पकिटोलमा रहेको मनेश्वर महादेव रामजानकी मन्दिरलाई आज २० हजार बराबरको डिजे साउण्ड सिस्टम उपलब्ध गराएका छन् । हिन्दु धर्मप्रति आस्था राखने गाउँका हजारौं महिला र पुरुष सो मन्दिरमा पुजा अर्चाना गर्न भक्तजनहरुको घुईचो लाग्छन् । प्राचीन सभ्यताअनुसार भगवान रामलाई साउन महिनामा झुल्लामा राखेर झुलाउने गरेको इतिहास हिन्दु धर्मका ग्रहन्थ उल्लेख छन् । समाजसेवी मसँगी जोडीले बिगत केहि महिनादेखि मिडिमा ब्यापक चर्चामा आएका हुन् । महेश र संगिता दिन दुखीहरुको सहारा बन्दै गएका छन् । चर्चामा रहेका यि जोडीले ब्यक्तीगत र केहि मनकारी दाताहरुको सहयोगमा कोरोना प्रभावित परिवारलाई राहत उपलब्ध गराएका छन् । चैत ११ गते देखि नेपाल सरकारले देश ब्यापी रूपमा बन्दाबन्दीको घोषणा गरेका थिए । लामो समय नेपालमा कोरोना कहरको मारमा परेका विपन्न परिवारको सहारा बन्दै आएका राहत अभियान्ता जोडीले केहि दिन अगाडि सोहि गाउँ पकिटोलमा करिब एक लाख पचास हजारको लागतमा दलित बस्तीमा पक्की ईनार निर्माण गरेका छन् । २०३५ सालमा मनेश्वर महादेव रामजानकारी मन्दिर स्थापना छन् । उक्त मन्दिरको संस्थापक स्वर्गीय श्रीमती लिला कोइराला र स्वर्गीय रामेश्वर यादवले मन्दिर स्थापनाको लागि ८ आठ कठठा जग्गा मन्दिरलाई दिएका थिए । यादव र कोइरालामा धर्मप्रतिको आस्था झल्किन्थ्यो । अर्को जग्गा दातमा प्रेमबहादुर कोइराला र छिमेकी मुलुक भारत मुम्बईको महेश्वर आन्नद ,शंकर आचार्य अनुरागीहरुको सहयोग रहेको मन्दिरको अध्यक्ष अनिता राउतले बताइन् । हाल मन्दिरमा ११ जना समिति रहेको उपाध्यक्ष सुभद्रा कोइराला र सुगा देबि पासमानले बताए । अहिले मन्दिरमा २३ काठठा जग्गा रहेको मन्दिरको पुजारी रजिया यादवले जानकारी दिए । यस्तो धार्मिक स्थल, मठ ,मन्दिर र गरिब गुरुवाहरुको लागि सक्ने जति सदैब सहयोग गर्ने प्रतिबद्धता मसँगी जोडीले गरे । यसैबीच जन्य पूर्णिमाको अबसरमा दलित गर्भवती महिलालाई १० केजी चमाल,१ केजी दाल,१ केजी चना,१ केजी मटर,१ लिटर तेल,१ केजी नून,१ केजी स्याऊ र १० वटा अण्डा लहान १७ एकरतिया गोबिन्दपुरमा उपलब्ध गराएका छन् । सो राहत १४ जना दलितलाई मसँगी जोड़ीले पोस्टिक अहार बितरण गरेका छन् ।